२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अन्य ३ पार्टीको आयोजनामा आज देशव्यापी रुपमा आमहड्तालको आयोजना गरिएको छ । गत साउन २७ गते बसेको ४ कम्युनिष्ट पार्टीको विभिन्न विरोधका कार्यक्रमहरुको निरन्तरतामा आज नेपाल बन्द गरी यस चरणको विरोधका कार्यक्रमहरुको अन्त्य गर्न लागिएको हो ।
गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी, एसपीपी, नागरिकता विधेयक लगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख थियो ।
जसअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे