• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन ४, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
५

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
६

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
७

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
८

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार
९

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
१०

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
११

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भाद्र ६, शुक्रबार
१२

नेपालमा राष्ट्रिय स्तरको ह्याकाथन साइबर उत्सव २.० आयोजना हुँदै

२०८२ भाद्र १०, मंगलबार

यी हुन् सातै प्रदेशमा बन्न लागेका मुख्यमन्त्रीहरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ पौष १४, बिहिबार

  • २६५ पटक पढिएको
  • काठमाडौं । सात दलीय गठबन्धनका तर्फबाट संघमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार बनेसँगै सातवटा प्रदेशमा पनि सोही गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । माओवादी केन्द्रलाई पहिलो साढे दुई वर्ष संघीय सरकारको नेतृत्व दिने समझदारी गर्दै एमालेले राष्ट्रपति र प्रतिनिधिसभाको सभामुख लिने भएको छ । सभामुख पनि आलोपालो गर्ने सहमति एमाले र माओवादीबीच भएको छ । गठबन्धनका यी दुई ठुला दलबीच सात प्रदेशमध्ये चारवटामा एमाले, दुईवटामा माओवादी केन्द्र र एउटा (मधेस प्रदेश) मा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको छ। तर मधेसबाहेक अन्य प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने टुंगो लाग्न बाँकी छ ।

    २०७४ सालको निर्वाचनपछि पनि प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गरेको थियो । माओवादी केन्द्रले सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारको नेतृत्व पाएको थियो । उक्त निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । २०७४ सालको निर्वाचनपछि सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारको नेतृत्व माओवादीले गरेकाले अहिले नेतृत्व आफूले पाउनुपर्ने दाबी एमालेको छ । माओवादीले प्रदेश १ र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्वमा दाबी राखेको छ ।

    प्रदेश १ को प्रदेशसा ९३ सदस्यीय छ। १ नम्बर प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेबाट हिक्मत कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बोको दाबी छ । त्यहाँ सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । जहाँ सत्ता गठबन्धन एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ जसपाका १ सांसद् छन् । यो प्रदेशसभामा कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। कांग्रेसले संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

    मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव, जसपाका लालबाबु राउत, जनमत पार्टीका महेशप्रसाद यादव र त्रिभुवन साहको नाम चर्चामा छ। मधेस प्रदेशसभा १०७ सदस्यीय छ । सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेशमा सत्ता गठबन्धन एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन्। सो प्रदेशसभामा कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेपाल संघीय समाजवादी पार्टीका एक र ६ जना स्वतन्त्र सांसद छन् ।

    एक सय १० सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ। वाग्मती प्रदेशमा सत्ता गठबन्धन दलको ६१ सांसद छन् । वाग्मती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद छन् । वाग्मती प्रदेशसभामा कांग्रेसका ३७, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजुदुर किसान पार्टीका ३ र हाम्रो नेपाल पार्टीका २ सांसद छन् । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रबाट शालिग्राम जम्कट्टेल, सरल सहयात्री पौडेल, युवराज दुलाल र एमालेका रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, जेएन थपलियासहित आकांक्षी छन् । वाग्मती प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलको नेतामा बुधबार बहादुरसिंह लामा निर्वाचित भएका छन् । इन्द्र बानियाँलाई पछि पार्दै लामा निर्वाचित भएका हुन् ।

    गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । कांग्रेससँग चुनावी तालमेल गरेको माओवादीले गठबन्धन तोड्नुअघि गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने भनेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाका कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नयाँ मुख्यमन्त्री हुने भन्दै चुनावमा भोट मागेका थिए । पाण्डे बुधबार कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए पनि मुख्यमन्त्री बन्ने बाटो भने बन्द भएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । त्यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका एक(एक सांसद छन् ।

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका भूमिश्वर ढकाल, लिला गिरी, रामजीप्रसाद घिमिरेसहित र माओवादीबाट जोखबहादुर महरा र इन्द्रजित थारू आकांक्षी छन् । ८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदकोल समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका ९, जसपाका ३, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४÷४, जनमत पार्टीका २, कांग्रेसका २७, लोसपाका २, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक र तीन स्वतन्त्र सांसद छन् ।

    कर्णाली प्रदेश सरकारको नेतृत्वमा पनि माओवादी र एमाले दुवैैको दाबी छ । कर्णालीमा एमालेका यमलाल कँडेल र माओवादी केन्द्रका राजकुमार शर्मा संसदीय दलको नेता चयन भइसकेका छन् । कांग्रेसबाट जीवनबहादुर शाही संसदीय दलको नेता छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसदको समर्थन चाहिन्छ । प्रदेशसभामा माओवादीका १३, एमालेका १०, राप्रपा र नेकपा एकीकृत समाजवादीका एक÷एक, कांग्रेसका १४ र एक स्वतन्त्र सांसद छन् ।

    सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा माओवादी केन्द्रका खगराज भट्ट, ओमविक्रम भाट र एमालेका राजेन्द्रसिंह रावल, धर्मराज पाठक, चक्र मल्ल आकांक्षी छन् ।  नागरिकदैनिकबाट

  • मुख्यमन्त्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पोखराको विन्ध्यवासिनी मन्दिरमा असोज ६ गतेदेखि नवदुर्गा महोत्सव हुने

  • डुङ्गेश्वर गाउँपालिका लेखा अधिकृत १ लाख घुससहित नियन्त्रणमा

  • यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना

  • शेरबहादुर देउवाको गर्दनमा गम्भीर चोट, १२ टाँका लगाइयाे

  • समाचार
  • १

    पोखराको विन्ध्यवासिनी मन्दिरमा असोज ६ गतेदेखि नवदुर्गा महोत्सव हुने
    २०८२ आश्विन ४, शनिबार

  • २

    डुङ्गेश्वर गाउँपालिका लेखा अधिकृत १ लाख घुससहित नियन्त्रणमा
    २०८२ आश्विन ४, शनिबार

  • ३

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ आश्विन ४, शनिबार

  • ४

    शेरबहादुर देउवाको गर्दनमा गम्भीर चोट, १२ टाँका लगाइयाे
    २०८२ आश्विन ३, शुक्रबार

  • ५

    चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
    २०८२ आश्विन ३, शुक्रबार

  • ६

    भ्रष्टचार, कुशासन र मनपरीतन्त्रले सिमा नाघेपछि विस्फोट भयो: कमल थापा
    २०८२ आश्विन ३, शुक्रबार

  • ७

    आज विविध कार्यक्रम गरी संबिधान दिबस मनाईदै
    २०८२ आश्विन ३, शुक्रबार

  • ८

    आज यी चार प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन ३, शुक्रबार

  • ९

    नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने
    २०८२ आश्विन २, बिहिबार

  • १०

    तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका
    २०८२ आश्विन २, बिहिबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution