२०८१ बैशाख २७, बिहिबार
कास्की- कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिक तर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गर्नुभएको छ।
कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ। उज्यालोअनलाइनबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे