२०८२ मंसिर २०, शनिबार
सडक डिभिजन कार्यालय हेटौडाले शनिबार बिहानैदेखि बजार क्षेत्रमा डोजर चलाएर सडक क्षेत्रमा परेका संरचना भत्काएको हो ।



शुक्रबार सर्वोच्च अदालतले सडक विस्तार कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपनि सो आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानदेखिनै डोजर चलाइएको थियो ।
सडक डिभिजनले यसअघि सुचना प्रकाशित गरेर मङ्सिर १९ अर्थात शुक्रबारसम्म आ-आफ्नो संरचना हटाउन अल्टिमेटम दिएको थियो ।
हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिदै सडक डिभिजनले मंसिर २० देखि सडक विस्तारको काम शुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे