२०८१ जेष्ठ ५, शनिबार
भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट प्राप्त भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ०.६१ रुपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ रुपैयाँ प्रतिलिटर मट्टीतेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार हवाई इन्धनमा ४.७७ रुपैयाँ प्रति लिटरले बढेर आएको छ । एलपी ग्याँसको मूल्य भने केही घटेर आएको छ । तर, पनि निगमलाई हाल डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ घाटा भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी एलपी ग्याँसमा प्रतिसिलिन्डर २२८.८४ रुपैयाँ घाटा भइरहेको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे