२०८३ कार्तिक २८, शनिबार



पछिल्लो समय पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बन्दै गएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुर्व्यसनी बढ्दै गएपछि स्थानीयमा चिन्ता बढेको हो । नारायणी नदीको दृश्यावलोकनका लागि मध्यविन्दु–३ स्थित नारायणी नदीकिनारलाई अन्यत्रबाट आउने व्यक्तिले लागुपदार्थ दुव्र्यसनीको अखडा जमाउँदै गएको स्थानीय भरत श्रेष्ठले बताए ।
गाउँ बाहिरका मानिस यहाँ आउने र नदी किनारमा सवारीसाधन पार्किङ गरी किनारमा रहेको खरको झाडीमा गएर गाँजालगायतका लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेको श्रेष्ठले बताए । स्थानीय कविता पौडेलले नदी किनारमा केटाकेटी लिएर जान पनि डर हुने गरेको गुनासो गरे ।
अन्यत्रबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिकका सामान नदी किनारमा छरपस्टै फालिएकाले नदी प्रदूषित बढेको छ । जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सदस्य राजु अर्यालले किशोरावस्थाका युवालाई दुर्व्यसनी मा नलाग्न गरिएको अनुरोध सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गरे ।
टाढाबाट आउने मानिस होटलमा भन्दा पनि खुला ठाउँमा बसेर दृश्यावलोकनमा रमाउने गरेको अर्यालले बताए । स्थानीय सरकारले नदी किनारलाई व्यवस्थित बनाउँदै सुन्दर पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्ने स्थानीय दीपक विकको भनाइ छ ।
नदीकिनारमा मादक पदार्थ तथा लागुपदार्थ सेवनमा रोक लगाउनुपर्ने, जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाउनुपर्ने र फोहर जम्मा पारेर राख्ने व्यवस्था गर्नुपर्ने विकले बताए ।रासस
फोहर व्यवस्थापन र लागुपदार्थको दुर्व्यसनीबाट नारायणी हाइटलाई मुक्त पार्न सके भविष्यमा यस स्थान बाह्य पर्यटकको गन्तव्य बन्न सक्ने बताइन्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे