• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १५, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
१०

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
११

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

नेपानको २८औँ वार्षिक साधारणसभामा विकासकर्मीहरू सम्मानित

प्रकाश भण्डारीप्रकाशित मिति: २०७९ भाद्र २७, सोमबार

  • ४०७ पटक पढिएको
  • नेपालमा सहभागीमूलक विकास पद्धतिको विषयमा अग्रणी प्रर्वद्धनात्मक तथा वकालती भूमिका निभाउँदै आइरहेको राष्ट्रिय सञ्जाल संस्था ‘नेपाल सहभागीमूलक कार्य समूह (नेपान)’ ले शनिवार काठमाडौँमा आयोजना गरेको २८ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न विकासकर्मीहरू सम्मानित भएका छन् ।
    राष्ट्रियसभाकी सांसद डा. विमला राई पौड्याल तथा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले प्रसिद्ध कणेल स्मृति विकास लेखक राष्ट्रिय सम्मान डा. चण्डीप्रसाद चापागाईंलाई र भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी राष्ट्रिय सम्मान विश्वास प्रजा (चेपाङ) लाई प्रदान गर्नुभयो । हरेक वर्ष प्रदान गरिने दुबै सम्मान दश–दश हजार राशिका छन् । प्रसिद्ध कणेल स्मृति सम्मान २०७५ सालदेखि नियमितरूपमा प्रदान गर्दै आएकोमा यस वर्षदेखि नेपानबाट थप पुरस्कारको रूपमा भोला दाहाल स्मृति सम्मान पहिलोपटक प्रदान गरिएको हो ।

    त्यसैगरी नेपान सदस्यको रूपमा वर्षभर स्वयंसेवी भावनाबाट उत्कृष्ट सेवा पुर्‍याएबापत विकासकर्मीहरू रूपा बस्नेत र सम्पद जमरकट्टेललाई पनि सम्मानपत्रका साथ खादा लगाएर उहाँहरूलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व तथा पुरस्कारका बारेमा पूर्वअध्यक्ष तथा संस्थापक चेतनाथ कणेल एवं कोषाध्यक्ष दलबहादुर जिसीले प्रकाश पार्नुभएको थियो ।
    पुरस्कार तथा सम्मान अर्पण कार्यक्रमको सभापतित्व नेपानका अध्यक्ष डा. अनोज क्षेत्रींले गर्नुभएको थियो भने अन्य विशेष अतिथिहरूमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्र प्रधान, काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन डा. प्रकाशचन्द्र भट्टराई, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) का उपाध्यक्ष सान्त्वना देवकोटा, नेपानका निवर्तमान तथा पूर्व अध्यक्षहरू लगायतका व्यक्तित्व हुनुहुन्थ्यो ।

    कार्यक्रमबीच नेपानबाट लामो समयदेखि प्रकाशन हुँदै आइरहेका ‘सहभागिता’ त्रैमासिक विकास म्यागाजिनको ५६ औँ अंक र पार्टिसिपेसन अंग्रेजी जर्नलको २२औँ अंकको पनि विमोचन गरिएको थियो । ती पत्रिकामा प्रकाशित सामग्रीका बारेमा क्रमशः लालबहादुर ओली तथा डा. झविन्द्र भण्डारीले चर्चा गर्नुभएको थियो ।

    सभाका अवसरमा नेपालको शिक्षा प्रणालीको गुणस्तर कसरी बढाउने र समग्र विकास प्रणालीमा समावेशिता र सहभागिताको वास्तविक दर्शन, सोच र सिद्धान्तलाई व्यावहारिक तथा नीतिगत रूपमा कसरी प्रभावकारी बनाउने भन्ने समसामयिक विषयहरूमा समेत विज्ञहरूका अलगअलग विशेष प्रस्तुतिका साथ सघन बहस चलाइएको थियो ।

    बहसको संयोजन एनसीई तथा नेपानका विज्ञहरूले गर्नुभएको थियो भने प्रस्तुति तथा छलफलमा डा. विष्णुराज कार्की, भोला भट्टराई, उत्तम निरौला तथा तोया गौतमले विशेष नेतृत्व लिनुभएको थियो । प्रस्तुतिमाथि विभिन्न विषयविज्ञ तथा सरोकारवाला व्यक्तिहरूले टिप्पणी गर्नुभएको थियो । टिप्पणी गर्नेहरूमा डा. विष्णुराज उप्रेती, लालबहादुर ओली, राघवराज रेग्मी, डा. विनोद भट्ट, डा. उद्धव राई, डा. झविन्द्र भण्डारी, रामानन्दप्रसाद गुप्त, राजेन्द्र खनाल, श्रीराम केसी, राजबहादुर गिरी, प्रेमराज न्यौपाने, पूर्णबहादुर चेम्जोङ, वसन श्रेष्ठ, सविता कनौजे न्यौपाने, मुरारी गौतम, डिल्ली डोटेल, फटिकबहादुर थापा, डा. नरेन्द्रसिंह ठगुन्ना, सञ्जय राणा, लगायतका हुनुहुन्थ्यो । नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटेलको सभाकक्षमा शनिवार दिनभर चलेको छलफल गोष्ठी तथा साधारणसभाको संयुक्त कार्यक्रममा करिब असी जनाको सहभागिता थियो ।


    यसैगरी साधारणसभाको बन्द–सत्रमा नेपान कार्यसमितिमा रिक्त हुन आएको ‘कोषाध्यक्ष’ पदमा आजीवन सदस्य रूपा बस्नेतलाई र कार्यसमिति सदस्यको एक रिक्त पदमा आजीवन सदस्य बालकृष्ण शर्मा सिलवाललाई दुई वर्षका लागि आजै सर्वसम्मतिबाट चयन गरिएको छ । चयन प्रक्रियाको संयोजन डा. सुशील कोइराला, डा. मिलन अधिकारी तथा जनक पन्तको एक त्रिसदस्यीय निर्वाचन टोलीले गरेको थियो ।
    स्मरणीय छ, काठमाडौँ कोटेश्वरस्थित जनता–सडकमा नेपानको कार्यालय (‘नेपान–घर’) रहेको छ र हाल यसमा करिब साढे तीन सय सदस्य आबद्ध छन् ।

    नेपानले विगत सत्ताइस वर्षदेखि सहभागीमूलक विषयमा अनुसन्धान, तालिम, प्रकाशन तथा राष्ट्रिय विकासका सवालमा नीतिगत वकालत, सदस्यबीच सञ्जालीकरण, विकास अनुभव अभिलेखन तथा बहुपक्षीय क्षमता अभिवृद्धिजस्ता विविध क्रियाकलाप गर्दै आइरहेको छ । नेपालमा ज्येष्ठ नागरिक सवालको एक प्रमुख स्रोत तथा अनुसन्धान केन्द्रको रूपमा पनि नेपानलाई लिने गरिन्छ । यसका सदस्यहरू सातै प्रदेशमा विस्तारित छन् । नेपानले विभिन्न प्रकारका अक्षयकोषहरूको समेत व्यवस्था गरेको छ । भविष्यमा युवा तथा महिला सदस्यहरू अभिवृद्धि गरी नेपानका प्रादेशिक सञ्जालहरू विस्तार गर्ने कार्यक्रम रहेको र सोका लागि सन् २०२३ देखि २०२७ सम्मको पाँचवर्षे नयाँ रणनीतिसमेत तयार पारिएको कुरा अध्यक्ष अनोज क्षेत्रीले बताउनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

  • बन्चरेडाँडा अवरोधका कारण फोहोर घरकै कम्पाउण्डभित्रै राख्न महानगरको आग्रह

  • ओली र लेखकसहितको राहदानी रोक्कामा सर्वोच्चबाट लिखित जवाफ माग

  • बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

  • समाचार
  • १

    आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
    २०८२ कार्तिक १५, शनिबार

  • २

    बन्चरेडाँडा अवरोधका कारण फोहोर घरकै कम्पाउण्डभित्रै राख्न महानगरको आग्रह
    २०८२ कार्तिक १४, शुक्रबार

  • ३

    ओली र लेखकसहितको राहदानी रोक्कामा सर्वोच्चबाट लिखित जवाफ माग
    २०८२ कार्तिक १४, शुक्रबार

  • ४

    बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु
    २०८२ कार्तिक १४, शुक्रबार

  • ५

    “नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने
    २०८२ कार्तिक १४, शुक्रबार

  • ६

    पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु
    २०८२ कार्तिक १४, शुक्रबार

  • ७

    नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि
    २०८२ कार्तिक १४, शुक्रबार

  • ८

    चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते
    २०८२ कार्तिक १४, शुक्रबार

  • ९

    यी तीन प्रदेशमा बर्षा सहित भारी हिमपातको सम्भावना
    २०८२ कार्तिक १४, शुक्रबार

  • १०

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution