२०७९ चैत्र १५, बुधबार
एजेन्सी सान्टियागो, ९ माघ। वैज्ञानिकहरूले चिलीको पाटागोनियाको एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेषहरू फेला पारेको जनाएका छन् । युनिभर्सिटी अफ चिलि र युनिभर्सिटी अफ टेक्साससँगको सहकार्यमा चिलियन अन्टार्टिक इन्स्टिच्युट (इनाच)ले एक खोजका क्रममा ती अवशेषहरू फेला पारेका हुन् । सन् २०२१ मा फेला परेका र प्रयोगशालामा पठाइएका जीवाश्महरू यस क्षेत्रमा पहिले पहिचान नभएका प्रजाति भएको बताइएको छ ।
यी जीवाश्महरू अर्जेन्टिनाको सीमास्थित दक्षिणी चिलीको लास चिनस उपत्यकाको सेरो गुइडोमा फेला परेका थिए । फेला परेका जीवाश्मलाई अध्ययनका लागि प्रयोगशालामा लगिएको थियो ।
अनुसन्धानकर्ताहरूले दुई चरा प्रजातिका अवशेषहरू पनि फेला पारेका थिए । तीमध्ये एक इनानटिओरनाइथ र अर्को अर्को ओरनिथुरिनेइ हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे