• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ९, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
४

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
५

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
६

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
७

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
८

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
९

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
१०

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
११

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
१२

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद विस्तार, चार मन्त्रीको आजै शपथको तयारी

२०८२ कार्तिक ९, आईतबार

जिउँदो मान्छेको मरेको प्रमाणपत्र- भाइको करोडौंको अंश खान षड्यन्त्र गरेको खुलासा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र १, शुक्रबार

  • २३६ पटक पढिएको
  • बुटवल । भाइलाई जिउँदै मार्ने र भाइको अंश खाने गरी गरिएको रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ ले उपलब्ध गराएको मृत्यु प्रमाणपत्रको रहस्यपूर्ण खेल सार्वजनिक भएको छ । भाइलाई जिउँदै मार्ने आमालाई दोस्रो विवाह गरेको र श्रीमतीसहित २ सन्तानका बेदुराम कँडेलकोे विवाह नै नगरी मृत्यु भएको भनी किर्ते सरजमिन गराई करोडौं मूल्यको जग्गा कुम्लाउने खेलमा लागेका आफ्नै सहोदर दाजु इन्द्रकुमार कँडेल भने पक्राउ परेका छन् । जिउँदै मारिएका वेदुराम भने न्यायका लागि दौडधुपमा लागेका छन् ।

    तिलोत्तमा नगरपालिका–४ को पूर्ववर्ती वडा सरकारले वेदुराम कँडेललाई दाजु इन्द्रकुमारको सिफारिसमा मृत्यु प्रमाणित गरेको देखिन्छ । स्वर्गीय पिता बलिभद्र कँडेलको नामको जग्गामध्ये बलिभद्रका चार भाइ छोरा र श्रीमतीको नाममा अंश लगाइसकिएको थियो । त्यसमध्ये कान्छो छोरा वेदुरामबाहेकले अंश लिइसकेका थिए । वेदुराम भारतमा रोजगारीमा थिए । त्यही मौका छोपेर उनी हकदाबी गर्न आउनुपूर्व नै तिलोत्तमा–४ को तत्कालीन वडा सरकारले जीवित वेदुरामलाई मृत्यु भएको प्रमाणपत्र दिलाएको हो । २०७८ साल भदौ १५ गते योजनालाई सफल पार्न वडा कार्यालयले वेदुरामका सहोदर दाजु इन्द्रकुमारलाई सूचक बनाएर वेदुरामलाई मृत्यु भएको प्रमाण पत्र दिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    सो कार्यमा साक्षीको रूपमा सैनामैना नगरपालिकाका पूर्णचन्द्र बस्याल, रीमा बस्याल, अजयकुमार न्यौपाने र धनीश्वरा न्यौपाने रहेका छन् । गजबको कुरा त के छ भने जहाँ स्वर्गीय बलिभद्रको जमिन रहेको सोही स्थान वरिपरि कँडेल परिवारका थुपै्र दाजुभाइ बसोबास गर्छन् । उनीहरूलाई भने वडा कार्यालय सोधपुछ गर्ने चेष्टा नै नगरी उता सैनामैना नगरपालिका–१ रानिवगियाका ती चार जना साक्षीलाई विश्वास गरेको छ । उनीहरूमाथि पत्यार गर्नुको कारण हो इन्द्रकुमार सैनामैनामा बसोबास गर्छन् । यतिसम्म नौटङ्की गरिन्छ कि जीवित वेदुरामको काजकिरिया गरेको मञ्चन गर्न केस मण्डन गरेर इन्द्रकुमार वडा कार्यालयमा भाइको मृत्यु दर्ताको प्रमाणपत्र लिन आएको त्यस वडाका वडा सचिव काशीराज ज्ञवाली बताउनुहुन्छ ।

    नियमअनुसार सूचक आएकाले आफूहरूले विश्वास गरी दिएको र पछि उनै मृतक भनिएका वेदुराम वडा कार्यालयमा जीवित छु भन्दै आएपछि वडा कार्यालयले मृत्यु प्रमाणपत्र बदर र सूचकलाई कारबाहीका लागि नगरपालिका हुँदै जिल्ला प्रशासनमा सिफारिस गरिएकोे सचिव ज्ञवालीले स्पष्ट पार्नुभयोे ।

    अर्को गजबको कुरा जीवित वेदुरामलाई मृतक मात्रै बनाइएको छैन, तीन भाइ छोरासँगै रहेकी वृद्ध आमालाई दोस्रो विवाह गरी गएको भन्दै चरित्र हत्यासमेत गरिएको छ । उता वेदुराम श्रीमतीसहित २ सन्तानका बुवा बनिसकेकालाई विवाह नै नगरेको झुटो विवरण पेस गरिएको छ । यसले के पुष्टि गर्छ भने नियोजित रूपमा वेदुराम उनकी आमा, श्रीमती र छोराछोरीहरूलाई अंशविहिन पारेर उनको हकदावी लाग्ने ३ कठा क्षेत्रफलको ३ करोड बढी मूल्यको जमिन गिरोहले कुम्ल्याउन सफल भएको देखिन्छ । कानुनले किर्ते सूचक बनेका इन्द्रकुमार कँडेललाई पहिला छोप्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्ला प्रहरी कार्यालयलाई पक्राउका लागि पत्र पठाई निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसी श्यामु अर्याल बताउनुहुन्छ ।

    घटनाका सम्बन्धमा त्यस वडाका तत्कालिन वडाध्यक्ष दिवाकर ढकालले सैनामैना–१ का ५ जनालाई सरजिमिन गराउँदा वेदुरामको मृत्यु भएको भन्ने बुझिएपछि सोही आधारमा मृत्यु दर्ताको प्रमाणपत्र जारी गरिएको बताउनुहुन्छ । जबकि, वडा अध्यक्षको सिफारिसका आधारमा बलिभद्रको नाममा रहेको तिलोत्तमा ४ को कित्ता नम्बर ३८८ र २९४ कित्ता नम्बरबाट ३९८७ कित्ता नम्बरमा ७ धुर, ३८९३ कि. नं २ कट्टा १३ धुर कायम गरिएको देखिन्छ । त्यस्तै, कि नं ३८९३ बाट पुनः साढे ५ धुर जग्गा ४१४३ कित्ता नम्बरमा कित्ताकाट भई गएको मालपोत कार्यालयको विवरणमा देखिन्छ । किर्तेकाममा साक्षी बस्नेहरू र सरकारी वडावाट वास्तविकता नबुझी मृत्यु प्रमाणपत्र प्रदान गर्नेलाई कस्तो कारबाही होला सोचनीय विषय रहेको छ । नेपाल समाचारपत्रबाट

  • तिलोत्तमा नगरपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइदै

  • देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने

  • हेर्नुहोस् आज मंसिर ९ गते मंगलबारको दैनिक राशिफल

  • मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

  • समाचार
  • १

    आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइदै
    २०८२ मंसिर ९, मंगलबार

  • २

    देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने
    २०८२ मंसिर ९, मंगलबार

  • ३

    हेर्नुहोस् आज मंसिर ९ गते मंगलबारको दैनिक राशिफल
    २०८२ मंसिर ९, मंगलबार

  • ४

    मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
    २०८२ मंसिर ८, सोमबार

  • ५

    एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको लज्जास्पद हार
    २०८२ मंसिर ८, सोमबार

  • ६

    रास्वपाका काठमाडौँ जिल्ला सभापति बिष्टले फिर्ता लिए राजीनामा
    २०८२ मंसिर ८, सोमबार

  • ७

    पानीको बोतल एमआरपीभन्दा बढीमा नबेच्न होटल र रेष्टुरेन्टहरुलाई आग्रह
    २०८२ मंसिर ८, सोमबार

  • ८

    बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन
    २०८२ मंसिर ८, सोमबार

  • ९

    एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ भारतीय नागरिक पक्राउ
    २०८२ मंसिर ८, सोमबार

  • १०

    सिञ्जा गाउँपालिकाले ३ वर्षमा १७ किमी सडक निर्माण गर्‍यो
    २०८२ मंसिर ८, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution