• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
८

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
९

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
१०

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
११

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
१२

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार

रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव 

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र २८, मंगलबार

  • २२० पटक पढिएको
  • भैरहवा, २८ चैत । एचआईभी संक्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ ।

    राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुगमनबाट लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिममा संक्रमित पहिचान हुदा भेदभाव र लान्छनात्मक अवस्था रहेको, उपचार नगरी विभिन्न बहानामा रेफर गर्ने गरेको  र संक्रमितको उपचारको क्रममा स्वास्थ्य संस्थाबाट गोपनीयता भंग हुने गरेको देखिएको छ ।

    एचआईभी संक्रमितहरुको मानवअधिकार मध्ये बाँच्न पाउने अधिकार, भेदभावविरुद्धको अधिकार, महिलाहरुको मानव अधिकार, बालबालिकाको मानवअधिकार, विवाह गर्न पाउने अधिकार, गोपनीयताको अधिकारसँगै उपलबधता र पहुँचअनुसार रोकथाम, उपचार, हेरचाह र समर्थनमा पहुँचको मूल्याङ्कन, स्वीकार्यता र गुणस्तर सहितको उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार छ । संक्रमितहरुको स्वास्थ्य उपचारको लागि स्वास्थ्यकर्मी र संस्थाको व्यवहार ठिक नभएको पाइएको हो ।

    राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१÷२०२६ ले सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यसम्बन्धी परिणमहरुमा सुधार ल्याउने र असमानताहरुमा कमि ल्याउने लक्ष्य लिएको राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव बुद्ध नारायण साहनी केवटले जानकारी दिए ।

    रणनीति योजनाले २०२६ सम्म संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गरी आमाबाट बच्चामा एचआइभी संक्रमण निवारण गर्ने उद्देश्य रहेको उपसचिव केवटले जानकारी दिए ।

    नेपालमा सन् २०२०को तथ्याङक अनुसार ३० हजार ३०० जना अनुमानित संक्रमित रहेका छन्, जसमध्ये महिला ४० प्रतिशत रहेको छ । संक्रमित मध्ये पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा तेस्रो लिंगी ९ प्रतिशत, यौनकर्मीका ग्राहकहरु ९ प्रतिशत, पुरुष यौनकर्मी ३ प्रतिशत, सुईद्वारा लागुऔषध प्रयोग गर्ने व्यक्ति २ प्रतिशत र महिला यौनकर्मी २ प्रतिशत रहेको आयोगले जानकारी दिएको छ ।

     

    लुम्बिनी प्रदेशमा गरिएको अनुगमनबाट श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क राख्ने, जन्मिएको सन्ँतानमा संक्रमण सर्ने, लागु औषध सेवनबाट संक्रमण हुने गरेको छ ।

    लुम्बिनी प्रदेशको नारा समृद्ध प्रदेशका लागि स्वस्थ र खुशी नागरिक भएपनि प्रदेश स्वास्थ्य नीति २०७७ मा एचआईभीको कुरा नउठेको एचआइभी एड्स संक्रमित महासंघ लुम्बिनी प्रदेशको संयोजक अर्जुन ज्ञवालीले दाबी गरे । यस प्रदेशमा ४ हजार ५७१ जना संक्रमित भएपनि तिनीहरुलाई व्यवस्थित रुपमा स्वास्थ्य सेवा नभएको उनले भने ।

    भौतिक पूर्वाधार, शौचालय, खानेपानीसमेत नभएको ठाँउमा एआरटी सेन्टरहरु राखिएकोमा यस तर्फ सरकारको ध्यान पुग्न जरुरी रहेको बताए। रणनीति योजना उद्देश्य र लक्ष्य राखे पनि एचआईभी पनि दीर्घ रोग भएकोले यसको उपचारमा पनि सरकारले सहुलीयत प्रदान गर्नुपर्ने बताए । अस्पतालमा भेदभाव र व्यवहारमा परिवर्तन नआए निवारण गर्न नसकिने उनले जिकिर गरे ।

    पछिल्लो तीन वर्षमा एआईभी पोजिटिभको अवस्था लुम्बिनी प्रदेशमा बढदो छ । अन्य जिल्लाभन्दा रुपन्देही र बाँकेमा बढी मात्रामा एचाआईभी पोजिटिभका संक्रमितहरु छन् । आर्थिक वर्ष २०७८/७९मा रुपन्देहीमा १६७, बाकेमा १५७, कपिलवस्तुमा ६५, दाङमा ५८, पाल्पामा ५१,  नलपरासीमा ५१, बर्दियामा ३३, गुल्मीमा २९, प्युठानमा २९ अर्घाउखाचीमा १८, रोल्पामा १ जनामा संक्रमण रहेको छ । रुुकम पूर्वमा भने संक्रमित नरहेको आयोगले दिएको तथ्यांकमा उल्लेख छ ।

    आर्थिक वर्ष २०७६/७७मा ४८५ जनामा,  आर्थिक वर्ष २०७७÷७ ८ मा ४७३ जनामा एचआईभी पोजिटिभ देखिएकोमा आर्थिक वर्ष २०७८/७९मा संक्रमितको संख्या ६५९ ले बढेको छ । संक्रमितमध्ये एन्टीरेट्रो भाइरल उपचारपद्धति (एआरटी) लिने लुम्बिनी प्रदेशमा ४ हजार ३२५ जना छन् । न्यूज कारखानाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

  • प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन

  • शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला

  • उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन

  • समाचार
  • १

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    २०८२ अषाढ २९, आईतबार

  • २

    प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन
    २०८२ अषाढ २९, आईतबार

  • ३

    शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला
    २०८२ अषाढ २९, आईतबार

  • ४

    उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन
    २०८२ अषाढ २९, आईतबार

  • ५

    कहाँ पुग्यौ र खै? – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ६

    दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: २९ घाइते, ३ जना गम्भीर (नामावलीसहित)
    २०८२ अषाढ २९, आईतबार

  • ७

    “मुना मदनको सम्बन्ध विच्छेद” – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ८

    छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु
    २०८२ अषाढ २९, आईतबार

  • ९

    आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
    २०८२ अषाढ २९, आईतबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा भारी बर्षा हुने
    २०८२ अषाढ २९, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution