२०८१ बैशाख १६, आईतबार
नवलपुर अनलाइन। गैंडाकोट नगरपालिका वडा नं ४ को कार्यालय आफ्नै भवनमा सरेको छ । यसअघि नगरपालिका परिसरबाटै सेवा प्रदान गर्दै आईरहेको वडा नं ४ को कार्यालय आजदेखी आफ्नै भवनमा सरेको हो ।
गैंडाकोट वडा नं. ४ स्थित गैंडाकोट पम्पिङ्ग स्किम खानेपानीको छेवैमा रहेको नवनिर्मित सुबिधासम्पन्न भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम तय गरिएको वडा नं. ४ का वडाध्यक्ष तेज प्रसाद घिमिरेले नवलपुर अनलाइनलाई बताउनुभयो।
नगरप्रमुख मदन भक्त अधिकारीले आज नवनिर्मित भवनको उद्घाटन गरेसँगै नव निर्मित भवनबाट सेवा उपलब्ध गराईने घिमिरेले बताउनुभयो। बिहान १० बजे नगर प्रमुख ज्यूले भवनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटन कार्यक्रमका लागि जनप्रतिनिधि लगायत सम्पूर्ण समाजसेवी, टोल सुधार समिति लगायत सम्पूर्ण वडाबासीलाई खबर गरिएको छ।
नवनिर्मित भवनको उद्धघाटन भएसंगै आज बुधवार देखि वडाबासीलाई प्रशासनीक लगायत वडाबाट हुने सम्पूर्ण सेवासुबिधाहरू नयाँ भवनबाटै उपलब्ध गराईनेछ।
वडाबासीलाई वडाबाटै सम्पूर्ण सेवा उपलब्ध गराउँदा नगरपालिका जाने आउने झन्झट लगायत समयको पनि बचत हुने, छिटो छरितो रूपमा थप प्रभावकारी सेवा प्रदान हुने वडा अध्यक्ष तेज प्रसाद घिमिरेले जानकारी दिनुभयो । वडा कार्यालय आफ्नै भवनवाट संचालन भएपछि सेवाग्राहीहरुलाई सेवा लिन सहज हुने वडा नं. ४ का वडासचिव बेदनाथ दहालले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे