२०८२ बैशाख १९, शुक्रबार
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ ।
मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।
नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । आज अविनाश बोहोरा र विवेक यादवको ठाउमा ललित राजबंशी र प्रतिश जिसी प्लेइङ एघारमा सामेल गरिएको छ ।
नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी र प्रतिस जिसी ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे