२०८० आश्विन १२, शुक्रबार
गैँडाकोट । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर गैँडाकोटमा एकैघरका २ बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमालको नदीमा डुवेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार एकैघरका दुवै दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउसो पौने ३ वजे नदीमा डुवेर बेपत्ता भएका थिए ।
प्रहरी निरिक्षक हस्त बहादुर सुनारले पौडी खेल्ने क्रममा बेपत्ता भएकै स्थानबाट दाजुभाइलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा १४ वर्षका सविनलाई दिउसो ३ :२० बजे र ९ वर्षका संगमको दिउसो ३ः ५० वजे अस्पतालले मृत घोषणा गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे