२०८१ बैशाख २०, बिहिबार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी भदौ २६ गते म्यादी प्रहरीको बिज्ञापन खुल्ने भएको छ।
निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि अनुसार म्यादी प्रहरी भर्नाका लागि यही भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्ने कार्यविधिमा उल्लेख छ ।
त्यस्तै, भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन दिन सकिने, असोज ९ देखि १४ गतेसम्म छनोट प्रक्रिया र असोज २५ गते नजिता प्रकाशन गर्ने गरी कार्यविधि स्वीकृत भएको छ । यसैगरी, असोज २७ र २८ गते नियुक्ति पत्र दिने कार्यविधिमा उल्लेख छ ।
प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले मन्त्रालयद्वारा स्वीकृत कार्यविधिमा कात्तिक ९ गतेदेखि म्यादी प्रहरीलाई कार्य क्षेत्रमा खटिने जानकारी दिनुभयो ।
थप समाचार:
म्यादी प्रहरीमा १ लाख १५ हजार भर्ना खुल्दै, के के छन् सुबिधा?
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे