२०८२ बैशाख २४, बुधबार
हिन्दु धर्मालम्बीले श्रद्धा र भक्तिपूर्वक रामको पूजा आराधना गरी हरेक वर्षको चैत्र शुक्ल नवमीका दिन यो पर्व मनाउने गर्दछन् । मर्यादा पुरुषोत्तमका नामले पनि चिनिने रामको जन्म दिनको सम्झनामा देशभरि श्रद्धा र भक्तिपूर्वक रामको पूजा, आराधना गरी यो चाड मनाउने गरिन्छ । असुर एवं अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा रामका मन्दिरमा पूजापाठ गरिँदै छ ।
बिहानैदेखि देशभरका राम मन्दिरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । मन्दिरहरूमा राम, सीता, लक्ष्मण, भरत, शत्रुघनको पूर्ण कदको मूर्ति रहेको स्थानमा पनि पूजा गरिन्छ । कसैकसैले रामको मूर्ति तथा तस्बिरमा पूजा गरी रामनवमी पनि मनाउने गरेका छन् ।
त्रेता युगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । यही दिन उनैको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म–वाल्मीकि– तुलसीकृत– भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ । नवमीको व्रत बसी रामको महिमा भएको ग्रन्थकोे पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे