२०८१ बैशाख २३, आईतबार
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। आइतबार साँझ भएको उक्त सहमतिसँगै चिकित्सिकहरूले थालेको आन्दोलन स्थगित भएको छ।
हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर प्रदर्शन गरेका थिए।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता समिति बनाएको थियो।
सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने, उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउनेलगायत बुँदामा सहमति भएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे