• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण १६, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
३

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
४

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
५

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
६

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
७

लक्जम्बर्ग पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने नवलपरासीका चौधरी पक्राउ

२०८२ अषाढ २२, आईतबार
८

चितवनको एकमात्र कन्या कलेज “मैयाँदेवी कन्या कलेज”मा कक्षा ११ मा भर्ना खुल्यो

२०८२ अषाढ २३, सोमबार
९

यमन नागरिकलाई टुक्रा पारेर ट्यांकीमा फाल्ने भारतीय नर्सलाई फाँसी दिईँदै

२०८२ अषाढ २५, बुधबार
१०

चितवनमा गोहीको आक्रमणबाट माछा मार्न गएका युवकको ज्यान गयो

२०८२ अषाढ २०, शुक्रबार
११

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

२०८२ अषाढ ३०, सोमबार
१२

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार

कागती खेतीमा रमाउँदै कावासोतीका किसान

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार

  • ३११ पटक पढिएको
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन्‌ ।

    १५ वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गरेका हुन्‌ । ‘अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ,’ लम्सालले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उनले अनुदानमा सुनकागती–१ का बिरुवा लगाएका हुन्‌ ।

    लम्सालले भने, ‘बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिकरुपमा कागती खेतीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।’ परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उनले बताए ।

    लम्सालका अनुसार कागती खेती लगाउन तथा हेरचाह गर्ने विषयमा पनि परियोजनाले  सहजीकरण गरिरहेको छ । ‘स्वदेशमा नै व्यवसाय गर्ने सोचलाई परियोजनाले साथ दियो,’ उनले भने, ‘अहिले १७ गट्ठा जग्गामा तीन सय सुनकागतीका बोट हुर्किंदैछन् ।’

    उक्त परियोजना सञ्चालन भएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान अहिले व्यावसायिकरुपमा कागतीखेतीमा आकर्षित भएका लम्सालको भनाइ छ । एकपटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्य हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागतीखेतीतर्फ आकर्षित भएका उनले बताए ।

    गोछडाटारकै ४८ वर्षीय प्रेमराज ढुङ्गानाले पनि अहिले धान बाली लगाउन छाडेर कागतीखेती सुरु गरेका छन्‌ । उनले परियोजनाको ५० प्रतिशत अनुदानमा १५० कागतीका बिरुवा रोपेर व्यावसायिकरुपा खेती सुरु गरेका हुन्‌ ।

    ‘सुनकागती–१ लगाएका कृषकको बारीमा अवलोकन जाँदा उत्पादन राम्रो भएको देखेर व्यावसायिकरुपमा कागतीखेती गर्ने सोच आयो,’ ढुङ्गानाले भने, ‘धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ । एकपटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ ।’

    जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालित सुन्तला र फलफूल कार्यक्रममा कृषक आकर्षित भएका छन् । यस परियोजना सञ्चालनमा आएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका परियोजनाले जनाएको छ ।

    परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माका अनुसार जिल्लामा यस वर्ष ५० नयाँ किसानले कागतीखेती सुरु गरेका छन् । परियोजनाले दिएको अनुदानमा सञ्चालित नर्सरीबाट तयार भएका २५ हजार सुन्तला र कागतीका बिरुवा यस वर्ष किसानलाई बिक्री गरिएको उनले जानकारी दिए ।

    आर्थिक वर्ष २०७५/७६ देखि गाउँपालिकामा बुलिङटार, बौदिकाली र हुप्सेकोटको वडा नं ५ तथा नगरपालिकामा गैँडाकोट–१८, देवचुली–६, मध्यविन्दु–८ र १५ मा ‘सुन्तला र फलफूल जोन कार्यक्रम’ सुरु भएको कृषि अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममार्फत खेतीका लागि क्षेत्र विस्तार र नर्सरी निर्माण भइरहेको छ ।

    ‘परियोजना सुरु हुनुपूर्व जिल्लामा तीन सय ३१ हेक्टरमा सुन्तला र कागतीको खेती हुँदै आएको थियो,’ कृषि अधिकृत शर्माले भने, ‘अहिले आठ सय १८ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।’ यस वर्ष मात्रै जिल्लामा सुन्तला र कागतीको खेती ६० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

    तुलनात्मकरुपमा क्षेत्रफल सुन्तलाको बढी भए पनि किसान कागतीखेतीतर्फ पनि आकर्षित हुँदै गएका उनको भनाइ थियो । शर्माले भने, ‘यस वर्ष ६० हेक्टरमध्ये ३३ हेक्टर क्षेत्रफलमा सुन्तला र २७ हेक्टरमा कागतीखेती विस्तार भएको छ भने ५० जना नयाँ किसान व्यावसायिक खेतीमा जोडिनुभएको छ ।’

    शर्माका अनुसार सुनकागतीका बिरुवा तापक्रम बढी भएका ठाउँमा छिटो बढ्ने भएकाले पछिल्लो समय तराईमा सुनकागती लगाउन किसान आकर्षित भएका हुन् । ‘यस वर्ष व्यक्तिगतरुपमा एक हजारसम्म बिरुवा लगाउने किसान छन्,’ उनले भने, ‘गैँडाकोट–१८ मा किसानले चक्लाबन्दी गरेर एउटै ब्लकमा १० हजार तीन सय बिरुवा लगाएका छन् ।’

    ‘पहिलो बालीले नै राम्रो उत्पादन दिन थालेपछि आयमूलक बालीका रुपमा किसानले कागती खेतीलाई लिएकाले साना किसान पनि यसतर्फ आकर्षित भएका हुन्,’ शर्माले भने, ‘सुन्तला र फलफूल जोन कार्यक्रममार्फत क्षेत्र विस्तार गरी नर्सरी निर्माण भइरहेको छ ।’

    नेवारवारी, राईकोट र रानीटारमा निर्माण गरिएका नर्सरीबाट प्रत्येक वर्ष ५० हजार बिरुवा तयार भइरहेको परियोजनाले जनाएको छ । यस वर्ष तयार भएका बिरुवामध्ये २५ हजार जिल्लाका  कृषकलाई र पाँच हजार डिभिजन वन कार्यालयलाई बिक्री गरिएको छ ।

    कृषि अधिकृत शर्माका अनुसार आगामी वर्षका लागि २० हजार ग्राफ्टेड र विजु बिरुवा जगेडा गरी राखिएका छन् । जिल्लामा ३३ कृषक समूह, पाँच कृषक सहकारी र ३० उद्यमी गरेर ६८ संस्था कागती खेतीमा आबद्ध छन् भने दुई हजार दुई सय ९७ धरधुरी यस खेतीमा संलग्न रहेका उनले जानकारी दिए ।

    परियोजनाले तरकारी खेतीका लागि क्षेत्र विस्तार गर्ने, सुन्तला र फलफूल बालीका लागि नर्सरी निर्माण, सिँचाइको व्यवस्था र मेसिनरी औचार वितरणलगायत सहयोग गर्दै आएको छ । ‘सिँचाइमा ८५, बीउ, बिरुवामा ५० र मेसिनरी औजारमा ८५ प्रतिशत अनुदान किसानलाई दिँदै आएका छौँ,’ कृषि अधिकृत शर्माले भने, ‘परियोजनाअन्तर्गत जिल्लामा अहिलेसम्म तरकारी, फलफूल र कागती खेतीमा गरी एक सय २१ समूह, ११ कृषक सहकारी, ८० उद्यमी आबद्ध छन भने छ हजार १८ घरधुरी संलग्न रहेका छन् ।’रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • फिल्म ‘मोहर’ को तेस्रो गीत “सपना हो कि विपना हो” सार्वजनिक

  • चितवनमा पछिल्लो पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

  • नवलपरासीमा बस दुर्घटना : एकको मृत्यु , १२ घाइते

  • कागतीले बजार नपाउँदा देवघाटका किसान निराश

  • समाचार
  • १

    फिल्म ‘मोहर’ को तेस्रो गीत “सपना हो कि विपना हो” सार्वजनिक
    २०८२ श्रावण १६, शुक्रबार

  • २

    चितवनमा पछिल्लो पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
    २०८२ श्रावण १६, शुक्रबार

  • ३

    नवलपरासीमा बस दुर्घटना : एकको मृत्यु , १२ घाइते
    २०८२ श्रावण १६, शुक्रबार

  • ४

    कागतीले बजार नपाउँदा देवघाटका किसान निराश
    २०८२ श्रावण १६, शुक्रबार

  • ५

    किड्नीमा पत्थरी देखिएपछि बागमती प्रदेश प्रमुख अस्पतालमा भर्ना
    २०८२ श्रावण १६, शुक्रबार

  • ६

    भेडी गोठाला भन्छन्– सरकारबाट केही पनि सहयोग पाइएन
    २०८२ श्रावण १६, शुक्रबार

  • ७

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    २०८२ श्रावण १६, शुक्रबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने
    २०८२ श्रावण १६, शुक्रबार

  • ९

    शुक्रबार कुन राशिका लागि शुभ? हेर्नुहोस् आजको राशिफल
    २०८२ श्रावण १६, शुक्रबार

  • १०

    एनपीएलको पहिलो संस्करणबाट क्यानले गर्‍यो २ करोड ४६ लाख आम्दानी
    २०८२ श्रावण १६, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution