२०८० आश्विन १२, शुक्रबार
गैँडाकोट । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको विनयी त्रिवेणी स्थित घ्यु खोलामा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । धनगढीबाट काठमाण्डौंका लागि छुटेको सु.प.प्र. ०१ –००१ख २९८६ नम्बरको बस ब्रेक फेल भएर सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले बताउनुभयो।
विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्ने स्थित घ्यु खोलामा आज बिहान तीन बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरा मुक्त रहेको उहाँको भनाई छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे