• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २८, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
६

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
७

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
८

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
९

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
१०

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
११

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत

२०८२ भाद्र ३०, सोमबार
१२

पुर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्दै

२०८२ भाद्र २९, आईतबार

मतदाता रिझाउन किसानको खेतमा धान काटेर सहयोग गर्दै उम्मेदवार

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन ३०, आईतबार

  • २३४ पटक पढिएको
  • तराईका जिल्लामा किसानहरुलाई अहिले खेतमा पाकेर लहलह झुलेको धान काट्न भ्याइनभ्याइ छ । उनीहरुलाई मङ्सिर ४ गते तोकिएको संसदीय निर्वाचनका बारेमा सोच्ने र बुझ्ने पनि त्यति फुर्सद छैन । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मनोनयन दर्तासँगै कैलाली जिल्लामा उम्मेदवारका समर्थकले किसानका खेतमा पाकेको धान काट्न सहयोग गरेर मतदाता रिझाउने नयाँ शैली अपनाएका छन् ।

    निर्वाचन क्षेत्र नं ५ को उर्मा क्षेत्रमा दुई दिनअघि मात्रै उम्मेदवारका समर्थकले किसानको खेतमा धान काट्ने काममा सहयोग गरेर मतदाता रिझाउने प्रयास गरेका हुन् । “धान भित्र्याउन किसानलाई समस्या पर्दा कार्यकर्ताबाट स्वःस्फूर्तरुपमा सहयोग भएको हो”, प्रदेशसभाका प्रत्यासी रमेश धामीले भने, “किसानलाई समस्या पर्दा आफूहरु जहिले पनि सहयोगी बन्ने गरेका छौँ ।”

    चुनावी प्रचारप्रसारका लागि समर्थकसहित प्रत्यासी गाउँबस्तीमा पुग्न थालेपछि चुनावी रौनक बढ्न थालेको छ । सबै दलका र स्वतन्त्र उम्मेदवारले वडा टोलमा प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेर आआफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् । सत्ता गठबन्धनका अमृत बिसीले भने, “पहिलो चरणमा पार्टी पंक्तिलाई चुनावी प्रचारप्रसारका लागि क्रियाशील बनाइरहेका छौँ, विस्तारै घरदैलोमा जान लागेका छौँ ।”

    सत्ता गठबन्धनमा आबद्ध दलले हालैको स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई ध्यान दिएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीति बनाइरहँदा छुट्टाछुट्टै प्रत्यासी उठाएका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राप्रपालगायतका प्रत्यासी पनि आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । “स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा भएको कमीकमजोरीले सोचेजति सफलता पाउन सकिएन”, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका निवर्तमान प्रमुख नृपबहादुर वडले भने, “आउने निर्वाचनमा गठबन्धनका प्रत्यासीलाई विजयी बनाउन कुनै कमी कमजोरी हुन नदिने गरी तयारी भइरहेको छ ।”

    नेकपा एमालेका युवा नेता चूडामणि भट्टले आफ्नो दलका प्रत्यासीलाई विजयी बनाउने गरी पार्टीको पूरै पङ्क्तिलाई क्रियाशील गरिएको बताए । उनले भने, “सबै निर्वाचन क्षेत्रमा चुनावका लागि आवश्यक सबै तयारी गरेका छौँ ।” नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेशसभाका प्रयासी रमेश धामीले सत्ता गठबन्धनका प्रत्यासीलाई विजयी बनाउने गरी प्रचारप्रसारको अभियान थालिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र) सुदूरपश्चिम प्रदेशको राजधानी, एकमात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको निर्वाचनलाई आम मतदाताले बढी चासोका साथ हेर्न थालेका छन् ।

    नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले प्रतिनिधिसभामा र कांग्रेसकै अर्का युवा नेता क्षितिज भण्डारीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि पनि यो क्षेत्रको निर्वाचनमा बढी चासो देखिएको छ । प्रदेशसभामा कांग्रेस नेत्री डा आरजु राणा देउवाका सहयोगी एवं युवा नेता प्रकाशबहादुर देउवाले पार्टीको तर्फबाट टिकट पाएका छन् । यसै क्षेत्रमा एमालेका तर्फबाट दुर्गाप्रसाद जोशी, राप्रपाका शिवराज भण्डारी, नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरी, नेकाँ बीपीबाट दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर पनि प्रत्यासी छन् ।

    प्रतिनिधिसभाका लागि एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनी राना र नेपाली कांग्रेसका प्रभावशाली नेता डिल्लीराज पन्तले टिकट पाएका छन् । यस्तै लोसपाका दानबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, नेमकिपाका नन्दाकुमारी दर्लामीमगर, स्वतन्त्र गगनबहादुर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्यायसमेत प्रतिस्पर्धामा छन् । मुख्यगरी सत्ता गठबन्धन र एमालेका प्रत्यासीबीच कडा प्रतिस्पर्धा हुने अड्कलबाजी स्थानीय मतदाताको छ ।  स्वतन्त्र उम्मेदवारी दिएका पुस्करनाथ ओझालाई पनि बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

    कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीमा टिकट वितरणमा देखिएको आन्तरिक किचलोले बढेको असन्तुष्टि र स्वतन्त्र उम्मेदवार पार्टीका प्रत्यासीका लागि चुनौतीका रुपमा देखिएको कार्यकर्ताको बुझाइ छ ।
    हालैको सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरको प्रमुखमा विजयी गोपाल हमालले पाएको मत जसले आफूतिर तान्न सक्यो उसैको पल्ला भारी हुने अर्कोथरी मतदाताको विश्लेषण छ । एक लाख पाँच हजार सात सय ९३ मतादाता रहेको निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)मा बाहुन, क्षेत्री, ठकुरी, दलित, डगौरा थारु र रानाथारुको बाहुल्यता छ । पाँच वर्षअघिको निर्वाचनमा यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट प्रत्यासी बनेका एमालेका नारदमुनी रानासँग कांग्रेस नेत्री डा आरजु राणा देउवा पराजित भएकी थिइन् । यस्तै प्रदेशसभा ‘क’ मा एमाले र ‘ख’ मा कांग्रेस विजयी भएको थियो ।
    निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरको कडा टक्कर हुन लागेको मतदाताको विश्लेषण छ । एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका भट्टलाई आफ्ना पूर्वसहकर्मी कार्यकर्ता र एमालेभित्रैको असन्तुष्ट समूह चुनौती बन्नसक्ने कार्यकर्ताको भनाइ छ ।

    कांग्रेस नेता बलायर पार्टीमा साङ्गठनिक क्षमता भएको नेताका रुपमा चिनिन्छन् । टिकट वितरण गर्दा पार्टीभित्र देखिएको असन्तुष्टि बलायरका लागि चुनौती बन्नसक्ने विश्लेषण हुन थालेको छ । विगतमा डोटीबाट निर्वाचनमा प्रत्यासी बन्दै आएका बलायरलाई कैलालीबाट टिकट दिइएपछि टिकटका आकाङ्क्षी स्थानीय नेतामा असन्तुष्टि छ । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीका कइँया चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउद, राप्रपाका जयबहादुर धामी, नेपाल सङ्घीय समाजवादीका भीमबहादुर थापामगर, जनता प्रगतिशील पार्टी नेपालका मोहनदेव मिश्र, नेमकिपाका सीतारम पण्डित र स्वतन्त्र मेखराज जोशी पनि प्रतिस्पर्धी छन् ।

    यो क्षेत्रमा पर्ने गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका तराईका र चुरे गाउँपालिका पहाडी क्षेत्रका हुन् । बाहुन, क्षेत्री, ठकुरी, दलित, मगर, डगौरा चौधरी र रानाथारुको बसोबास रहेको यो क्षेत्रमा एक लाख १० हजार चार सय ५३ मतदाता छन् । गएको पालिका तहको चुनावमा यो क्षेत्रमा कांग्रेससहितको गठबन्धनले ल्याएको मत अन्य दलको तुलनामा धेरै छ । पाँच वर्षअघिको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा माओवादीका पूर्वनेता लेखराज भट्टले कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    निर्वाचन अपडेट सम्बन्धि थप
  • विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भयो- परराष्ट्र मन्त्रालय

  • जेनजी आन्दोलनपछि देउवा पहिलो पटक सार्बजनिक

  • भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

  • सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो

  • समाचार
  • १

    विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भयो- परराष्ट्र मन्त्रालय
    २०८२ आश्विन २८, मंगलबार

  • २

    जेनजी आन्दोलनपछि देउवा पहिलो पटक सार्बजनिक
    २०८२ आश्विन २८, मंगलबार

  • ३

    भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
    २०८२ आश्विन २८, मंगलबार

  • ४

    सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो
    २०८२ आश्विन २८, मंगलबार

  • ५

    मुस्ताङबाट कबड्डी- ५ को छायांकन सुरू
    २०८२ आश्विन २८, मंगलबार

  • ६

    नेपाल र भियतनामबीचको दोस्रो खेल आज
    २०८२ आश्विन २८, मंगलबार

  • ७

    असोज २८ गते मंगलबारको दैनिक राशिफल
    २०८२ आश्विन २८, मंगलबार

  • ८

    नर्सिङको तलब सरकारी सरह दिन मन्त्रालयकाे निर्देशन
    २०८२ आश्विन २७, सोमबार

  • ९

    कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता
    २०८२ आश्विन २७, सोमबार

  • १०

    हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक
    २०८२ आश्विन २७, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution