• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
९

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१०

“असारे पानी साउने झरी” बोलको गीत बजारमा

२०८३ अषाढ १६, मंगलबार
११

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु , ७०० घाइते

२०८३ अषाढ ११, बिहिबार
१२

आरम्भ कलेजले बीएचएम र बीआईटिएममा पुनः जिल्ला टप्यो

२०८३ अषाढ १६, मंगलबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग ७

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ अषाढ ८, बुधबार

  • ५५७ पटक पढिएको
  • १. सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ?

     कामिरिता शेर्पा (२६औँ पटक, २०७९ वैशाख)

    – उहाँले यसअघिको आफ्नै रेकर्ड तोड्नुभएको ।

    – विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पासाङ दावाले पछ्याइरहनुभएको । पासाङ दावाले एकै हप्तामा दुई पटक सगरमाथाको शिखर चुम्नुभएको । उहाँको यो २४औँँ र २५औँ पटकको सगरमाथा आरोहण हो ।

    – सोलुखुम्बुको नाम्चेबजारनजिकै पर्ने थिसो निवासी निग्मानुरु शेर्पाले पनि यसपालि २४आँै पटक आरोहण गर्नुभएको । निग्मानुरु विश्वमै धेरै पटक सगरमाथा चढ्ने आरोहीमा तेस्रो बन्नुभएको ।

    – यस्तै महिला आरोही ल्हाक्पा शेर्पा सगरमाथा १०औँ पटक पुग्न सफल हुनुभएको । सङ्खुवासभाकी ४८ वर्षीया ल्हाक्पा सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली महिला हुनुहुन्छ ।

    – फुर्वा तेञ्जिङ शेर्पाका आठ जना दाजुभाइ तथा दिदीबहिनी सबैले सगरमाथा आरोहण गरिसकेका ।

    २. काठमाडौँ उपत्यकाको बिजुली आपूर्ति दिगो र भरपर्दो बनाउन अत्यावश्यक मानिएको मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन कहिलेदेखि सञ्चालनमा आएको हो ?

     वि.सं. २०७९ असार २

    – योसँगै मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन सहज हुने भएको ।

    – कुलेखानी नचलेका बेला मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनमार्फत विद्युत्लाई काठमाडौँ हुँदै हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ थप विद्युत् प्रवाह गराउन सकिने । यो लाइन काठमाडौँ उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफलाइन हो ।

    – २२० केभी क्षमता भए पनि केही सबस्टेसनका संरचना बनिनसकेकाले हाललाई १३२ केभी क्षमतामा सञ्चालन गरिएको प्राधिकरणले जनाएको । काठमाडौँको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०÷१३२÷३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छन् । ती सबस्टेसनको अन्तिम चरणका थोरै काम बाँकी रहेको र सम्पन्न हुनासाथ यी प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको ।

    – यो प्रसारण लाइन निर्माण २०७३ भदौमा सुरु भएको ।

    – नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण गरिएको ।

    ३. नेपालको पहिलो राष्ट्रिय जलस्रोत नीति कहिले सार्वजनिक भएको हो ?

     वि.सं. २०७७ पुस २

    – ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक सो नीतिमा सातवटा उद्देश्य रहेको ।

    – नीतिमा ११ रणनीति र ११५ कार्यनीति रहेको ।

    – जलस्रोत नीतिले कृषियोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा पु-याउने, सर्वसुलभ रूपमा खानेपानी सेवा उपलब्ध गराउने, वर्षा र सुक्खायामबीचको जलविद्युत् उत्पादन क्षमताको भिन्नतालाई कम गर्न बहुउद्देश्यीय जलाशययुक्त तथा अन्तरजलाधार जल स्थानान्तरण आयोजनाको विकासलाई प्राथमिकता दिनेलगायतका कुरालाई विशेष जोड दिएको ।

    ४. मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?

     मोटोरोला, अमेरिका (सन् १९७६ अप्रिल)

    ५. ‘ई–क्लास नेपाल’ एप कहिले सार्वजनिक गरिएको हो ?

     वि.सं. २०७७ मङ्सिर २३

    – यो एप सिकाइ सहज बनाउने उद्देश्यले तयार पारिएको ।

    – कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित यो एप शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा सार्वजनिक गरिएको ।

    ६. अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट र होरस टटलद्वारा सन् १८६२ मा पत्ता लगाइएको पुछ्रेतारा कुन हो ?

     स्विफ्ट टटल

    – सन् १९९२ मा सूर्यको नजिक आएको यो पुच्छ्रेतारा अब सन् २१२५ मा आउने खगोलविद्ले जनाएका ।

    – हाल पृथ्वीको नजिक नरहेको यो पुच्छ्रेताराले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्न पुग्छन्, जसलाई उल्का वर्षा भनी चिनिन्छ ।

    ७. आयात–निर्यात कार्य सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ? 

     नेपाल ट्रेड (नेपाल सरकारद्वारा ल्याइएको)

    ८. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापनाका लागि चयन गरिएको ठाउँ कुन हो ?

     पाँचखाल (काभ्रे)

    ९. राष्ट्रिय योजना आयोगद्वारा ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति कति सूचक तयार गरिएको छ ?

     समृद्धि : ३२ र सुख : २३

    १०. बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?

     संस्थातर्फ : बीपी सङ्ग्रहालय (सुन्दरीजल) र व्यक्तितर्फ : पुरुषोत्तम बस्नेत

    – त्यस्तै बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने अन्य व्यक्तित्वमा साहित्यिक आख्यानतर्फ डा. धु्रवचन्द्र गौतम र काव्यमा डा. विष्णुविभु घिमिरेलाई सम्मान गरिएको ।

    ११. वि.सं. २०७९ असार ४ मा भएको मिस नेपाल २०२२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

     प्रियङ्कारानी जोशी

    – यस्तै मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ घोषित भएका ।

    – द हिडन ट्रेजरद्वारा आयोजित सो प्रतियोगिताका लागि २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

    १२. एसईई नेसनल २०२२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

     दृष्टि बस्नेत

    – एसईईका विद्यार्थीबीच एभी इन्टरटेन्मेन्टको सहकार्यमा युहान इन्टरनेसनलद्वारा आयोजित प्रतिभा प्रदर्शन र सौन्दर्य प्रतियोगितामा दृष्टिले सो उपाधि जितेकी ।

    – प्रतियोगितामा प्रमिशा चौलागाईं फस्ट, लिपी दाहाल सेकेन्ड, मञ्जिता कुँवर थर्ड र सोनिका सुवेदी फोर्थ रनर्स अप भएका ।

    १३. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

     सुमन सत्याल

    १४. इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

     ब्राउजर

    १५. जैविक विविधतासम्बन्धी महासन्धि कहिले पारित भएको हो ?

     सन् १९९२

    १६. नासाद्वारा पहिलो पटक मङ्गल ग्रहमा रकेट अवतरण कहिले भएको हो ?

     सन् २०१८ नोभेम्बर २६

    – इन्साइड ल्यान्डर नामक सो रकेट सन् २०१८ मे ५ मा प्रक्षेपण गरिएको थियो ।

    – ‘इन्साइड’ परियोजनाका प्रमुख टम हफम्यान हुन् ।

    १७. लोकसेवा आयोगको प्रतीक चिह्न (लोगो) कहिलेदेखि प्रचलनमा आएको हो ?

     वि.सं. २०७३ असार १

    –  यस प्रतीक चिह्नका डिजाइनर माधव रेग्मी हुन् ।

    – प्रतीक चिह्नमा ‘योग्यता, निष्पक्षता, स्वच्छता’ नारा समावेश गरिएको ।

    १८. सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

     वि.सं. २०७९ असार ६

    – नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरूप उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको ।

    – जयपृथ्वीबहादुर सिंह बझाङी राजा हुन् । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि लेखेका थिए । १९३४ भदौ ५ मा बझाङमा जन्मेका सिंहको वि.सं. १९९७ असोज १ गते निधन भएको थियो ।

    – जयपृथ्वीबहादुर सिंहसँगै नेपालका राष्ट्रिय विभूतिको सङ्ख्या १८ पुगेको ।

    १९. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो ? 

     मोहन सिटौला (पुरस्कार राशि: रु. दुई लाख)

    –  (नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (राशि : रु. एक लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको ।)

    २०. बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

     वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)

    २१. उत्तम शान्ति पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?

     सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)

    – (उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको ।)

    २२. २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

     हेटौँडास्थित गुम्बाडाँडा

    – बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलद्वारा सो मूर्ति अनावरण (२०७९ वैशाखमा) गरिएको ।

    – ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले बुद्धमूर्ति कुँध्नुभएको ।

    – २०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका ।

    – नेपाल र अन्य पाँच देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको ।

    – गुम्बाडाँडा हेटौँडा बजारबाट करिब १७ किलोमिटर पूर्व दक्षिणमा पर्ने ।

    – पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बन्दै गएको ।

    २३. राष्ट्रिय कलाश्री सम्मान – २०७८ कसलाई प्रदान गरियो ?

     साहित्यसाधक परशु प्रधान

    – राष्ट्रिय कलाश्री पुरस्कार शब्दसिल्पी मञ्जु काँचुलीलाई प्रदान गरिएको ।

    – ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको ।

    – बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूर्तिकार ओम के.सी., पद्मनेत्र राष्ट्रिय कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको ।

    २४. मानव विकासको क्रममा सबैभन्दा छोटो अवधि कुन हो ?

     नवजात अवस्था

    २५. मानव विकासको कुन अवस्थालाई आँधी र तुफानको अवस्था भनिन्छ ?

     किशोरावस्था

    २६. नेपालमा केवरत जातिको बसोवास कहाँ रहेको छ ?

     मोरङ

    – यस जातिको आफ्नै केवरत मातृभाषा रहेको ।

    – यो जातिमा भूमि, रुख, पानी, सर्प, बालीनालीको पूजा गर्ने परिपाटी रहेको । यस जातिमा झारफुक, तन्त्रमन्त्र, लागलगानमा विश्वास गर्ने प्रचलन रहेको ।

    – विवाह तथा पितृकार्यमा आफ्नै जातिको बबाजीको उपस्थिति अनिवार्य मानिने ।

    – झैझगडा, चोरीडकैतीजस्ता अपराध नियन्त्रणका लाग ‘सोलोस बाइस’ नामक मुखिया संस्थाले न्याय सम्पादन गर्ने । जातीय सरदार र देमानहरू पनि रहने प्रावधान रहेको ।

    – नेपालमा केवरत जातिको जनसङ्ख्या करिब १५ हजार रहेको ।

    – आधिकारिक रूपमा यस जातिको पहिचान नभए तापनि केवरत छुट्टै जाति रहेको र जातीय पहिचानका लागि आवाज उठाउँदै आएको ।

    २७. ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?

     जुन २३

    गोरखापत्रबाट।

  • लोकसेवा तयारी
  • समसामयिक वस्तुगत प्रश्नोत्तर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

  • गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना

  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • समाचार
  • १

    श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या
    २०८३ श्रावण ७, बिहिबार

  • २

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ श्रावण ७, बिहिबार

  • ३

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • ४

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ५

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ६

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ७

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ८

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution