• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १७, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
४

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
५

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
८

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

३०० विद्यार्थीलाई नि:शुल्क अध्यापन गराउँदै परमानन्द संस्कृत गुरूकुल विद्यापीठ

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ चैत्र २३, बुधबार

  • १४७२ पटक पढिएको
  • नवलपुर अनलाइन, गैँडाकोट। ऐतिहासिक एवम् धार्मिक रूपले परिचित देवघाटधाममा अवस्थित परमानन्द संस्कृत् गुरूकुल विद्यापीठले झण्डै ३०० विद्यार्थीहरूलाई नि:शुल्क रूपमा संस्कृत अध्यापन गराउँदै आएको छ।

    विद्यापीठ राष्ट्र सन्त ब्रह्मलीन परमानन्द सरस्वती महाराजद्धारा संस्थापित गरिएको हो।धर्म संस्कृतिको प्रचार प्रसारका लागि बि.स २०२८ सालमा गुल्मी जिल्लाको दिब्रुङ्ग भन्ने ठाउँमा यस गुरूकुल विद्यापीठको स्थापना गर्नुभएको थियो।

    केही समयसम्म गुरूकुल दिब्रुङमै संचालन गरियो। बिकट र असुबिधाका बावजुद गुरूकुल धर्मद्धारीलाई छोडेर त्यहाँबाट बाग्लुङको रामकोट भन्ने ठाउँमा सर्‍यो।रामकोटमा धेरै विद्यार्थीहरू बसेर पढ्ने अवसर पाउनुभयो। उहाँहरू अहिले ठूला विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ। बिभिन्न ठूला ओहोदामा हुनुहुन्छ। शास्त्रीय पदमा हुनुहुन्छ। बाग्लुङमा सञ्चालन गरिएको गुरूकुल माओवादी द्धन्दका कारण त्यहाँ लामो समयसम्म संचालन गर्न सकेनौँ।

    ब्रह्मचारी ब्रह्मलीन स्वामी श्री परमानन्द सरस्वतीज्यू महाराजबाट देशका विभिन्न स्थानहरूमा वेद-वेदाङ्ग संस्कृत गुरुकुलहरूको स्थापना गरी पठन-पाठन गर्ने क्रममा हरिहर क्षेत्र देवघाट धाममा पनि हरिहर सन्यास आश्रम परिसरसँगै श्री परमानन्द संस्कृत अवासीय गुरुकुलको २०४८ सालमा स्थापना गरिएको हो।

    सरस्वतीज्यू महाराजको देहावसानपछि उहाँका प्रमुख उत्तराधिकारी एवम् वर्तमान पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको अथक मिहिनेत र प्रयासबाट स्तरोन्नती गर्दै प्राचीन गुरुकुलीय पद्धति अनुरुप शास्त्री तहसम्मको आवासीय गुरुकुल विद्यापीठ संचालन भैरहेको छ।

    गुरूकुलका प्रधानाध्यापक डाक्टर ब्रह्मचारी बलराम 

    यहाँ अहिले कक्षा ६ देखि आचार्य तह सम्मको कक्षा सञ्चालन गरिएको छ। बिभिन्न विद्यालय तथा बोर्डिङ्गहरूमा कक्षा ५ पास गरेका विद्यार्थीहरूलाई कक्षा ६ बाट भर्ना लिइन्छ। कक्षा ६ मा भर्ना हुनका लागि लिखित र मौखिक सहितको प्रवेश परिक्षा उत्तीर्ण गरेपश्चात मात्र भर्ना हुन पाईने गुरूकुलका प्रधानाध्यापक डाक्टर ब्रह्मचारी बलरामले नवलपुर अनलाइनलाई बताउनुभयो।

    गुरूकुलमा अहिले आवासीय रूपमा झण्डै तीनसय विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीहरूलाई विभिन्न विषयका २६ जना अनुभवी एवम् दक्ष आचार्य (गुरू) हरूबाट अध्यापन गराईन्छ। आवासीय रुपमा प्राचीन गुरुकुलीय पद्धति अनुरुप कक्षा ६ देखि शास्त्रीतहसम्म संस्कृत वाङमयको पठन-पाठन निरन्तर चलिरहेको छ।

    २६ जना आचार्य (गुरू) तथा विद्यार्थीहरूलाई आवासको सुविधा, पढ्ने तथा भोजन लगायतको जिम्मेबारी संस्थाको काँधमा छ। गुरूकुलमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोग छैन्।

    बिद्यार्थी मात्र नभै यहाँ पाल्नुहुने बृद्ध बुवाआमाहरू जो अशक्त हुनुहुन्छ उहाँहरूलाई हरिहर सन्यास आश्रमले नि:शुल्क रूपमा भोजनको व्यवस्था गरेको छ। बाहिर टाढा टाढाबाट पाल्नुहुने भक्तजनहरूको लागि आवासको समेत सुबिधा छ। आवासमा कुनै शुल्क निर्धारण गरिएको छैन्। तथापी भक्तजनहरुले आफ्नो श्रद्धाले जतिसुकै दान गर्न सक्ने आश्रमले जनाएको छ।

    आश्रम तथा गुरूकुलमा अध्ययनरत विद्यार्थीहरूलाई दैनिक एक छाक खाना खुवाउनको लागि २२ देखि २५ हजारसम्म खर्च हुने गरेको आश्रमले जनाएको छ। गुरूकुल तथा आश्रमको सम्पूर्ण खर्च भक्तजनहरूले आफ्नो श्रद्धाले चढाउनुभएको दानहरूबाट सञ्चालनमा आएको ब्रह्मचारी बलराम बताउनुहुन्छ।

    हाल श्रीहरिहर सन्यास आश्रमद्धारा देशभर दर्जनभन्दा बढी गुरूकुल सञ्चालित छन्। हाल नेपाल सरकारको शिक्षानीतिसँग आबद्ध भई (गुरूकुलीय पद्धतिको पाठ्यक्रम) कक्षा ६ देखि १२ सम्मको र नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शास्त्री तहसम्मको पठनपाठन सञ्चालन हुँदै आइरहेको छ ।

    गुरूकुलमा अध्ययनरत विद्यार्थीहरू

    यस गुरूकुलमा अध्ययन गरेका विद्यार्थीहरु शतप्रतिशत अतिविशिष्ट तथा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सफल भएका छन् भने उत्पादित जनशक्ति विश्वविद्यालय, महाविद्यालय, साधारण विद्यालय एवम् स्वदेश विदेशका सबै क्षेत्रमा अनुशासित जनशक्तिको रुपमा सेवारत छन्।

    विद्यापीठको तह वृद्धि गरी आचार्यतह सम्म सञ्चालन गर्ने र यस गुरूकुललाई पौरसत्य वाङ्गमयको अनुसन्धान केन्द्रको रुपमा स्थापित गरी न्यूनतम एक हजार छात्रहरुलाई आवासीय रुपमा राखी अध्यापन गराउने वर्तमान पीठाधीश स्वामीज्यूको सत्सङ्कल्प रहेको छ।

    विद्यार्थीहरुको संस्कृतप्रतिको अभिरूचिको कारणले, वेद, व्याकरण, आयुर्वेद, योग, साहित्य, न्याय, ज्योतिष आदि विविध विषयको सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

    आफैले अध्यापन गरेको गुरूकुलमा अहिले प्रधानाध्यापकको रूपमा रहेर झण्डै ३०० विद्यार्थीको अभिभावकत्व निभाउन पाउनु ब्रह्मलीन स्वामी श्री परमानन्द सरस्वतीज्यू महाराजको आशिर्वाद रहेको ब्रह्मचारी बलराम बताउनुहुन्छ।

  • देवघाट
  • परमानन्द संस्कृत् गुरूकुल विद्यापीठ
  • विद्यापीठ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २१%९%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहिद घोषणा

  • अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर

  • अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत

  • राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • समाचार
  • १

    जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहिद घोषणा
    २०८२ कार्तिक १७, सोमबार

  • २

    अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर
    २०८२ कार्तिक १७, सोमबार

  • ३

    अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत
    २०८२ कार्तिक १७, सोमबार

  • ४

    राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
    २०८२ कार्तिक १७, सोमबार

  • ५

    राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै
    २०८२ कार्तिक १७, सोमबार

  • ६

    यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक १७, सोमबार

  • ७

    १५ दिनभित्र माग पुरा गर्ने प्रतिबद्धतापछि बञ्चरेडाँडा फोहोरको अवरोध हट्यो
    २०८२ कार्तिक १६, आईतबार

  • ८

    ‍बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु
    २०८२ कार्तिक १६, आईतबार

  • ९

    गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी
    २०८२ कार्तिक १६, आईतबार

  • १०

    सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन
    २०८२ कार्तिक १६, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution