२०८२ जेष्ठ १, बुधबार
सिमलटारीबाट सदरमुकाम तम्घास जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र तम्घासबाट सेउघातर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका –०४ अर्खलेमा ठोक्किएका थिए । दुर्घटनाको क्रममा मोटरसाइकल चालक विवेकको उपचारको क्रममा गुल्मी अस्पतालमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविक किशोर प्रधानले जानकारी दिए ।
विवेक बिहान विद्यालयबाट आफ्नो घर रेसुङ्गा नगरपालिका –०४ सेउघा जाँदै थिए । दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिहान ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ । विवेकले घुम्तीमा मोटरसाइकल ओभरट्याग गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीको मृत्यु भएपछि महेन्द्र माविले सोमबारको दिवा कक्षामा शोक बिदा दिएको छ । त्यस्तै मंगलबारको बिहानी कक्षामा मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली दिएर शोक बिदा दिइनेछ । मंगलबार दिवा कक्षाबाट विद्यालयमा नियमित कक्षा संचालन हुने विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद मरासिनीले जानकारी दिए । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे