• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १५, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
१०

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
११

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

चितवन राष्ट्रिय निकुञ्जलाई आम्दानीको २१ प्रतिशत मात्र बजेट

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र २९, शुक्रबार

  • १८८ पटक पढिएको
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा आम्दानीको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रका लागि खर्च गर्नुपर्ने व्यवस्था छ तर चितवन राष्ट्रिय निकुञ्जमा यस पटक सो व्यवस्थाभन्दा पनि न्यून बजेट आएको छ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा आम्दानीको २१ प्रतिशत मात्र बजेट आएको हो।

    ‘विगतमा मध्यवर्ती क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न आम्दानीको ५० प्रतिशतसम्म बजेट आउँथ्यो,’ सूचना अधिकारी तिवारीले भने, ‘गत वर्ष ३० प्रतिशत आयो।चालु आवमा अझ घटेर २१ प्रतिशतमा झर्यो ।’ उनका अनुसार चालु आवमा ६ करोड ३० लाख रूपैयाँ मात्र बजेट आएको हो।‘चितवन राष्ट्रिय निकुञ्जले गत आव २०७९/८० मा २९ करोड ९२ लाख रूपैयाँ आम्दानी गरेको थियो।त्यसअनुसार कम्तीमा पनि १३ करोड रूपैयाँ बजेट आउनुपर्ने थियो,’ तिवारीले भने, ‘चितवन राष्ट्रिय निकुञ्जजस्तो ठुलो ठाउँमा साह्रै थोरै बजेट हो ।’

    आव २०७८/७९ मा निकुञ्जले ११ करोड ४९ लाख रूपैयाँ मात्र आम्दानी गरेको थियो।त्यसअनुसार निकुञ्जमा आउने रकम पनि घटेर ३ करोड ४४ लाख ४७ हजार रूपैयाँ थियो।अहिले ऐनको व्यवस्थाअनुसार बजेट नहुँदा मध्यवर्ती क्षेत्रको विकास निर्माण र संरक्षणमा असर पर्ने उनको तर्क छ।

    मध्यवर्ती क्षेत्रमा आएको रकममध्ये ३० प्रतिशत सामुदायिक विकास, ३० प्रतिशत संरक्षण, २० प्रतिशत आयआर्जन, १० प्रतिशत संरक्षण शिक्षा र १० प्रतिशत रकम प्रशासनिक क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था छ।सो रकमबाट निकुञ्जले मध्यवर्ती क्षेत्रमा मेसजालीसहित पर्खालदेखि संरक्षणसम्बन्धी जनचेतनामूलक काममा लगानी गर्दै आएको छ।ऐनमा भएको रकम नआउँदा संरक्षणको काम गर्न कठिन हुने चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगाना बताउँछन्।

    मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रमअन्तर्गत ठाउँठाउँमा तारबार, पर्खाल, ट्रेन्चलाइन निर्माण भएका छन्।‘वन्यजन्तुबाट हुने नोक्सानीलाई कम गरिएको छ,’ उनले भने, ‘रकम घटेर आउँदा यस्ता कार्यक्रम अगाडि बढाउन सकिँदैन ।’ निकुञ्जले मध्यवर्ती व्यवस्थापन कार्यक्रममार्फत विद्यार्थीलाई छात्रवृत्ति, सडक निर्माण, नेचर गाइड तालिम, बाख्रा वितरणलगायत आयआर्जनका काम गर्दै आएको छ।मध्यवर्ती क्षेत्रमा गरिएको वन व्यवस्थापनका कारण निकुञ्जभित्र हुने अनियन्त्रित चरिचरन तथा रुख कटानीमा स्वतः कमी आएको उनले बताए।उनका अनुसार बजेट कम हुँदा वन्यजन्तु संरक्षणमा समेत कठिनाइ हुने भएको छ।

    ‘साउनदेखि अहिलेसम्म ७ वटा बाघ नियन्त्रणमा लिएका छौं।कुनैलाई नियन्त्रणमा लिन २३ दिनसम्म लागेको छ,’ उनले भने, ‘व्यवस्थापनको काम मध्यवर्ती कार्यक्रममार्फत नै गर्नुपर्छ।त्यो रकमले पुग्दैन।बाघलाई डार्क गर्ने औषधि मात्र निकुञ्ज विभागबाट आउने गर्छ।दुई महिनामा वन्यजन्तुको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ।उनीहरूलाई राहत पनि निकुञ्जले दिँदै आएको छ ।’

    मध्यवर्ती क्षेत्रको वनको हैसियतमा सुधार आएसँगै त्यस वनलाई वन्यजन्तुले विस्तारित वासस्थानका रूपमा प्रयोग गर्दै आएका छन्।मध्यवर्ती क्षेत्रको वनमा वन्यजन्तुको संख्यामा वृद्धि भएसँगै पर्यापर्यटनका गतिविधि सञ्चालन गरेर स्थानीय लाभान्वित भएको पाइन्छ।२०५३ मा निकुञ्ज वरपरको ७५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो।हाल सो क्षेत्रमा संरक्षण र विकासका विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्।तर बजेट कटौतीले धेरै कार्यक्रम रोकिने सम्भावना रहेको अध्यक्ष ढुंगाना बताउँछन् ।  यो समाचार नागरिक  दैनिकका लागि बसन्त ढुंगानाले लेखेका हुन्।

  • चितवन राष्ट्रिय निकुञ्ज
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • म्याग्दीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

  • बास्कोटाको ओलीप्रति कटाक्ष: फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात

  • जोमसोम–कागबेनी सडक एकतर्फी खुल्यो

  • देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने

  • समाचार
  • १

    म्याग्दीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार
    २०८२ कार्तिक १५, शनिबार

  • २

    बास्कोटाको ओलीप्रति कटाक्ष: फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात
    २०८२ कार्तिक १५, शनिबार

  • ३

    जोमसोम–कागबेनी सडक एकतर्फी खुल्यो
    २०८२ कार्तिक १५, शनिबार

  • ४

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८२ कार्तिक १५, शनिबार

  • ५

    आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
    २०८२ कार्तिक १५, शनिबार

  • ६

    बन्चरेडाँडा अवरोधका कारण फोहोर घरकै कम्पाउण्डभित्रै राख्न महानगरको आग्रह
    २०८२ कार्तिक १४, शुक्रबार

  • ७

    ओली र लेखकसहितको राहदानी रोक्कामा सर्वोच्चबाट लिखित जवाफ माग
    २०८२ कार्तिक १४, शुक्रबार

  • ८

    बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु
    २०८२ कार्तिक १४, शुक्रबार

  • ९

    “नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने
    २०८२ कार्तिक १४, शुक्रबार

  • १०

    पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु
    २०८२ कार्तिक १४, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution