२०८० चैत्र १६, शुक्रबार
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बिहीबार सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो । अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले रु. ८,४१,५४,७१,५७६.३० मा सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८ /७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँडमा लगायतका प्रतिवेदन पारित गरेको छ । साधारणसभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता समेत पारित गरेको छ ।
चालू आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्ब परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे