• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग ११

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार

  • ५५१ पटक पढिएको
  • १. काठमाडौँमा सम्पन्न छैटौँ साफ महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? 

    बङ्गलादेश

     यो जितसँगै साफ महिला फुटबलले नयाँ च्याम्पियन पाएको हो। यसअघि भारतले मात्र साफ महिला फुटबल च्याम्पियनसिप जितेको इतिहास छ।

    – प्रतियोगितामा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पछि पर्दै उपविजेता बन्न पुगेको छ। योसँगै नेपाल पाँच पटक फाइनलमा पुगेर पनि उपाधिविहीन बन्न पुगेको हो।

    – प्रतियोगितामा उत्कृष्ट खेलाडी सविना खातुन

    (बङ्गलादेश), सर्वाधिक गोलकर्ता :सविना खातुन

    (बङ्गलादेश, आठ गोल), उत्कृष्ट गोलरक्षक : रूपना चक्मा (बङ्गलादेश) र फेयर प्ले अवार्ड पनि बङ्गलादेशले प्राप्त गरेको।

    २. चीनका राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुद्वारा चारदिने नेपाल भ्रमण कहिले भएको हो ? 

     सन् २०२२ सेप्टेम्बर १२–१५

    – सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण

    निमन्त्रणामा नेपाल आएका ली र सापकोटाबीच संसदीय सहयोगसम्बन्धी छ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको।

    ३. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सन् २०२२ सेप्टेम्बर १२ मा १९१ राष्ट्र समेटी प्रकाशित मानव विकास प्रतिवेदन २०२१÷२२ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

     १४३औँ

    – यसअघि १८९ देशमध्ये नेपाल १४४औँ स्थानमा रहेको थियो। मानव विकास सूचकाङ्कमा नेपालले ०.६०२ अङ्क प्राप्त गरेको छ।

    – ञमानव विकास सूचीको पहिलो स्थानमा स्विट्जरल्यान्ड र अन्तिम स्थानमा दक्षिण सुडान रहेको छ।

    – मानव विकास सूचकाङ्कमा बेलायत १८औँ, जापान १९औँ, अमेरिका २१औँ एवं चीन ७९औँ स्थानमा रहेका छन्।

    ४. निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको उद्घाटन कहिले गरिएको हो ? 

     वि.सं. २०७७ चैत २१

    – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बालुवाटारबाटै स्विच थिचेर एकै पटक १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको उद्घाटन गरिएको थियो।

    – सरकारले घोषणा गरेको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत १५७ सडक आयोजना बल्ल निर्माण प्रक्रियामा गएका छन्। आठ निर्वाचन क्षेत्र (सोलुखुम्बु क्षेत्र १, सप्तरी क्षेत्र ४, बारा क्षेत्र २, मकवानपुर क्षेत्र २, काठमाडौँ क्षेत्र ४ र ६, तनहुँ क्षेत्र २ र कैलाली क्षेत्र ४)को रणनीतिक सडकको निर्माण प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

    – सरकारले निर्वाचन क्षेत्रको सञ्जाललाई सहज बनाउने उद्देश्यसहित यो कार्यक्रम ल्याएको हो। विशेषगरी यो सडक जिल्ला सदरमुकाममा जोडिनेछ। यसका अलावा सम्भव भएको अवस्थामा अन्तरजिल्ला तथा राजमार्गमा समेत जोड्ने योजना रहेको छ ।

    – प्रत्यक्ष निर्वाचन क्षेत्रमा बन्ने यो सडक पूर्ण रूपमा पक्की बनाउने योजना रहेको छ।

    – सडकको कुल अनुमानित लागत ५७ अर्ब १० करोड रहेको यस आयोजनालाई सरकारले बहुवर्षीय योजनामा समावेश गरेको छ।

    – यस आयोजनालाई सरकारले आ.व. २०७९÷८० मा सात अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ। गत आवमा दुई अर्ब ३२ करोड रुपियाँ विनियोजन गरिएको थियो।

    ५. तेस्रो अन्तर्राष्ट्रिय नर्सिङ तथा प्रसूति स्याहार सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? 

     वि.सं. २०७९ भदौ २८ र २९ (सन् २०२२ सेप्टेम्बर १३ र १४), धुलिखेल

    – धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको आयोजनामा सो सम्मेलन सम्पन्न भएको।

    – सम्मेलनमा क्यानडा, इजरायल, भारत, जापानलगायतका मुलुकबाट २५० भन्दा बढी नर्सको सहभागिता रहेको।

    – यसअघि पहिलो सम्मेलन सन् २०१४ र दोस्रो सम्मेलन सन् २०१८ मा सम्पन्न भएको।

    ६. अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने उद्देश्यका साथ ‘नेपाली पोर्ट’को शुभारम्भ कहिले गरिएको हो ?

     वि.सं. २०७६ माघ १३

    ७. विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?

     वि.सं. २०७७ असोज १९

    – नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको।

    – पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सो आयोजनाको अनुमानित लागत आठ अर्ब रुपियाँ रहेको ।

    ८. मालवाहक गाडीमा भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रेकिङ प्रणाली (भीसीटीएस) वेब पोर्टल कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ? 

     वि.सं. २०७६ साउन १

    – राजस्व अनुसन्धान विभागले माल वस्तु ढुवानी गर्ने साधनले मालसामान ढुवानी गर्नुपूर्व ढुवानी कम्पनी वा व्यवसायीले वा आयातकर्ताले मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम विकास गरिएको नयाँ सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याइएको ।

    – भीसीटीएस सेवाको साउन १ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिंहदरबारमा शुभारम्भ गरिएको ।

    – सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा उल्लेख गरेअनुसार सो प्रणाली लागू भएको ।

    – यो प्रणालीबाट ढुवानीकर्ताको विवरण अनलाइनबाटै जानकारी लिन सकिने ।

    – राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएको ।

    ९. विश्वको सबैभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?

     विम्बल्डन टेनिस प्रतियोगिता

    – (सन् १८७७ मा अल इङ्ग्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलो पटक खेलिएको ।)

    १०. पोखरा महानगरपालिकाले महानगरवासीको गुनासो सुन्न र सुझाव सङ्कलनका लागि हेल्लो मेयर कार्यक्रम कहिलेदेखि सञ्चालन गरेको हो ? 

     वि.सं. २०७९ भदौ १२

    ११. सरकारले सर्वसाधारणका लागि हाल कति प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ? 

     ९८

    – सरकारले वि.सं. २०७८ देखि ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने स्तरीय उपचार पद्धति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) बनाई सबै सरकारी स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो । प्रोटोकलमा ठूला अस्पतालले पनि पालिकासँग समन्वय गरेर ती औषधि निःशुल्क दिनुपर्ने व्यवस्था गरिएको छ ।

    – नेपालको संविधानमा हरेक नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने व्यवस्था गरिएको छ ।

    १२. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?

     सन् २०१२

    – नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८

    डिसेम्बर ३ देखि ५ मा भएको । यसैगरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने भएको ।

    – डब्लूटीओमा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ÷छ वर्षमा हुने गरेको ।

    १३. नेपालमै पहिलो पटक बीउ एटीएमको स्थापना कहाँ गरिएको हो ?

     ललितपुर

    – ललितपुर महानगरपालिकाले नेपालमै पहिलो पटक

    बीउ एटीएम स्थापना गरेको ।

    – मेसिनमा २०, ५०, १०० तथा ५०० को नोट छिराएर बीउबिजन खरिद गर्न सकिने ।

    १४. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?

     छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय

    – सन् १९६९ जुलाई २० मा पहिलोपल्ट चन्द्रमामा पुगेका अमेरिकी अन्तरिक्षयात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।

    – तीन अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ, एडविन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।

    – यानबाट पहिलो पटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।

    – एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा वि.सं. २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

    – सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको छ ।

    १५. इनर्जी बैङ्किङको अवधारणाअनुरूप नेपालमा उत्पादित बिजुली भारत निकासीको सुरुवात कहिले गरियो ? 

     वि.सं. २०७६ असार २७

    – नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र इनर्जी बैङ्किङ अवधारणाअनुरूप विद्युत् भारत निकासी गरिएको ।

    – विद्युत् उत्पादनमा वृद्धि र खपतमा कमी आएपछि

    सरकारद्वारा बिजुली भारत निकासी गरी इनर्जी बैङ्किङको अभ्यास सुरु गरिएको ।

    १६. ‘स्मार्ट गोरखापत्र’को औपचारिक शुभारम्भ कहिले भएको हो ?

     वि.सं. २०७४ फागुन २

    १७. वान बेल्ट वान रोड (ओबीओआर)) समझदारीपत्रमा नेपाल र चीनका प्रतिनिधिहरूद्वारा कहिले हस्ताक्षर गरियो ?

     वि.सं. २०७४ वैशाख २९

    – (ओबीओआर परियोजनामा हस्ताक्षर गर्नेसम्बन्धमा वि.सं. २०७४ वैशाख २५ को मन्त्रिपरिषद् बैठकले

    निर्णय गरेको ।)

    १८. नेपाली सेनामा तीन जोड एक कमान्डमा आधारित संरचना हटाउने निर्णय कहिले गरिएको हो ? 

     वि.सं. २०७९ भदौ २१

    – प्रधानसेनापति प्रभुराम शर्माको प्रस्तावका आधारमा

    राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसअनुसार मन्त्रिपरिषद्द्वारा वि.सं. २०७९ भदौ २१ मा सो निर्णय गरिएको ।

    – तीन जोड एक कमान्ड व्यावहारिक र प्रभावकारी नभएपछि सैनिक हेडक्वार्टरले यसलाई पुनरवलोकनका लागि सुरक्षा परिषद्मा प्रस्ताव पेस गरेको थियो । सुरक्षा परिषद्ले पृतनामा आधारित संरचना व्यावहारिक भएको प्रस्ताव पेस गरेको आधारमा सेनाको संरचना पूर्ववत् (२०७८ साउन १ भन्दा पूर्वको) अवस्थामा लैजाने निर्णय भएको हो ।  गोरखापत्रबाट

  • लोकसेवा आयोग
  • लोकसेवा तयारी
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    लोकसेवा सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution