• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
९

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१०

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
११

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
१२

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग ९

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ श्रावण ११, बुधबार

  • ६५६ पटक पढिएको
  • १. डब्लूएचओको विज्ञ समूहमा मनोनीत हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?

     डा. राजन पाण्डे

    – भेरी अञ्चलका वरिष्ठ फिजिसियन डा. पाण्डे विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ)को क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनीत हुनुभएको।

    – नेपालमै पहिलो पटक सिकलसेल एनिमिया रोगलाई थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा पहिचान गर्ने विज्ञका रूपमा डा. पाण्डे परिचित हुनुहुन्छ। डब्लूएचओ पीईएन–प्लस नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनीत हुनुभएको ।

    – विशेषगरी थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाको खोज, अनुसन्धान र उपचारमा विशेष कार्य गरेकोमा एनसीडीआई पोभर्टी कमिसन नेपालको सिफारिसमा उहाँलाई प्यानलमा मनोनीत गरिएको ।

    २. १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता कहिले हुने भएको छ ?

     सन् २०२३ सेप्टेम्बर २३–अक्टोबर ८ (हाङचोउ, चीन)

    – ओलम्पिक कमिटी अफ एसिया (ओसीए)ले यस वर्ष हुने भनेको मिति संशोधन गर्दै सन् २०२२ जुलाई १९ मा नयाँ मिति सार्वजनिक गरेको।

    – ओसीएले चीनको ओलम्पिक कमिटी र अन्य सरोकारवालासँग करिब दुई महिनासम्मको निरन्तर छलफलपछि नयाँ मिति तय गरेको।

    – यसअघि एसियाली खेलकुद सन् २०२२ सेप्टेम्बर १० देखि २५ तारिखसम्म हुने तय भएको थियो।

    – एसियाली खेलकुद प्रतियोगितामा ४८० भन्दा बढी स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

    ३. हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार नेपाली पासपोर्ट कतिऔँ स्थानमा रहेको छ ?

     १०६औँ

    – पहुँचका आधारमा ११२ -याङ्कमा विभाजन गरिएको सो रिपोर्टमा नेपालको पासपोर्ट १०६औँ -याङ्कमा रहेको। यसअनुसार -याङ्किङका आधारमा नेपाल छैटौँ कमजोर पासपोर्ट भएको मुलुकमा परेको ।

    – नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका।

    – सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको। यसले १९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने।

    प्रतिवेदनअनुसार सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा परेका राष्ट्रहरू

    पहिलो – जापान

    दोस्रो – सिङ्गापुर र दक्षिण कोरिया

    तेस्रो – जर्मनी र स्पेन

    चौथो – फिनल्यान्ड, इटाली र लक्जेम्बर्ग

    पाँचौँ – अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड, स्विडेन

    छैटौँ – फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र बेलायत

    सातौँ – बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र अमेरिका

    आठौँ – अस्टे«लिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस र माल्टा

    नवौँ – हङ्गेरी

    दसौँ – लिथुआनिया, पोल्यान्ड र स्लोभाकिया

    – प्रतिवेदनअनुसार जापानी नागरिकले पहिले नै भिसा नलगाई संसारका १९३ मुलुकको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ मुलुकको मात्र भ्रमण गर्न पाउने।

    – नेपालसँगै प्यालेस्टाइनको राहदानी पनि १०६ नम्बरमा रहँदै कमजोर साबित भएको अध्ययनले देखाएको।

    – कमजोर मानिएका आठ देशमध्ये नेपाल उत्तर कोरियाभन्दा एक स्थान तल रहेको। यसअघि नेपालको राहदानी उत्तर कोरियाभन्दा बलियो देखिएको।

    ४. ‘फादर अफ लाइब्रेरी साइन्स’ भनी कसलाई चिनिन्छ ?

     एस.आर. रङ्गनाथन

    ५. सरकारद्वारा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यान्वयन कुन आर्थिक वर्षदेखि सुरु गरिएको हो ?

     आ.व. २०६६/६७ (हाल : राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण कार्यक्रम)

    ६. उद्योग दिवस २०७८ को नारा के रहेको छ ?

     स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान

    ७. नेपालमा राष्ट्रिय ऊर्जा दिवस कहिले मनाउने गरिन्छ ?

     जेठ ९

    ८. नेपालबाट पहिलो पटक भारतीय बजारमा नेपाली छड निर्यात कहिले भएको हो ?

     वि.सं. २०७९ साउन ४

    – रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल्स उद्योगले टीएमटी छड भारत निर्यात सुरु गरेको।

    – श्री स्टिल्सले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगञ्जको कुनसेरवामा निर्यात गरेको।

    ९. भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुने महिला नेत्री को हुन् ?

     द्रौपदी मुर्मू

    – सन् २०२२ जुलाई २१ मा कांग्रेससहितको विपक्षी दलका उम्मेदवार तृणमुल कङ्ग्रेसका नेता यसवन्त सिन्हालाई पछि पार्दै उनी राष्ट्रपति निर्वाचित भएकी।

    – उनी भारतीय जनता पार्टीले नेतृत्व गरेको राष्ट्रिय जनमात्रिका गठबन्धन (एनडीए)को तर्फबाट उम्मेदवार बनेकी।

    – मुर्मूले तीन हजार २१९ मत प्राप्त गरेकी । उनका प्रतिस्पर्धी सिन्हाले एक हजार ५८ मत प्राप्त गरेका।

    – पूर्वराष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिएपश्चात् मुर्मूले जुलाई २५ बाट कार्यभार सम्हालेकी।

    १०. सन् २०२२ जुलाईमा माल्दिभ्समा आयोजित एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्न सफल नेपाली खेलाडी को हुन् ?

     उमेश राई (८० केजी तौल समूहमा)

    ११. पाण्डाको औसत उमेर कति हुन्छ ?

     २० वर्ष

    – प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २०  वर्षको हुने।

    – मानव रेखदेख र स्याहारसुसार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको।

    – मानव रेखदेख र स्याहारसुसारमा रहेको एनएन नामक पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु (सन् २०२२ जुलाईमा) भएको हाल सबैभन्दा दीर्घजीवी पाण्डाका रूपमा एनएन रहेको थियो। यसअघि बढी उमेरसम्म जीवित रहन सकेको पाण्डा जियाजिया थियो। मानव स्याहारसुसारमा रहेको सो पाण्डा ३८ वर्षसम्म जीवित रहेको थियो।

    – बेलायतले हङकङलाई चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर चीनको सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई प्रदान गरेको थियो।

    – संसारमा सबैभन्दा लामो समय जीवित रहेको जिया जिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो।

    १२. आर्थिक वर्ष २०७८/७९ तेस्रो त्रैमासिक (२०७८ चैत्र) सम्म नेपालको सार्वजनिक ऋण कति पुगेको छ ?

     रु. १८ खर्ब ५५ अर्ब ६१ करोड

    – (बाह्य ऋण : नौ खर्ब ७६ अर्ब ४५ करोड र आन्तरिक ऋण : आठ खर्ब ७९ अर्ब १५ करोड)

    १३. एक वर्ष (आ.व. २०७८÷७९) को अवधिमा नेपालमा कति रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ?

     रु. तीन खर्ब १० अर्ब

    – पछिल्लो ३ वर्षको अवधिमा भएको पेट्रोलियम  पदार्थको आयात

    १४. नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)द्वारा विज्ञान तथा प्रविधिको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरमको उद्घाटन कहिले गरिएको हो ?

     वि.सं. २०७७ असोज ३

    १५. नेपाल राष्ट्र बैङ्कले आ.व. २०७९÷८० का लागि मौद्रिक नीति कहिले सार्वजनिक गरेको हो ?

     वि.सं. २०७९ साउन ६

    – अर्थतन्त्रले बाह्य क्षेत्रको दबाब खेपिरहेका बेला राष्ट्र

    बैङ्कले उपलब्ध वित्तीय साधनलाई विवेकपूर्ण परिचालन गर्ने गरी चालू आ.व.का लागि मौद्रिक नीति सार्वजनिक गरेको।

    – विगतमा छरिएको वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा केन्द्रीकृत गर्ने गरी मौद्रिक नीति ल्याइएको।

    – उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक बनाउने नीति लिइएको। बैङ्क तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनशील उद्योगका लागि दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिएको ।

    – मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत

    पु-याउनुपर्ने बनाएको।

    – विप्रेषणलाई औपचारिक माध्यमबाट ल्याइने।

    – मूल्यमा चाप पर्न नदिई बजेटका लक्ष्यमा सघाउने।

    – आयातको निरुत्साहन क्रमशः पुनरवलोकन गरिने।

    – विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष मनाइने।

    – मर्जरमा दिइने सुविधा पुस मसान्तसम्मका लागि

    थप गरिएको ।

    – निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १८ प्रतिशतबाट घटाई १२ प्रतिशत कायम गरिएको।

    – निक्षेप सङ्कलन दर ४ प्रतिशतबाट वढाई ५.५

    प्रतिशत बनाइएको ।

    – बैङ्क दर ८.५ प्रतिशत (यसअघि ४ प्रतिशत) बनाइएको।

    – नीतिगत दर ७.० प्रतिशत (यसअघि ५.५ प्रतिशत) बनाइएको।

    – वैधानिक तरलता अनुपात वाणिज्य बैङ्कको १२ प्रतिशत र विकास बैङ्क तथा वित्त कम्पनीको १० प्रतिशत बनाइएको। यसअघि यो अनुपात वाणिज्य बैङ्कको १० प्रतिशत, विकास बैङ्कको ८ प्रतिशत र वित्त कम्पनीको ७ प्रतिशत रहेको ।

    – जग्गा धितो कर्जा उपत्यकाभित्र मूल्याङ्कनको ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत कायम गरिएको।

    १६. प्रतिनिधि सभाबाट नागरिकता विधेयक कहिले पारित गरिएको हो ?

     वि.सं. २०७९ साउन ६

    १७. कुपोषण समस्या समाधान गर्ने उद्देश्यले नेपालमा सञ्चालित दोस्रो बहुक्षेत्रीय पोषण योजनाको अवधि कुन हो ?

     सन् २०१८–२०२२ (पहिलो ः सन् २०१३–२०१८)

    १८. भारत र चीन दुवै देशलाई छुने गाउँपालिका कुन कुन हुन् ?

     व्यास र फक्ताङलुङ गाउँपालिका

    १९. चौरासे र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने नयाँ औद्योगिक क्षेत्र हुन् ?

     सुर्खेत

    २०. हाल सार्कका क्षेत्रीय सङ्गठनहरूको सङ्ख्या कति रहेको छ ?

     पाँच

    २१. नेपालमा महानगरपालिका नभएका प्रदेश कति छन् ?

     तीन

    २२. नेपालमा किसान क्रेडिट कार्ड र किसान एप्सको सुरुवात कहिले भएको हो ?

     वि.सं. २०७७ माघ ७

    गोरखापत्रबाट

  • गोरखापत्र
  • लोकसेवा
  • लोकसेवा आयोग
  • लोकसेवा तयारी
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लोकसेवा सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution