• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ४, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
४

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
५

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
६

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
७

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
८

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
९

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
१०

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
११

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
१२

अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

२०८३ आश्विन ४, आईतबार

लोकसेवा तयारी: समसामयिक बिषयगत प्रश्नोत्तर – भाग २०

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र २७, बुधबार

  • ४०८ पटक पढिएको
  • १.  सर्वोच्च लेखापरीक्षण संस्था भनेको के हो ? विश्वमा प्रचलित सर्वोच्च लेखापरीक्षण संस्थाका मोडेल चर्चा गर्दै नेपालमा महालेखापरीक्षक र संसद्बिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।

     कुनै पनि मुलुकको सरकारी आय र व्ययको परीक्षण गर्ने सर्वोच्च संस्थालाई सर्वोच्च लेखापरीक्षण संस्था भनिन्छ । यसलाई महालेखापरीक्षक, लेखापरीक्षण बोर्ड वा लेखापरीक्षण अदालतका नामले समेत चिनिन्छ । सरकारी आय र व्ययको परीक्षण गरी प्रतिवेदन गर्न सरकार मातहतमा आन्तरिक लेखापरीक्षक रहने भए पनि सर्वोच्च लेखापरीक्षक संस्थाको परीक्षण नै अन्तिम मानिन्छ । सरकारी आय र व्ययको स्वच्छ र निष्पक्ष परीक्षणका लागि यो संस्थाले सरकारभन्दा बाहिर रही स्वतन्त्र ढङ्गले कार्यसम्पादन गर्नुपर्ने मान्यता रहिआएको छ ।

    सर्वोच्च लेखापरीक्षण संस्थाका प्रचलित मोडेल

    सर्वोच्च लेखापरीक्षण संस्थाको संरचना, जवाफदेहिता, प्रतिवेदन गर्ने निकाय, संसद्सँगको सम्बन्ध आदिका आधारमा संसारमा प्रचलित मोडेल मूलतः निम्न तीन प्रकारका छन् :

    क)संसदीय मोडेल

    – संसदीय प्रव्रिmयाबाट हटाउन सकिने शक्तिशाली एकल महालेखापरीक्षक रहने,

    – सम्पूर्ण अधिकार, जिम्मेवारी, जवाफदेहिता महालेखापरीक्षकमा केन्द्रित रहने,

    – संसद्को सहयोगीका रूपमा रही सरकारले गरेको खर्च परीक्षणको वार्षिक प्रतिवेदन संसद्मा पेस गर्ने,

    – संसद्प्रति जवाफदेही रहने, कार्यकारीलाई सिधै सिफारिस गर्न नसक्ने,

    – एङ्गलो स्याक्सन मुलुकहरू; कमनवेल्थ मुलुकहरू; आयरल्यान्ड र डेनमार्क जस्ता युरोपियन मुलुक र पेरु, चिली, मेक्सिको जस्ता ल्याटिन अमेरिकी मुलुकमा यस्तो मोडेल प्रचलित रहेको ।

    ख)न्यायिक मोडेल

    – सर्वोच्च लेखापरीक्षक संस्था न्यायिक निकायको अङ्गका रूपमा रहने र न्यायाधीशहरू नै यसका सदस्यहरू रहने,

    – सरकारी खर्च गर्ने पदाधिकारीलाई व्यक्तिगत रूपमा गैरकानुनी खर्चका लागि जवाफदेही बनाउने (जरिबाना तिराउने वा जिम्मेवारीबाट हटाउने) न्यायिक अधिकार प्राप्त,

    – संसद्सँगको सम्बन्ध सीमित रहने, आफैँले लेखापरीक्षण प्रतिवेदनउपर कारबाही गर्ने अधिकार राख्ने,

    – फ्रान्स, इटाली, स्पेन, पोर्चुगल जस्ता युरोपियन मुलुक; ब्राजिल, एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकन मुलुक र फ्रान्कोफोन अफ्रिकन र एसियाली मुलुकमा यस्तो मोडेल रहेको ।

    ग)बोर्ड मोडेल

    – सर्वोच्च लेखापरीक्षण संस्थामा धेरै सदस्य रहेको सञ्चालक समिति रहने,

    – बोर्डमा न्यायिक अधिकार नहुने,

    – विभिन्न प्राविधिक विषयका विशेषज्ञ रहने हुनाले सबैको राय समेटिने,

    – बोर्डले संसद्समक्ष प्रतिवेदन पेस गर्ने,

    – संसद्सँगको सम्बन्धका आधारमा संसदीय मोडेल जस्तो र धेरै सदस्यको समिति रहने आधारमा न्यायिक मोडेलसँग मिल्दा गुण पाइने,

    – जापान, कोरिया, इन्डोनेसिया जस्ता एसियन मुलुक; स्विडेन, जर्मनी जस्ता युरोपियन मुलुक र अर्जेन्टिना, निकारागुवा जस्ता ल्याटिन अमेरिकी मुलुकमा यस्तो मोडेल प्रचलनमा रहेको ।

    – नेपालमा महालेखापरीक्षक र संसद्बिचको अन्तरसम्बन्ध

    – महालेखापरीक्षकको नियुक्ति प्रव्रिmयामा संसदीय सुनुवाइमार्फत संसद्को भूमिका महìवपूर्ण रहने,

    – महालेखापरीक्षकको पारिश्रमिक र सेवाको सर्तसहितको सङ्घीय कानुन संसद्बाट जारी हुने,

    – महालेखापरीक्षकको काम, कारबाही र कार्यप्रव्रिmयासम्बन्धी विषयलाई सङ्घीय संसद्ले कानुनद्वारा व्यवस्थित गर्ने,

    – महालेखापरीक्षक सङ्घीय संसद्प्रति जवाफदेही र उत्तरदायी रहनुपर्ने,

    – महालेखापरीक्षकउपर सङ्घीय संसद्बाट महाभियोग प्रस्ताव पारित भई पदमुक्त हुन सक्ने,

    – महालेखापरीक्षकले राष्ट्रप्रमुखसमक्ष पेस गरेको वार्षिक प्रतिवेदन सरकारप्रमुखमार्फत सङ्घीय संसद्मा पेस हुने,

    – प्रदेश प्रमुखसमक्ष पेस भएको प्रदेशको कामकारबाहीको वार्षिक प्रतिवेदन प्रदेश मुख्यमन्त्रीमार्फत प्रदेश सभामा पेस हुने,

    – सङ्घीय संसद्ले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र अन्य कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी निर्देशन वा रायसल्लाह दिन सक्ने,

    – महालेखापरीक्षकको वार्षिक प्रतिवेदनउपर छलफलका लागि प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति रहने र समितिमा छलफलका लागि महालेखापरीक्षकलाई आमन्त्रण गर्न सक्ने,

    – सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी नीतिगत छलफल र कानुन निर्माणका सम्बन्धमा महालेखापरीक्षकले विज्ञ सल्लाह र सुझाव दिन सक्ने,

    – अन्त्यमा सर्वोच्च लेखापरीक्षण संस्थाका रूपमा नेपालमा महालेखापरीक्षकको संवैधानिक व्यवस्था गरिएको छ । संसदीय मोडेल निकट रहेको नेपालको महालेखापरीक्षकले तीनै तहका सरकारको सरकारी बजेटको कार्यान्वयन अवस्था परीक्षण गरी वित्तीय उत्तरदायित्व सुनिश्चित गर्न महìवपूर्ण योगदान गर्दछ ।

    २. एकल कर प्रशासन अन्तर्गत सङ्कलन तथा बाँडफाँट हुने कर उल्लेख गर्दै नेपालको सङ्घीय शासन प्रणालीमा सवारीसाधन कर सङ्कलन तथा बाँडफाँटसम्बन्धी कानुनी व्यवस्था कस्तो रहेको छ ? जानकारी प्रस्तुत गर्नुहोस् ।

     प्रदेश तथा स्थानीय तह दुवैको एकल अधिकारको सूचीमा रहेका करको प्रशासनमा कुनै एक तहको सरकारको भूमिका रहने प्रशासकीय प्रबन्ध नै एकल कर प्रशासन हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम एकल कर प्रशासन अन्तर्गत प्रशासन हुने कर निम्न छन् ः

    क)सवारीसाधन कर : करको दर तोक्ने र सङ्कलन गर्ने दुवै काम प्रदेशले गर्ने ।

    ख)घर जग्गा रजिस्ट्रेसन शुल्क : शुल्कको दर प्रदेशले तोक्ने र गाउँपालिका वा नगरपालिकाले सङ्कलन गर्ने,

    ग)मनोरञ्जन कर : करको दर प्रदेशले तोक्ने र गाउँपालिका वा नगरपालिकाले सङ्कलन गर्ने,

    घ)विज्ञापन कर : करको दर तोक्ने र सङ्कलन गर्ने दुवै काम गाउँपालिका वा नगरपालिकाले गर्ने,

    सवारीसाधन कर सङ्कलन तथा बाँडफाँटसम्बन्धी व्यवस्था

    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ मा उल्लेख भएबमोजिम सवारीसाधन कर सङ्कलन र बाँडफाँटसम्बन्धी व्यवस्था यस प्रकार छ :

    – सवारीसाधन करको दर निर्धारण र सङ्कलन प्रदेश सरकारले गर्ने,

    – वार्षिक रूपमा प्रदेश आर्थिक ऐनबाट करको दर निर्धारण हुने,

    – सवारीसाधन कर प्रदेशले सङ्कलन गरी प्रदेश विभाज्य कोषमा जम्मा गर्ने,

    – प्रदेश विभाज्य कोषको रकमबाट ६० प्रतिशत प्रदेश सरकारलाई र ४० प्रतिशत प्रदेश अन्तर्गतका स्थानीय तहलाई बाँडफाँट हुने,

    – प्रदेश विभाज्य कोषबाट प्रदेश सरकारले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्ने,

    – प्रदेश विभाज्य कोषबाट स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले स्थानीय विभाज्य कोषमा जम्मा गर्ने,

    – स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम वार्षिक रूपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गर्ने हिस्साबमोजिम स्थानीय तहलाई बाँडफाँट गर्ने,

    – प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम मासिक रूपमा प्रदेश सरकारले स्थानीय सञ्चित कोषमा जम्मा गर्ने,

    – यसरी बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान हुने ।

    – अन्त्यमा सङ्घीय व्यवस्थामा दोहोरो क्षेत्राधिकार अन्तर्गतका करको सङ्कलन लागत र कर सहभागिता लागत न्यूनीकरण गरी कर प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न एकल कर प्रशासनको अवधारणा कार्यान्वयनमा छ । विद्यमान कानुनी व्यवस्थाको कडाइका साथ पालना गर्दै यसको कार्यान्वयनमा देखिएका व्यावहारिक कमीकमजोरीहरू न्यूनीकरण गर्दै जानु पर्दछ ।

    ३. भूउपयोग योजना भनेको के हो ? भूमिको समुचित उपयोग र व्यवस्थापनमा स्थानीय तहको भूमिका उल्लेख गर्नुहोस् ।

     भूमिको प्रभावकारी व्यवस्थापन गरी दिगो रूपमा अधिकतम लाभ लिन तयार गरिएको भूमि उपयोगसम्बन्धी दीर्घकालीन योजनालाई भूउपयोग योजना भनिन्छ । यस्तो योजना निर्माण गर्दा भूमिको वस्तुस्थिति, जनसङ्ख्या वृद्धिदर, खाद्य तथा आवासको आवश्यकता, आर्थिक तथा पूर्वाधार विकासका लागि भूमिको मागमा हुने वृद्धिलगायतका विषयको गहन अध्ययन गरिन्छ । स्थानीय तहले सङ्घीय एवं प्रादेशिक नीति तथा योजनाको अधीनमा रही स्थानीय भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयन गर्न सक्दछन् ।

    भूमिको समुचित उपयोग र व्यवस्थापनमा स्थानीय तहको भूमिका निम्न अनुसार रहन्छ ः

    – स्थानीय तहमा भूउपयोग योजना तयार गर्ने,

    – भूउपयोग योजना कार्यान्वयनका लागि मापदण्ड र प्रव्रिmया निर्धारण गर्ने,

    – आवश्यकता अनुसार भूउपयोग उपक्षेत्र वर्गीकरण गर्ने, भूउपयोग क्षेत्र वर्गीकरणको सूचना आमसर्वसाधारणको पहुँचमा पु¥याउन प्रचारप्रसार गर्ने,

    – भूमिसम्बन्धी लगत सङ्कलन, विश्लेषण र उपयोग गर्ने,

    – आफ्नो क्षेत्रभित्रको भूउपयोग नक्सा अध्यावधिक गर्ने,

    – भूउपयोग योजना कार्यान्वयनको अनुगमन गर्ने,

    – भूउपयोग क्षेत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा स्पष्ट आधार र कारणसहित सिफारिस गर्ने,

    – भूउपयोग योजनामा तोकिएभन्दा फरक ढङ्गले भूमिको उपयोग गरेमा कारबाही गर्ने,

    – भूउपयोगमा उल्लेखनीय योगदान गर्ने व्यक्ति, परिवार वा संस्थालाई पुरस्कृत र प्रोत्साहित गर्ने,

    – भूमिको संरक्षण र दिगो उपयोगका लागि सचेतना अभिवृद्धि गर्ने,

    – कृषियोग्य जमिन बाँझो नराख्न अभिप्रेरित गर्ने,

    – आफ्नो तहको भूउपयोगसम्बन्धी नीतिहरू तर्जुमा गर्ने,

    – भूउपयोगसम्बन्धी सङ्घीय र प्रादेशिक नीतिहरूको कार्यान्वयन गर्ने गराउने ।

    – अन्त्यमा भूमिको सीमित उपलब्धता र बढ्दो मागबिच तालमेल मिलाउन भूउपयोग योजना कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि स्थानीयवासीको सहयोग र स्थानीय तहको सव्रिmयता आवश्यक पर्दछ ।

    ४. कार्य विवरण भनेको के हो ? निजामती कर्मचारीको कार्यविवरणलाई निजामती सेवा ऐन र नियमावलीबाट के कसरी निर्देशित गरिएको छ ? उल्लेख गर्नुहोस् ।

     कर्मचारीले सम्पादन गर्नुपर्ने काम, प्रयोग गर्न सक्ने अधिकार, निर्वाह गर्नुपर्ने कर्तव्य, जिम्मेवारी तथा उत्तरदायित्व सम्बन्धमा स्पष्ट रूपमा किटान गरी कर्मचारीलाई प्रदान गरिने विवरणपत्रलाई कार्य विवरण भनिन्छ । सङ्गठनको स्वीकृत कार्य विवरणका आधारमा निजामती सेवाका विभिन्न पदले सम्पादन गर्ने कार्य पहिचान गरी प्रत्येक कर्मचारीको कार्यविवरण तयार गरी पदस्थापनासँगै प्रदान गर्नुपर्ने मान्यता रहिआएको छ । निजामती सेवा ऐन र नियमावलीले कर्मचारीको कार्य विवरणलाई देहायबमोजिम निर्देशित गरेको पाइन्छ ।

    – सरकारले स्वीकृत गरेको सङ्गठनको कार्य विवरणको आधारमा सम्बन्धित सचिव, विभागीय प्रमुख तथा कार्यालय प्रमुखले प्रत्येक निजामती पदको कार्यविवरण तयार गरी लागु गर्नुपर्ने,

    – कर्मचारीको पदस्थापन पत्रसँगै यस्तो कार्यविवरण र कार्यविवरण अनुसारको कामको मूल्याङ्कन गर्ने सूचकाङ्कसमेत उपलब्ध गराउनुपर्ने ।

    – तोकिएको ढाँचाको कार्यविवरण सम्बन्धित सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखले लागु गरी त्यसको एकप्रति सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने,

    – तोकिएका पदको कार्यविवरण तोकिएका पदाधिकारीहरूले स्वीकृत गर्ने व्यवस्था कार्यान्वयन गर्ने, जस्तै ः मुख्य सचिवको नेपाल सरकारले; सचिव वा सोसरहको पदको मुख्य सचिवले; मन्त्रालय, सचिवालय, आयोग वा केन्द्रीयस्तरका निकायका कर्मचारी वा विभागीय प्रमुखको सम्बन्धित

    सचिवले आदि ।

    – नियमावली प्रारम्भ भएको छ महिनाभित्र सम्बन्धित पदाधिकारीले कार्यविवरण स्वीकृत गरी लागु गरिसक्नुपर्ने,

    – कार्यविवरणमा मूल्याङ्कन गर्न सकिने वस्तुगत आधार र सूचकाङ्क तोक्ने,

    – कार्यविवरण लागु भए नभएको अनुगमन गर्ने,

    – कार्यविवरण लागु नगर्ने सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई अख्तियारवालाले सचेत गराउने तथा विभागीय कारबाहीसम्म गर्न सक्ने,

    – कार्यविवरणमा उल्लेख भएका सूचकाङ्कको कार्यप्रगतिको आधारमा सुपरिवेक्षकले कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्ने,

    – राजपत्राङ्कित कर्मचारीले आफ्नो पदको कार्यविवरणका आधारमा आफूले गर्ने कामको वार्षिक कार्ययोजना बनाई पहिलो चौमासिकभित्र कार्यालय प्रमुखबाट स्वीकृत गराई सो अनुसार

    कार्यसम्पादन गर्ने ।

    – अन्त्यमा कार्यविवरण कर्मचारीले निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारीको विवरण पनि हो । कार्यविवरण तयार गरी लागु गर्ने सम्बन्धमा प्रशासनिक नेतृत्वलाई जिम्मेवार र जवाफदेही बनाइएको छ । कार्यविवरणको व्यावहारिक कार्यान्वयन कमजोर रहेको वर्तमान सन्दर्भमा नेतृत्व परीक्षण तथा कार्यसम्पादन मूल्याङ्कन गर्दा यसतर्फ ध्यान जान जरुरी छ ।

    ५. गाउँपालिका तथा नगरपालिकाबाट नगर प्रहरी परिचालन गर्न सकिने क्षेत्रहरू उल्लेख गर्नुहोस् ।

     नगर प्रहरीसम्बन्धी विषय गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार अन्तर्गत पर्दछ । गाउँपालिका तथा नगरपालिकाले आफ्नो स्रोतको अवस्था हेरी नगर प्रहरीको व्यवस्था गर्न सक्दछन् । नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन र नियमनका लागि नीति, कानुन र मापदण्डको निर्माण एवं कार्यान्वयनमा गाउँपालिका तथा नगरपालिका स्वतन्त्र रहँदै आएका छन् ।

    नगर प्रहरी परिचालनका क्षेत्र

    गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरीलाई निम्नानुसारका कार्यमा परिचालन गर्न सक्दछन् ः

    – आफ्नो नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्न, आफ्नो अधिकार क्षेत्रभित्र रहेका सम्पत्तिको सुरक्षा र संरक्षण गर्न,

    – स्थानीयस्तरमा हुने सभा, समारोह, परम्परा तथा जात्रा, चाडपर्वमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्न,

    – स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्न,

    – गाउँ वा नगर सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन गर्न,

    – न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन गर्न,

    – सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्न,

    – विपत् व्यवस्थापनसम्बन्धी खोज, उद्धार, राहत तथा पुनस्र्थापना गर्न,

    – अनधिकृत विज्ञापन तथा होर्डिङ बोर्ड नियन्त्रण गर्न,

    – छाडा पशु चौपायाको नियन्त्रण गर्न,

    – अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिव्रmमण रोकथाम तथा नियन्त्रण गर्न,

    – कार्यपालिकाले तोकेका अन्य कार्य गर्न ।

    – अन्त्यमा एकल अधिकारको विषयमा कानुन निर्माण गरी कार्यान्वयन गर्ने अधिकार स्थानीय तहमा निहित छ । स्थानीय सरकार सञ्चालन ऐनले तोकेका उल्लिखित कामबाहेक गाउँपालिका तथा नगरपालिकाको नगर प्रहरी गठन तथा सञ्चालनसम्बन्धी कानुनले तोकेका अन्य कार्यसमेत नगर प्रहरीबाट सम्पादन हुँदै आएको पाइन्छ ।

    प्रस्तुतकर्ता : अर्जुन शर्मा/गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिषयगत सम्बन्धि थप
  • गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने

  • दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

  • पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने

  • समाचार
  • १

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ४, मंगलबार

  • २

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • ३

    पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
    २०८३ कार्तिक ३, सोमबार

  • ४

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८३ कार्तिक ३, सोमबार

  • ५

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • ६

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • ७

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ९

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • १०

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution