• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग ६

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार

  • ८९९ पटक पढिएको
  • १. सन् २०२२ मा सम्पन्न महिला विश्वकप क्रिकेट च्याम्पियनको उपाधि कसले जित्यो ?

     अस्ट्रेलिया

    – अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७१ रनले पराजित गरी सो उपाधि जितेको ।

    – अस्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको ।

    २. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हालै तीनदिने भारत भ्रमण कहिले सम्पन्न भयो ?

     वि.सं. २०७८ चैत १८–२०

    ३. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माण गरी कहिले लोकार्पण गरियो ?

     वि.सं. २०७८ चैत २१

    – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा काष्ठमण्डपको

    उद्घाटन भएको ।

    – हाललाई उद्घाटनको दिन मात्र खुला गरिएको काष्ठमण्डप पछि प्रवेश गर्न मिल्ने व्यवस्था मिलाएर केही समयपछि खुला गरिने बताइएको ।

    – काष्ठमण्डप परिसरमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कष्ठमण्डपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी काष्ठमण्डपको उद्घाटन भएको ।

    ४. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा २०७९ मा प्रदान गरिने इन्जा बौद्धिक अनुसन्धानवृत्ति कसलाई दिइयो ?

     कपिल काफ्ले (वरिष्ठ पत्रकार) र देवराज अर्याल (त्रिविका पत्रकारिता विषयका उप–प्राध्यापक)

    – (पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धातालाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इञ्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको ।)

    ५. वि.सं. २०७९ वैशाख १ का दिन महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालरत्नबाट कसलाई विभूषित गरियो ?

     पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (मरणोपरान्त)

    – राजनीतिज्ञ स्व. सुवर्णशमशेर राणालाई मरणोपरान्त र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरवबाट विभूषित गरिएको ।

    – राजनीतिज्ञ स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, स्व. दुर्गानन्द झा र स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा राजनीतिज्ञ मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रद्वीपबाट विभूषित गरिएको ।

    – राजनीतिज्ञहरू प्रदीप नेपाल र स्व. पोष्टबहादुर बोगटी तथा स्व. मार्सलजुलुम शाक्यलाई सुप्रसिद्ध जनसेवाश्रीबाट विभूषित गरिएको ।

    – न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीपबाट विभूषित गरिएको ।

    – सरकारले २०७८ साल असोज ३ गते संविधान दिवसको अवसर पारी घोषणा गरेको मानपदवी नयाँ वर्षको अवसर पारी प्रदान गरिएको ।

    ६. विश्व बैङ्कले सन् २०२२ अप्रिल १३ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर कति हुने जनाएको छ ?

     ३.७ प्रतिशत

    – चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त तर क्रमिक सुधार हुने विश्व बैङ्कले उल्लेख गरेको ।

    – कोरोनाविरुद्धको खोपदर उच्च रहेको र सेवा क्षेत्रको पुनरुत्थानका कारण आर्थिक वृद्धिदरमा सुधार आउने तर रुस–युक्रेन युद्धका कारण बाह्य परिस्थिति प्रतिकूल रहँदा आर्थिक वृद्धिदर सुस्त रहने विश्व बैङ्कले प्रक्षेपण गरेको ।

    – सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत हुने अनुमान गरेको ।

    ७. २०७८ असार÷साउनमा आएको बाढीले क्षति पु-याएको मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकमा पुनः पानी पठाउन कहिलेदेखि थालियो ?

     वि.सं. २०७८ चैत २९

    – असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पु¥याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो ।

    – क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पुनः सञ्चालन गर्न थालिएको ।

    ८. तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन कहिले सम्पन्न भयो ?

     वि.सं. २०७८ चैत २८–२९

    ९. सन् २०२२ मा सम्पन्न त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता उपाधि कसले जित्यो ?

     नेपाल

    – यस प्रतियोगितामा नेपाल, मलेसिया र पपुवा न्युगिनी गरी तीन राष्ट्रको सहभागिता रहेको ।

    – कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत २१ मा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराउँदै त्रिकोणात्यक सिरिजको ट्रफी हात पारेको ।

    – गत वैशाखमा नेपालले त्रिवि मैदानमै टी–२० उपाधि जितेको थियो । घरेलु मैदानमा नेपालले लगातार दोस्रो पटक टी–२० उपाधि हात पारेको ।

    – प्रतियोगितामा तेस्रो टोलीका रूपमा मलेसिया रहेको । लिग चरणमा नेपालले चारै खेलमा जित निकालेर फाइनल स्थान सुरक्षित गरेको थियो । पपुवा न्युगिनी र मलेसियाले समूह चरणमा दुई अङ्क मात्र बटुलेका थिए । रनरेटका आधारमा पपुवा न्युगिनीले उपाधि भिडन्तमा नेपालविरुद्धको भेट पक्का गरेको थियो ।

    १०. सार्वजनिक स्थलमा धूमपान प्रतिबन्ध गर्ने विश्वको पहिलो मुलुक कुन हो ?

     भुटान (२२ फेब्रुअरी, २००५)

    ११. नेपालको ‘वाटर लु’ भनेर कुन पर्व÷घटनालाई चिनिन्छ ?

     अलौ पर्व

    १२. नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?

     एक

    १३. सन् २०२२ अप्रिलमा पाकिस्तानको प्रधानमन्त्रीमा चुनिने राजनीतिज्ञ को हुन् ?

     सहबाज सरिफ

    – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का अध्यक्ष सहवाज अप्रिल ११ मा त्यहाँको नयाँ प्रधानमन्त्री चुनिएका ।

    – प्रधानमन्त्री इमरान खान अविश्वासको प्रस्तावबाट पदमुक्त भएपछि बसेको पाकिस्तानको संसद् बैठकले सहवाजलाई प्रधानमन्त्री चुनेको ।

    – खान अविश्वासको प्रस्तावबाट हट्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका ।

    – आपूmविरुद्धको अविश्वासको प्रस्ताव रोक्न निवर्तमान प्रधानमन्त्री खानले संसद् भङ्ग गरेका तर सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि अप्रिल ८ मा अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो ।

    १४. अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कहिलेदेखि लागू भएको हो ? 

     वि.सं. २०७५ असोज २

    १५. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ? 

     कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा

    १६. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ? 

     कक्षा ९ देखि कक्षा १२ सम्म वा सोसरहको शिक्षा ।

    – सो ऐनअनुसार ‘प्रारम्भिक बालविकास तथा शिक्षा’ भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बालविकास तथा शिक्षा हो ।

    – त्यस्तै विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम अपाङ्गता भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा हो ।

    १७. उपरदाङगढी कुन जिल्लामा पर्छ ?

     चितवन

    १८. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?

     जेरेन्टोलोजी

    १९. नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटिने कार्यको सुरुवात कहिलेबाट भएको हो ?

     सन् १९५८ (लेबनानबाट)

    – नेपाली सेनाका पाँच अब्जर्भरबाट सुरु भएको मिसनमा हालसम्म एक लाख ४० हजार २०२ सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिइसकेका ।

    – शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिएको ६४ वर्षयता ८५ नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएका ।

    – हालसम्म द्वन्द्वग्रस्त मुलुकका ४३ वटा मिसनमा नेपाली सुरुक्षाकर्मी खटिसकेका ।

    – हाल शान्ति स्थापनार्थ विभिन्न ११ वटा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सुरुक्षाकर्मीको सङ्ख्या पाँच हजार ५३६ रहेको । शान्ति स्थापनार्थ सुरक्षाकर्मी सैनिक खटाउने विभिन्न १२० मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको । सुरक्षाकर्मी खटाउने मुलुकमध्ये सबैभन्दा अगाडि बङ्गलादेश रहेको । हाल विभिन्न द्वन्द्वग्रस्त मुलुकमा बङ्गलादेशका छ हजार ४४७ सैनिक परिचालित रहेका ।

    – नेपालपछि सबैभन्दा धेरै सनिक खटाउनेमा भारत (५४८१), रुवान्डा (५२६३), इथियोपिया (४८५३) लगायतका देश रहेका ।

    २०. विश्व इतिहासमा शान्तिपूर्ण बौद्धिक आन्दोलन, अनुसन्धानात्मक आन्दोलन एवं धर्मनिरपेक्ष आन्दोलनका रूपमा चिनिने पुनर्जागरण आन्दोलन कुन देशबाट सुरु भएको थियो?

     इटाली

    २१. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

     सुवानन्द दास

    २२. विश्व स्काउट एसिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिएको ‘मेधावी योगदान पदक’बाट कसलाई सम्मान गरियो ?

     पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली

    – नेपाल स्काउटका पूर्वसंरक्षकसमेत रहनुभएका ओलीलाई ‘मेधावी योगदान पदक’ले सम्मान गरिएको ।

    – सन् १९०७ मा बेलायतमा स्थापना भएको स्काउट ४५ वर्षपछि सन् १९५२ मा नेपालमा स्थापना भएको ।

    २३. सात पहाडको सहर भनी कुन सहरलाई चिनिन्छ ?

     इटालीको रोम

    २४.  स्टाफेफेक्ट भनेको के हो ?

     एन्टिबायोटिकको विकल्पका रूपमा वैज्ञानिकद्वारा विकास गरिएको नयाँ औषधि

    २५. पहिलो विश्वकप फुटबल प्रतियोगिता कुन देशमा भएको थियो ? 

     उरुग्वे

    – पहिलो विश्वकप फुटबल प्रतियोगिता सन् १९३० मा भएको ।

    – सो प्रतियोगितामा १३ राष्ट्रको सहभागिता रहेको ।

    – फिफा विश्वकपमा सहभागी राष्ट्र सन् १९८२ मा २४ तथा सन् १९९८ मा ३२ पु¥याइएको ।

    – सन् २०२६ को वल्र्डकपमा सहभागी हुने राष्ट्रको सङ्ख्या ४८ हुने ।

    २६. EPG को पूरा रूप के हो ? 

     Eminent Person Group

    २७. चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना कहिले पारित भएको हो ?

     वि.सं. २०७४ जेठ ४

    २८. युरोपेली सङ्घ दिवस कहिले मनाइन्छ ?

     मे ९

    २९. विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई भनिन्छ ?

     भटमास

    ३०. गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई ‘पञ्चशील क्षेत्र’ घोषणा कहिले गरिएको हो ?

     वि.सं. २०७५ मङ्सिर ५

    – (हत्या, हिंसा, चोरी, व्यभिचार र मद्यपान नगरेमा पञ्चशील पालना गरेको मानिने ।) गोरखापत्रबाट

  • बस्तुगत प्रश्न
  • लोक सेवा आयोग
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution