२०७९ चैत्र १८, शनिबार
अंकारा, दमासकास । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।
दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ । बिहीबार बिहानसम्म टर्कीएमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीएको बिपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ ।
त्यस भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।
यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरु अस्पताल पुर्याइएको छ र अस्पतालमा नै मानिसहरुको निधन भएका समाचारहरु आइरहेका छन् ।
उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे