२०८१ जेष्ठ ५, शनिबार
गैँडाकोट । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको सरुवा भएको छ । २०७८ चैत्र ७ गतेदेखि गैँडाकोट नगरपालिकामा प्रमुख प्रशाकीय अधिकृतको रुपमा कार्यरत रिजालको गृहमन्त्रालयमा सरुवा भएको हो । उहाँलाई नगरपालिकाले मंगलबार एक कार्यक्रमका बिच बिदाई तथा फेरि भेटौँला कार्यक्रम राखेको नगरपालिकाले बताएको छ।
रिजालको सरुवा भएसँगै गैँडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा झविन्द्र खनाल आउनुहुने नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले बताउनुभयो। अर्घाखाँचीको शितगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहनुभएका खनाल गैँडाकोट आउन लागेको नगरपालिकाले बताएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे