२०८१ बैशाख ३०, आईतबार
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै सार्वजनिक गरेको ‘Wicket to Win’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ ।
भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे मार्फत गर्दा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने सकिने योजना ल्याएको कम्पनीले जनाएको छ ।
सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘WATER’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘INTERNET’ प्रोमो कोड राख्नु पर्ने छ।
अफर अन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ । ‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास(लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे