२०८२ अषाढ २९, आईतबार
kf]v/f, ! df3 M ljdfg leqsf ofq'sf] p2f/ ug]{ k|of; kf]v/fdf b'3{6gfu|:t olt Po/nfoG;sf] hxfh leqsf ofq' lgsfNg] k|of; ub}{ ;'/IffsdL{ . tl:a/M /flwsf s+8]n÷/f;;
सरकारद्वारा गठित विमान दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा सो विमान दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघिमात्र पाइलट अञ्जु खतिवडाको हातबाट प्रशिक्षकसमेत रहेका पाइलट कमल केसीले कमान्ड लिएको भनिएको छ ।
चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जानेगरी दुर्घटना भएको सो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा बिहान १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती नदीको खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्डअघि मात्र विमानका को–पाइलट खतिवडाको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले सो विमान कन्ट्रोलमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
यती विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन
त्यसबेला दुर्घटनामा परेको सो विमानमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ल्यान्डिङ गियर भने सामान्य तरिकाले नै खुलेको थियो । अवतरणका क्रममा पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेकी थिइन् । उनले विमानलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् । जसमा प्रशिक्षक पाइलट केसीले मोड्न अनुमति दिएका थिए ।
त्यतिबेला खतिवडाले विमान अझै तल लैजाने कि नलैजाने भनी सोध्दा केसीले त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए । तर, इन्जिनमा पावर नआएको थाहा पाएपछि अन्तिम क्षणमा खतिवडाले विमानको कमान्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
सो प्रतिवेदनमा भनिएको छ, ‘यो महत्वपूर्ण छ कि पाइलट खतिवडा (पीएफ) ले १० बजेर ५७ मिनेट १८ सेकेन्डमा विमानको कन्ट्रोल पाइलट केसी (पीएम) लाई हस्तान्तरण गरेकी थिइन् भने १० बजेर ५७ मिनेट २० सेकेन्डमा केसीले पनि इन्जिनबाट कुनै शक्ति नआएको बताएका थिए, त्यतिबेला विमान जमिनदेखि ३ सय ११ फिटमात्र माथि थियो ।’राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे