• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २१, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
४

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
५

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
६

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
७

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
११

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
१२

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार

पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० कार्तिक ३०, बिहिबार

  • ३११ पटक पढिएको
  • चितवन। पश्चिम चितवन स्थित अमृतनगरका हेमराज आचार्यले तिहार र छठ पर्वमा उत्पादन गर्ने लक्ष्यका साथ एक बिघामा काँक्रा र फर्सी लगाएका थिए। यो समयमा राम्रो बजार मूल्य पाउने आशामा रहेका आचार्य यतीखेर तरकारी नबिकेर चिन्तित छन्।

    ‘दसैँ तिहारलाई लक्षित गरेर काँक्रा र फर्सी उत्पादन गरियो। अहिले पाँच रुपैयाँ किलोमा पनि बिक्दैन,’ बारीमा फर्सी टिपेर थुपार्दै गर्दा भेटिएका आचार्यले भने, ‘उत्पादन गरेर बारीमा नै कुहाएर फाल्नुपर्छ।’ उनले व्यवसायीक रुपमा खेती गर्न थालेको पाँच वर्ष पुग्यो। जग्गा भाडामा लिएर चार बिघामा तरकारी खेती गरेका छन्। यस वर्ष फर्सी नबिकेर लगानी पुरै खेर गएको उनी बताउँछन्।

    ‘दश कट्ठामा लगाएको फर्सीमा ६० हजार लगानी भएको थियो। यस उत्पादन पनि राम्रो छ। उत्पादन दिन सुरु भएपछि व्यापारी नै आएनन्,’ उनले देशको अवस्थाबारे बताउँदै भने, ‘फर्सीमा पनि घाटा, काँक्रामा पनि घाटा जे लगाए पनि घाटा अब विदेश जानुपर्ने अवस्था आएको छ।’ फर्सीमा प्याकेजिङ गर्दा मात्रै प्रतिकेजि दश रुपैयाँ लागत लाग्ने गरेको उनले बताए। दसैँमा काँक्राको मूल्य राम्रै थियो। त्यसपछि ओरालो लागेको काँक्रो अहिले चार रुपैयाँमा झरेको छ। यसले किसानको लगानी उठ्दैन। उनको दश कट्टाको बारीमा काँक्रा छ।

    तरकारीको बिक्रीले नै घर खर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन्। भरतपुर महानगरपालिका २५ स्थित अमृतनगरका अमृत रानाभाट तीन बिघामा तरकारी खेती गर्दछन्। यतिखेर काँक्रो, फर्सी, मुला, क्यापसिकन, सिमी निस्किएको छ। बिक्री नभएपछि बारीमा तरकारी कुहिएर खेर गएको उनले बताए।

    ‘सिमी १० रुपैयाँ केजीमा पनि लैजान कठिन छ। त्यो टिप्ने बेलाका खेतालाको खर्च पनि उठ्दैन। काँक्रा र फर्सी त पाँच रुपैयाँमा पनि बिक्री हुँदैन,’ प्याकिङ गरेर व्यापारीले नलगेका फर्सी राखेका सेता बोरा देखाउँदै रानाभाटले भने ‘बारीमा उत्पादन भएको वस्तु बारीमै  कुहिन नदेऊ, पैसाको हिसाब पछि गरौँला बारीमा मात्र नराख्देऊ भनेर जिऊ जिऊ गर्दा पनि व्यापारीले लिँदैनन्।’

    फर्सी एक दिनपछि टिप्ने हुन्छ। एक पटकमा २५ क्विन्टल उत्पादन हुने उनले बताए। उनको बारीमा दुई दिन बिराएर काँक्रो टिप्दा दुई क्विन्टल उत्पादन हुन्छ। यो सबै खेर गइरहेको उनले बताए। मुला समेत बिक्री भएको छैन। बुवाको प्रेरणाले २०६५ सालबाट व्यवसायीक तरकारी खेतीमा लागेका रानाभाट खेतालाको पैसा नउठ्ने हो कि भन्ने चिन्तामा छन्।

    पश्चिम चितवन तरकारी खेतीका रुपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी, पोखरा, हेटौँडा, बुटवल, नेपालगन्ज लगायतका बजार थेग्ने गर्दछ। यतिखेर किसानले सिमी, फर्सी, काँक्रा, काउली, बन्दा उत्पादन गरेका छन्। यद्यपि उनीहरुले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन। देशकै केन्द्रबिन्दुमा रहेका किसान तिहारको बेलामा पनि तरकारी बिक्री नहुँदा चिन्तित बनेका छन्। काँक्रो, फर्सी, मुला, सिमी लगायतका तरकारी बारीमै टिपेर थुपार्नु परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका तरकारी जोन सञ्चालक समितिका अध्यक्ष लेखनाथ भूषाल बताउँछन्।

    पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्र समेत बनाइएको छ। यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ। अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ। फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गएको उनले बताए। पाँच टनको हाराहारीमा पाँच रुपैयाँमा फर्सी व्यापारीले उठाएको उनले बताए। पाँच रुपैयाँमा बेच्दा किसानलाई प्रतिकेजि तीन रुपैयाँभन्दा बढी घाटा लाग्ने उनी बताउँछन्। ’सय रुपैयाँ केजी पत्रिका ल्याएर फर्सी बेर्नुपर्छ। काटुन् राख्नुपर्छ। खेतालालाई दिनुपर्छ। ५० केजीको बोरा बनाउँदा मात्रै प्रतिकेजि आठ रुपैयाँ किसानको खर्च आउँछ, उनले भने ‘बिउ, मल विषादी र अन्य समयका खेतालाको त यहाँ हिसाब नै आउँदैन।’ प्रतिकेजि तीन रुपैयाँ घाटा भएपछि किसानले फर्सी बारीमै टिपेर राख्ने गरेका छन्। काँक्राको मूल्य भने बिस्तारै बढ्दै जानेमा उनी आशावादी छन्। अहिले पाँच रुपैयाँमा काँक्रो बिक्री भइरहेको छ।

    किसानले तरकारीको मूल्य नपाए पनि उपभोक्ताले भने चर्को मूल्य तिर्न बाध्य छन्। बजारमा काँक्रालाई १५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ। सरकारले बजारीकरण नगरिदिँदा किसानको उत्पादन खेर गइ रहको उनको भनाइ छ। ‘किसानको काम उत्पादन गर्ने हो। पुँजीले पुगेसम्म उत्पादन गर्छन्,’ उनले भने ‘प्रत्येक बर्ष यस्तै अवस्था आउने हो भने किसान पलायन हुने देखेको छु।’ यो समाचार नागरिक दैनिकका लागि बसन्त ढुंगानाले लेखेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • नेपाललाई झाँक्रीको कटाक्ष- अर्थहीन कारवाही गर्नुभयो, लोकले के भन्ला भन्ने पनि लागेन ?

  • देशैभर भिटामिन ए र जुकाको औषधी खुवाउने आज अन्तिम दिन

  • त्रिवेणी सिन्थेटिकले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, जोडियो लाइन

  • बालेनविरुद्ध एमाले निकट युवा संघको साइबर ब्युरोमा जाहेरी

  • समाचार
  • १

    नेपाललाई झाँक्रीको कटाक्ष- अर्थहीन कारवाही गर्नुभयो, लोकले के भन्ला भन्ने पनि लागेन ?
    २०८२ कार्तिक २१, शुक्रबार

  • २

    देशैभर भिटामिन ए र जुकाको औषधी खुवाउने आज अन्तिम दिन
    २०८२ कार्तिक २१, शुक्रबार

  • ३

    त्रिवेणी सिन्थेटिकले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, जोडियो लाइन
    २०८२ कार्तिक २१, शुक्रबार

  • ४

    बालेनविरुद्ध एमाले निकट युवा संघको साइबर ब्युरोमा जाहेरी
    २०८२ कार्तिक २१, शुक्रबार

  • ५

    यी दुई प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक २१, शुक्रबार

  • ६

    दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने
    २०८२ कार्तिक २०, बिहिबार

  • ७

    आमालाई ‘चिया दिन आउँछु’ भनेर आन्दोलनमा गएका रसिक उतै अस्ताए…
    २०८२ कार्तिक २०, बिहिबार

  • ८

    यी तीन प्रदेशमा हल्का बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक २०, बिहिबार

  • ९

    प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार
    २०८२ कार्तिक १९, बुधबार

  • १०

    ७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया
    २०८२ कार्तिक १९, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution