२०८२ जेष्ठ १६, शुक्रबार
बिमानिस्थलमा बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान अनुमति पाएपनि शुक्रबार मात्रै उडान भएको थियो । तर मौसम खराबीको कारण सोही उडान पनि दुई महिनादेखि बन्द छ । बिमानिस्थलमा पछिल्लो पटक काठमाडौबाट रेसुङ्गाका लागि असार ६ गते उडान भएपनि तर खराब मौसमका कारण जहाज बीच बाटोबाटै काठमाडौ फर्किएको थियो । त्यसपछि भने कुनै उडान भएको छैन ।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः४५ बजे उडान गर्ने समय तालिका रहेको छ । तर उडान गर्ने बिहानी समयमा विमानस्थलमा बादल लागेका कारण उडानमा समस्या भएको विमानस्थलका वरिष्ठ अधिकृत अस्मिता बस्नेतले बताइन् ।
भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम खराब कारण उडान गर्न समस्या हुँदै आएको उनको भनाइ छ । रेसुङ्गा विमानस्थलमा बिहानी समय मात्रै उडानको लागि उपयुक्त छ । दिउँसमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे