२०८२ बैशाख २९, सोमबार
ipo
कम्पनीको आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । तीमध्ये ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् ।
कम्पनीले फागुन २६ देखि ३० गतेसम्म जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासनका गरेको थियो ।
जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकेको छ । बाँकी ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेकोे हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे