२०८२ अषाढ २, सोमबार
फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयता अनुसार १७५ औँ स्थानमा रहेको नेपाली टिम १७३ औँ स्थानमा पुगेको छ ।
नेपालले हालैको फिफा विन्डो विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएपछी यही जितका कारण नेपालले वरीयतमा १० अंक थप गर्दै दुई स्थान सुधार गरेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा नेपालले लाओसंग १–१ को बराबरी खेल्दा दोस्रो लेगमा लाओसलाई उसैको मैदानमा १–० ले हराएको थियो । फिफाको वरीयता अनुसार दक्षिण एसियामा भारत १०२ औँ स्थानमा छ भने माल्दिभ्स १६१ औँ, भुटान १८२ औँ, बंगलादेश १८३ औँ, पाकिस्तान १९३ औँ र श्रीलंका २०२ औँ स्थानमा छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे