२०८१ बैशाख २५, मंगलबार
चितवन । चितवनको नारायणगढ स्थित क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा आज हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुली लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक संस्था होटल व्यवसायी संघ चितवनले जानकारी दिएको छ।
होटल व्यवसायी संघ चितवनको आयोजनामा पौष १४ देखि जारी फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा दैनिक बिभिन्न रैथाने खानाका साथसाथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको छ।
आज पौष १७ गते सुवोध गौतम, प्रजापती पराजुली, ढाकाराम पौडेल, तारा थापा लगायत स्थानीय कलाकारहरुले प्रस्तुती रहनेछ।
फुड फेस्टिबलमा ३९ वटा स्टलबाट बिभिन्न प्रकारका रैथाने फुडहरूको स्वाद लिन सकिने आयोजक संस्था होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले जानकारी दिनभयो। फुड फेस्टिबल कार्यक्रम भोलिसम्म चल्नेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे