• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १३, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
६

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
७

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
८

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
९

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
१०

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

२०८३ आश्विन १५, बिहिबार
११

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

२०८३ आश्विन १६, शुक्रबार
१२

नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित

२०८३ आश्विन १५, बिहिबार

चिया बगान जस्तै नवलपुरको अम्रिसो घारी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० चैत्र ५, सोमबार

  • ३५९ पटक पढिएको
  • नवलपुर, चैत ५ गते । चैत महिना, ढकमक्क गुराँस फुल्ने समय हो तर गुराँस ओइलिएर झरिसकेका छन् । बोटबिरुवाले पालुवा फेरेर नयाँ पालुवा नआइसकेकाले पडाड नै उराठलाग्दो देखिन्छ तर त्यही उराठलाग्दो पहाडको काखमा यस्तो सुन्दर हरियाली छ कि त्यसले इलामको चिया बगानलाई नै बिर्साइदिन्छ ।

    नवलपुर जिल्लाको बौदीकाली, हुप्सेकोट र बुलिङटार गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसोले हरियाली छाएको छ । सूर्योदय, सूर्यास्त र हिमाली क्षेत्रको दृश्यावलोकनका लागि उपयुक्त रहेका यी पालिकाका पहाडी क्षेत्रका सबैभन्दा उच्च तथा पर्यटकीय सम्भावना बोकेका रमणीय ठाउँमा यतिबेला अम्रिसोले थप रौनक र सुन्दरता थपेको छ ।

    जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा हुप्सेकोट गाउँपालिका–५, राम्चेमा तीन वटा कबुलियती वन समूह (रुद्रापुरगढी, चिलाउनेडाँडा र चिताखोर) मा व्यावसायिक अम्रिसो खेती गरिएको छ ।

    एउटा समूहमा १० घरपरिवार रहेका र हरेक समूहले वर्षमा कम्तीमा १५ लाख रुपियाँ आम्दानी गरिरहेको कबुलियती वन विकास कार्यक्रममा सुपरभाइजर तुलबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा अम्रिसो खेती भइरहेको छ ।

    बौदीकाली–४ मा १९ वटा समूहले सामूहिक अम्रिसो खेती गरिरहेका वडाध्यक्ष मानबहादुर सारुमगरले जानकारी दिनुभयो । यहाँका प्रायः हरेक घरपरिवार समूहमा रहेको र सबैले राम्रै आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ ।

    कबुलियती वन विकास कार्यक्रमका सुपरभाइजर रानाका अनुसार गत वर्ष एउटा समूहले किलोको १५० रुपियाँका दरले ८० देखि ९० क्विन्टलसम्म अम्रिसो बेचेर तीन करोड १८ लाख ५६ हजार आम्दानी गरेको जानकारी दिनुभयो ।

    ठाउँठाउँमा अम्रिसो सङ्कलन केन्द्र पनि बनाइएको छ । सङ्कलन केन्द्रमा जम्मा भएको अम्रिसो बुटबल, भैरहवा, नारायणघाट, काठमाडौँ, पोखरासम्म पुग्ने गरेको स्थानीय उपभोक्ता सूर्यबहादुर सारूले जानकारी दिनुभयो । ती सहरमा खपत भएर बढी भएको अम्रिसोको कुचो भारत निर्यात हुने गरेको उहाँले बताउनुभयो ।

    तर अम्रिसोको जति उत्पादन भएको छ, त्यस अनुसारको प्रचारप्रसार र बजारीकरण हुन नसकेको स्थानीय उपभोक्ता आशबहादुर दराईमगरले गुनासो गर्नुभयो । बौदीकाली–४ का अध्यक्ष सारूले पनि बाटो विस्तार र प्रचारप्रसार भएमा अम्रिसोलाई थप विस्तार गर्न सकिने बताउनुभयो ।

    “बाटो साँघुरो छ, ठुला मालवाहक गाडी यहाँसम्म आउन सक्दैनन्,” अध्यक्ष सारुले भन्नुभयो, “बाटो विस्तार गर्ने, कालोपत्रे गर्ने, काम गर्न सकियो, अलिकति प्रचारप्रसार र बजारीकरण गर्न सकियो भने यहाँका जनतालाई सहर खोज्दै अन्त जान पर्दैन, न त वैदेशिक रोजगारीको बाटो नै रोज्नु पर्छ तर बाटो साँघुरो छ । ठुला मालवाहक गाडी गाउँसम्म पुग्दैनन्, प्रचारप्रसार छैन ।”

    २०७२ सालसम्म यहाँ नाङ्गो डाँडा मात्र थिए तर डिभिजन वन कार्यालयले स्थानीयलाई अम्रिसोको महत्व र यसका फाइदाका बारेमा जानकारी दियो । पहिलो वर्ष हरेक घरलाई दुई हजारका दरले बिरुवा रोपाइयो, अर्को वर्ष थप तीन हजारका दरले बिरुवा रोपियो । बिरुवा यसरी नै थपिँदै गए । वर्षमा एक पटक झाडी सफा गर्नेबाहेक अरू परिश्रम नलाग्ने र आम्दानी पनि राम्रै हुने भएपछि अम्रिसोप्रतिको आकर्षण बढ्दै गएको डिभिजन वन कार्यालयको बुझाइ छ ।

    गरिबीको रेखामुनि रहेका अथवा मानव सूचकाङ्कलाई आधार मानेर जिल्ला डिभिजन वन कार्यालयले कबुलियती वन समुदायलाई हस्तान्तरण गर्ने गरेको डिभिजन वन अधिकृत शिशिर लम्सालले बताउनुभयो ।

    पहिले एकै पटक पट्टा दिएर ४० वर्षका लागि वन हस्तान्तरण हुन्थ्यो भने अहिले वन नियमावली २०७९ अनुसार १० वर्षका लागि कबुलियती वन समुदायलाई हस्तान्तरण गरिन्छ र त्यसको लाभका आधारमा हरेक १०/१० वर्षमा नवीकरण हुँदै जान्छ । यो समाचार गोरखापत्रमा छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • एनपीएलमा आज दुई खेल हुँदै

  • आजको मौसम: चक्रवात ‘अर्नब’ को प्रभाव शुरु हुने

  • प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन

  • चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो, ५० वटा रेल र २१ उडान रद्द

  • समाचार
  • १

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८३ कार्तिक १३, बिहिबार

  • २

    आजको मौसम: चक्रवात ‘अर्नब’ को प्रभाव शुरु हुने
    २०८३ कार्तिक १३, बिहिबार

  • ३

    प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन
    २०८३ कार्तिक १२, बुधबार

  • ४

    चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो, ५० वटा रेल र २१ उडान रद्द
    २०८३ कार्तिक १२, बुधबार

  • ५

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव
    २०८३ कार्तिक १२, बुधबार

  • ६

    टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज
    २०८३ कार्तिक ११, मंगलबार

  • ७

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८३ कार्तिक ११, मंगलबार

  • ८

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै
    २०८३ कार्तिक १०, सोमबार

  • ९

    बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
    २०८३ कार्तिक ९, आईतबार

  • १०

    सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु , ३ बेपत्ता
    २०८३ कार्तिक ९, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution