• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १८, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
४

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार
१२

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार

२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ २८, आईतबार

  • २०१ पटक पढिएको
  • महोत्तरी, २७ माघ । रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो ।

    आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ ।

    युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु मरिरहेको सुनिन । समाचार सकिसकेपछी रामवावु नजिकै आएर भने, ”आमा, म ठूलो दाजुलाई भेटन लमजुङ जान्छु ।”

    रामबाबू केही दिन अगाडिमात्र काठमाण्डौबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यतिवेला गाउँमा युवाहरु कोही पनी थिएनन । भएका युवाहरु कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगेको थियो । थोरै युवाहरुले मात्र आर्मी, प्रहरीमा जागीर खाएका थिए । त्यैपनी रामबाबुले जेठो दाजुलाई भेटन बेसीशहर जान जिद्दी गर्न थाले ।

    त्यति टाढा उक्त भयावह अवस्थामा २२ बर्षिय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन  तर छोराको जिद्दीको अगाडि दुर्गा कुमारीको केही लागेन ।

    आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो, प्रतिकुल बातावरणका बावजुद पनि दाजु गोबिन्द कार्कीलाई भेटन आमाबुवासगँ विदाई भएर छुटेका छोरा एकाएक हराए । भाई भेटन आएको समाचार थाहा पाए पछी प्रतिक्षामा रहेका दाजुले भाईलाई न त भेटन पाए, न त घर फर्किएर नै गए ।

    लमजुङको बेसिसहर दाजुलाई भेटन गएका भाइ रामवावु २२ बर्षदेखी घर फर्किएका छैनन । उनी कहाँ छन ?, कसरी हराए ? मरेका होलान कि बाँचेका होलान ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ ।

    अझ ८४ बर्षिय आमा छोरा घर आउने आशा बोकेर बाँचिरहेकी छन । ”बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला,” गहभरी आँसु बनाउदै दुर्गा कुमारीले भनिन, ”मरेको प्रमाणित भए बरु किरिया गर्थे ।”

    रामबाबुका दुई दाजुहरु छन । माईलो दाजु मोहन कार्की नेपाल आर्मीवाट रिटायर्ड भएका हुन भने जेठा दाजु गोबिन्द कार्की बिधुत प्राधिकरणवाट रिटायर्ड हुन ।

    दाजुहरुको जागीर कै कारणले रामवावुलाई पढाईलेखाईमा त्यति समस्या पनि थिएन । काठमाण्डौको एक क्याम्पसमा डिप्लोमा अध्यन गर्दै गरेका रामवावुको बिषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन ।

    दुर्गा कुमारीले वेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरुलाई हारगुहार पनि नगरेकी हैनन तर कँहीं कत्तैवाट सुनुवाई नभएपछी छोरा फर्कने आशा आजकाल उनकाे झिनो बन्दै गएको छ ।

    ”आजकाल मोबाइलमा मान्छेहरु धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आए,” दुर्गा कुमारीले भनिन, ”अब अन्तिम आशा तपाईहरु नै हो ।”

    कतिपयले आफ्न्तहरुले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउछन तर दुर्गा कुमारीलाई भने अहिलेपनी छोरा कतै ज्युँदै छ भन्ने लाग्छ ।

    रामवावुका वुवा डम्बर बहादुर कार्कीलाई पनि श्रीमतिले भनेजस्तै छोरा ज्युँदै नै छन भन्ने लाग्छ । ”कमसेकम यो समाचार हेरिसकेपछी कान्छो हामिलाई सम्झेर आओस,’ उनले भनिन ।

    लमजुङ्गमा अझ सरकारी र बिद्रोही पक्षको वेला-वेलामा झडप भैइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यतिवेला कयौ मानिसहरु मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त सक्रमणकालिन अवस्थामा लमजुङ्ग जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्‍यो कि भन्ने पनि आशंका गर्छन ।

    परिवारलाई भने पत्यार नै लाग्दैन । ”मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,” दुर्गा कुमारीले भनिन, ”अब भरोसा बाबुहरुको नै छ, समाचार हेरेर भएपनी छोरा घर फर्कनेछ ।”

    दुर्गा कुमारी आजकाल पहिलाजसरी हिडडुल पनि गर्न सक्दिनन । लौरोको सहाराले यताउता हिडने उनीलाई मात्र हैन उन्को श्रीमान डम्बर बहादुरलाई पनि लौरोको सहारा चाहिन्छ ।

    भाइ हराएपछी दाजु गोबिन्दले पनि धेरै खोजी नगरेका हैनन । संक्रमणकालीन अवस्थामा उन्ले माओवादी कमाण्डरहरुसगँ सम्पर्क गरेर भाईको एकिन गरेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाईको बिषयमा कसैले एकिन बिस्वास दिलाउन सकेनन ।

    बेपत्ता छोराको फर्किने आशामा नै दुर्गा कुमारीले अंशबण्डा पनि गरेकी छैनन । ”जेठो र माईलाले अव भाग लगाउनुपर्छ भन्छन तर म मानेकी छैन,” उनले भनिन, ”कमसेक एकिन त हुनुपर्र्यो नी मरेको र बाँचेको ।’

    संक्रमणकालीन अवास्थामा वेपत्ता भएकाहरुको छानविन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ तर उक्त समयमा वेपत्ता भएकाहरुको नाम समेत सुचिकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामवावु जस्ता वेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता भएको वेपत्ता पारिएका छानविन आयोगले जनाएको छ ।

    आयोगमा दर्ता भएका ३२८८ उजुरी मध्ये ४१४ उजुरीहरु  सत्य निरुपण तथा मेलगमलाप आयोगको क्षेत्राधिकार पर्नेगरी पठाईएकोमा १३७ उजुरीहरु फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ ।  जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लागताकट्टा गरिएको२९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगवाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएका मध्ये ८ उजुरीहरुको कारवाही प्रक्रिया अगाडी बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वाजनिक गरिएको विवरणमा जनाएको छ ।

    मधेश प्रदेशको पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये बिस्तृत छानविनको लागी १५३, प्रारम्भिक छानविनको लागी ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लागत कट्टा गरिएको ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भईसकेको छ ।

    तर सुचनाको पँहुच तथा सरोकारवालाहरुको वेवास्ताले न रामवावु जस्ता वेपत्ता व्यक्तिहरुको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गा कुमारी लगायत सम्पूर्ण परिवारको वेपत्ता रामवावुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

  • दुर्गा कुमारी कार्की
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

  • नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर

  • स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर

  • नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै

  • समाचार
  • १

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • २

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • ३

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • ४

    नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै
    २०८२ मंसिर १८, बिहिबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १८, बिहिबार

  • ६

    बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ
    २०८२ मंसिर १७, बुधबार

  • ७

    जेनजी आन्दोलन : योगेन्द्रको सरकारी अधिकृत बन्ने सपना अधुरै रह्यो
    २०८२ मंसिर १७, बुधबार

  • ८

    देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा
    २०८२ मंसिर १७, बुधबार

  • ९

    इन्डिगो एयरलाइन्सलाई ११७ करोड जरिवाना
    २०८२ मंसिर १७, बुधबार

  • १०

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    २०८२ मंसिर १७, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution