२०८२ बैशाख ३०, मंगलबार
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गरी रुसी सेनामा कार्यरत कुन्दन सिंह नागलको निधन भएको जनाएको छ ।
यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको थियो । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालका लागि रुसका राजदूत मार्फत पुनः अनुरोध गरिएको जनाएको छ ।
त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई पुनः आग्रह गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे