• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
३

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
८

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार

छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन २, बुधबार

  • १७१ पटक पढिएको
  • कञ्चनपुर । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आएका छन् । स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उनले बेच्ने गर्दै आएका छन् ।

    कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ । दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको उनी बताउछन् । “साइकल चढेर दैनिक गाउँघरमा पुग्छु”, उनले भने, “गाउँबाट खरिद गरिएका कुखुरा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा पुर्याएर बेच्ने गर्छु, यो कार्य ३६ वर्षअघिदेखि गर्दै आएको छु ।” अठार वर्षको उमेरदेखि कुखुरा खोज्ने र बेच्ने कार्यमा सार्की संलग्न छन् ।

    “घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ”, सार्कीले भने, “आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने कार्यमा लागेँ ।”

    आर्थिक अवस्था निकै नाजुक भएकाले बुवाले घरमै पालिएको कुखुरा बेच्न बजार पठाए, त्यसबेला कुखुरा प्रतिकिलो रु ३० मा बिक्री हुन्थ्यो”, विगत सम्झै सार्कीले भने, “कुखुरा बेचेर नगद रकम हातमा पर्यो, खरिद गर्ने व्यक्तिले अरु कुखुरा भए ल्याउन भने, मनमनै सोचे यसै कार्यलाई व्यापार बनाएर जीविका चलाउने आधार बनाए अघि बढ्ने निधो गरेँ ।” त्यसपछि कुखुरा खोज्ने, बिक्री गर्ने कार्य गर्न थालेको उनी बताउछन् ।

    कुखुरा खरिद गर्नका लागि पैसा नभएपछि आफन्तसँग केही रकम सापटी मागेर कुखुरा खरिद गर्न थालेको उनी स्मरण गर्छन् । महेन्द्रनगर बजार पुर्याएर बेच्ने गर्न थालेपछि आम्दानी सोचेजस्तै भएपछि यस कार्यलाई अहिले पनि नछाडेको उनी उल्लेख गर्छन् ।

    गाउँघरबाट रु छ सय प्रतिकिलोका दरले सार्कीले कुखुरा खरिद गरेर बजारमा पुर्याएर रु छ सय ५० मा बिक्री गर्छन् । जसबाट उनीको मासिक आम्दानी रु २० देखि २५ हजारसम्म हुने गरेको छ । कुखुरा बेचेर आएको आम्दानीबाट सार्कीले गाउँमा तीनकोठे पक्की घर ठड्याएका छन् । उनले चार छोरीको पढाइसँगै विवाह खर्च कुखुरा बेचेकै पैसाबाट व्यहोरेका छन् । उनका एक छोरी विद्यालयमा पढ्दैछिन् भने छोरा यस वर्ष कमाउनका लागि भारततर्फ लागेका छन् ।

    “पहिले स्थानीय जातका कुखुरा विशेषगरी थारू समुदायका घरघरमा निकै बढी हुने हुँदा खोज्न बढी परिश्रम गर्नु पर्दैनथ्यो”, उनले भने, “हाल थोरै परिवारका घरमा मात्रै स्थानीय जातका कुखुरा पाइने गरेका छन्, कुखुरा खोज्नका लागि टाढाटाढाका गाउँसम्म पुग्नुपर्ने हुन्छ ।” कुखुरा पाइएका दिन आम्दानी हुने भए पनि कुखुरा नपाइएका दिन रित्तो हात घर फर्कनुपर्ने अवस्था पनि हुने गरेको उनी सुनाउछन् । घरमा उनको आफ्नो स्वामित्वको सात कठ्ठामात्रै जग्गा छ ।

    वर्षभरिका लागि जग्गामा उत्पादन हुने अन्नले नपुग्दा बजारबाट कुखुरा बेचेकै पैसाले खरिद गरी साँझ बिहानको छाक टार्नुपर्ने अवस्थासमेत उनलाई आइलाग्ने गरेको छ । नुन, तेल, सोडा साबुन, लुगाफाटोलगायतका घरायसी खर्च कुखुरा बेचेकै पैसाले व्यहोर्दै आएको उनी बताउछन् । वर्षौँदेखि यसै पेसामा लागेकाले अधिकांश गाउँका बासिन्दाले उनलाई चिन्छन् । चिनजान बढ्दै जाँदा कुखुरा खोज्न सहज हुने गरेको उनी उल्लेख गर्छन् । “यस व्यापारमा लागेपछि अरुसँग हात फैलाएर माग्न गएको छैन”, उनले भने, “अरुलाई आपत्विपत् पर्दा सहयोग गरेको छु, आफू र परिवार खर्च सहजरूपमा चलाउँदै आएको छु, यसमै खुसी छु, ।”

    वडाध्यक्ष रमेशबहादुर ऐर छविलाललाई पौरखीका रूपमा चिन्ने गर्दछन् । “आफैँ पौरख गरेर जीविका चलाउने व्यक्तिका रूपमा उहाँलाई चिनेको छु”, उनले भने, “आफ्नो कार्यमा सधैँ खटिरहन्छन्, युवाहरूका लागि उहाँ प्रेरणाका स्रोतका रूपमा रहेका छन् ।” रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

  • फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

  • एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि

  • सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • समाचार
  • १

    म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो
    २०८२ मंसिर ७, आईतबार

  • २

    फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
    २०८२ मंसिर ७, आईतबार

  • ३

    एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि
    २०८२ मंसिर ७, आईतबार

  • ४

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
    २०८२ मंसिर ७, आईतबार

  • ५

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, प्रतिक्रेट ५५ ले बढ्यो
    २०८२ मंसिर ७, आईतबार

  • ६

    दुर्गा प्रसाईं नेतृत्वको नेपाल बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता
    २०८२ मंसिर ७, आईतबार

  • ७

    आज यी दुई प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ७, आईतबार

  • ८

    लुम्बिनी लायन्स ९ विकेटले पराजित
    २०८२ मंसिर ६, शनिबार

  • ९

    ८ लाख ३७ हजार नयाँ मतदाता थपिए
    २०८२ मंसिर ६, शनिबार

  • १०

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ६, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution