२०८१ बैशाख २१, शुक्रबार
नवलपुरमा आज बिहान ट्रक र कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएकाछन् । जिल्लाको कावासोती नगरपालिका –१६, पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँदा कार चालक रुपन्देही शिद्धार्थ नगरपालिका –८, का ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । दुर्घटनामा परि कारमा सवार सर्लाही चन्द्रनगर गाउँपालिका –८ ,बस्ने २८ वर्षीय सरोज कुमार शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको पौडेलले बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे