२०८२ अषाढ २९, आईतबार
सुडानमा बाँकी रहेका ११ जना नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको जनाएको छ।
कायरास्थित नेपाली दूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरबिया सरकारको सहयोगमा पानीजहाजबाट गत ३० अप्रिलमा जेद्दा सहर ल्याइएको थियो ।
जेद्दा पुगेका १९ जनामध्ये ६ जना नेपाली २ मेमा रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् । नेपाल फर्कन प्रतिक्षारत १३ जना नेपालीमध्ये आठ जनालाई एयर अरबियाको उडानबाट काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ ।राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे