२०८१ बैशाख २०, बिहिबार
गैँडाकोट । नवलपुरमा खोलामा डुवेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर घर भएका ३० वर्षका कृष्ण सुवेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
मध्यविन्दु नगरपालिका वडा नं. १४ बतासा स्थित अरुणखोलाको मुखेढुंगा पानीको रहमा पौडी खेल्ने क्रममा शिक्षक सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिनुभयो ।
मृतक सुवेदी मध्यविन्दु नगरपालिका वडा नं. १० मा रहेकाे जनता माध्यामिक विद्यालयका शिक्षक हुन् । अत्याधिक गर्मी भएपछि पौडी खेल्ने भन्दै उनि सहित स्कुलका सातजना शिक्षकहरु खोलामा गएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे