२०८१ बैशाख १८, मंगलबार
काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो/भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई दुई लाख ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्दीय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम यो पुरस्कार प्रदान गर्ने जनाएको हो ।
उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरू (अडियो/भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन कलाकारलाई आग्रह गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे