• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र १०, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
४

मलेसियामा मजदुरी गरेर फर्किएका शाहीको रहस्यमय ढङ्गले हत्या

२०८२ श्रावण १२, सोमबार
५

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
६

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
७

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
८

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
९

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
१०

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
११

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
१२

चितवनमा तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एक गम्भीर घाइते

२०८२ श्रावण १२, सोमबार

लोकसेवा तयारी: समसामयिक बिषयगत प्रश्नोत्तर – भाग २५

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ बैशाख ५, बुधबार

  • ५९० पटक पढिएको
  • १.  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का उद्देश्यहरू उल्लेख गर्नुहोस् । साथै स्थानीय सरकार सञ्चालनको विद्यमान अवस्था विश्लेषण गर्दै स्थानीय सरकार सञ्चालनका सन्दर्भमा भविष्यमा गर्नुपर्ने सुधारका उपायहरू सिफारिस गर्नुहोस् ।

     नेपालको संविधानले नेपालको सङ्घीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने उल्लेख गरेको छ । नेपालको सङ्घीय संरचनामा जनताको नजिक स्थानीय तहहरूरहेका छन् । यिनै स्थानीय तहलाई स्थानीय सरकारका रूपमा चिनिन्छ । संविधानप्रदत्त स्थानीय तहका अधिकार कार्यान्वयन गर्न सङ्घीय संसद्बाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएको छ । यस ऐनका उद्देश्यहरू यस

    प्रकार छन् :

    – नेपालको संविधानबमोजिम स्थानीय तहको अधिकारसम्बन्धी प्रावधानहरू कार्यान्वयन गर्न,

    – सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकारिता, सहअस्तित्व र समन्वयमूलक सम्बन्धलाई प्रवर्धन गर्न,

    – स्थानीय तहमा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न,

    – लोकतन्त्रका लाभहरूको समानुपातिक र न्यायोचित रूपमा वितरण गर्न,

    – कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न,

    – स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्न,

    – स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्नका निमित्त स्थानीय सरकारको सञ्चालन गर्न ।

    विद्यमान अभ्यासका सबल र दुर्बल पक्ष :

    – नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिकादेखि महानगरपालिकासम्म समान अधिकार प्रदान गरेको छ । व्यवहारमा यी निकायबिच विविध पक्षमा विषमताहरू देखिए तापनि स्थानीय सरकार सञ्चालनका कानुनी विधि र तौरतरिका समान छन् ।

    क) सबल पक्ष

    – आवधिक निर्वाचन र राजनीतिक स्थिरता,

    – कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित नेतृत्व,

    – समावेशी प्रतिनिधित्वको अवसर,

    – राजनीतिमा युवा वर्गलाई आकर्षित गरी राजनीतिक परिपक्वतासहितको युवा नेतृत्व

    विकासमा सहयोग,

    – कानुन बनाई सेवा प्रवाह, स्थानीय विकास

    र नियमनसम्बन्धी कामलाई प्रभावकारी

    बनाउन सकिने,

    – राजस्व अधिकार, राजस्व बाँडफाँट, अन्तरसरकारी वित्तीय हस्तान्तरण र आन्तरिक ऋण लिने अधिकार जस्ता वित्तीय प्रबन्धले स्थानीय सरकार सञ्चालनमा स्रोत व्यवस्थापन हुने,

    – आफ्नो राजस्व क्षेत्राधिकारभित्रका विषयमा करका दर निर्धारण र दायरा विस्तार गर्न सकिने,

    – स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको सङ्गठन संरचना र जनशक्तिसम्बन्धी विषय स्थानीय तहले टुङ्गो लगाउन सक्ने,

    – सङ्घ र प्रदेश सरकारसँग वित्तीय, प्रशासनिक, कानुनी एवं योजना तथा बजेटगत

    अन्तरसम्बन्ध रहने,

    – जनसहभागितामा आधारित योजना तथा बजेट प्रणाली स्थापित,

    – दुई वा दुईभन्दा बढी स्थानीय तहबिचको संयुक्त व्यवस्थापनमा कार्यसम्पादन गरी लाभ हासिल गर्न सकिने अवस्था,

    – नवप्रवर्तनशील नीति तथा कार्यक्रम तर्जुमा गरी लागु गर्न सक्ने स्वायत्तता र यस्ता कार्यक्रमको सफलता वा असफलताबाट अन्य स्थानीय तहले समेत लाभ लिन सक्ने अवसर ।

    ख) दुर्बल पक्ष

    – निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको,

    – रिक्त पदको समयमै निर्वाचन नहुने,

    – सरकार प्रमुखको पक्षमा बहुमत नहुँदा कार्यपालिका अनिर्णयको बन्दी हुने अवस्था रहेको,

    – स्थानीय सरकारहरूको खर्च आवश्यकता र राजस्व क्षमताबिचको अन्तरको वस्तुनिष्ठ अध्ययन गरी वित्तीय हस्तान्तरण हुन नसकेको,

    – सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीय शासन व्यवस्थाको अभ्यासका लागि आवश्यक पर्ने सङ्घीय मानक तथा मापदण्डहरू निर्धारण हुन नसकेको,

    – साझा अधिकारका विषयका कानुन निर्माण तथा सङ्घीयता कार्यान्वयनका लागि गर्नुपर्ने कानुनी सुधारमा ढिलाइ,

    – स्थानीय तहको क्षेत्राधिकारमा पर्ने विषयमा समेत योजना, बजेट तथा कार्यक्रमको माध्यमबाट

    सङ्घ र प्रदेश सरकार प्रवेश गर्दा स्थानीय आवश्यकता, जवाफदेहिता र स्वायत्तता कमजोर हुन पुगेको,

    – स्थानीय तहले स्वीकृत गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अनुसारको पद दर्ता, विज्ञापन, कर्मचारी बढुवालगायतका विषय

    यकिन हुन नसक्दा प्रशासनिक सङ्क्रमणकाल लम्बिँदै गएको,

    – प्रदेश लोक सेवा आयोगबाट पदपूर्तिमा ढिलाइ,

    – जनसहभागितामूलक बजेट प्रणालीको मर्मबमोजिम बजेट निर्माण हुन नसकी बजेट तथा कार्यक्रम बाँडफाँटमा भागबन्डा र मिलीभगतको अभ्यास देखिने गरेको,

    भविष्यमा गर्नुपर्ने सुधार

    – सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण एवं परिमार्जनमा सङ्घ सरकार र सङ्घीय संसद् गम्भीर बन्नुपर्ने,

    – स्थानीय सरकारलाई सुदृढ बनाउने विषयमा सङ्घ र प्रदेश सरकार सहयोगी बन्नुपर्ने,

    – स्थानीय निर्वाचनलाई कम खर्चिलो बनाउन निर्वाचन कानुनमा सुधार गरी खर्च पारदर्शिता र जवाफदेहितासहितको कडा निगरानी पद्धति स्थापित गर्ने,

    – स्थानीय तहहरूबिच रहेका वित्तीय विषमतालाई सम्बोधन गर्न वित्तीय हस्तान्तरण प्रणालीलाई थप वस्तुनिष्ठ र वैज्ञानिक बनाउने,

    – दुई वा दुईभन्दा बढी स्थानीय तहरूबाट संयुक्त व्यवस्थापन कार्यसम्पादन हुने व्यवस्थालाई प्रभावकारी बनाउन त्यस्तो अभ्यास गरेका स्थानीय तहलाई थप वित्तीय प्रोत्साहन गर्ने नीति लिने,

    – स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास गर्ने,

    – प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन यथाशक्य छिटो

    जारी गर्ने,

    – स्थानीय कानुन निर्माण प्रक्रियालाई सहभागितामूलक बनाउने,

    – समाज र समुदायको चेतनास्तर उकास्न सशक्तीकरणका कार्यक्रम तर्जुमा गरी लागु गर्ने,

    – स्थानीय तहको पहलमा स्थानीयवासीको कानुनी साक्षरता र सचेतना अभिवृद्धि गर्ने,

    – कर प्रशासनमा चुस्तता र सेवा प्रवाहमा प्रभाकारितासँगै करदाता शिक्षालाई व्यापक बनाई स्थानीय सरकारलाई रहरले कर तिर्ने वातावरण निर्माण गर्ने,

    – योजना तथा बजेट प्रणालीलाई व्यवस्थित बनाउन मध्यमकालीन खर्च संरचना र आयोजना बैङ्कको अवधारणालाई संस्थागत गर्दै जाने,

    – अन्त्यमा, स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकार सञ्चालनका आधारभूत विषयमा एकरूपता ल्याई सरकारलाई प्रभावकारी बनाउन कानुनी आधार प्रदान गरेको छ । ऐनमा संशोधन

    गरी स्थानीय सरकार सञ्चालनका क्रममा देखिएका जटिलतालाई सम्बोधन गर्नु पर्दछ । साथै सङ्घ र प्रदेश सरकारले स्थानीय तहको स्वायत्तताको सम्मान, संवर्धन र सुदृढीकरणमा जोड दिनु पर्दछ ।

    २. कानुनको परिचय दिँदै कुनै पनि मुलुकमा कानुनको आवश्यकता किन पर्दछ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । 

     कानुन सम्प्रभुको आदेश हो । यसले कुनै व्यक्तिलाई कुनै कार्य गर्न वा नगर्न बाध्य पार्न सक्दछ । यसले नागरिकको अधिकारको संरक्षण पनि गर्दछ । यसले मानवीय व्यवहार र आचरणलाई नियमित र व्यवस्थित गर्दै समाजलाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्य राखेको हुन्छ । राज्यसँग सुरक्षित भयशक्तिको कार्यान्वयन कानुनबाट नै हुन्छ । कानुनको परिपालनालाई बाध्यकारी बनाइएको हुन्छ । कानुनको उल्लङ्घनलाई दण्डनीय र गैरकानुनी मानिन्छ ।

    कानुनको आवश्यकता

    – राज्य सञ्चालनका लागि आधार प्रदान गर्न,

    – विधिको शासन कायम गर्न,

    – सार्वजनिक नीति कार्यान्वयन गर्न,

    – संसदीय निर्देशन, अदालतका आदेश र संवैधानिक निकायका सुझाव कार्यान्वयन गर्न,

    – अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसारको अधिकार र दायित्व कार्यान्वयन गर्न,

    – राज्य सञ्चालनका लागि स्रोत सङ्कलन गर्न,

    – मुलुकको आर्थिक, सामाजिक रूपान्तरणका लागि स्रोतको विनियोजन गर्न,

    – राज्य सञ्चालनका लागि आवश्यक पर्ने सङ्घ, संस्था वा विशिष्टीकृत निकायहरूको स्थापना तथा कार्य सञ्चालन गर्न,

    – अपराधको निवारण गरी समाजमा शान्ति र सुव्यवस्था कायम गर्न,

    – समाजलाई सभ्य र मर्यादित बनाउनका निम्ति व्यक्तिको आचरण र व्यवहारलाई नियमन गर्न,

    – पर्यावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण एवं वन विनाश रोकथाममा जोड दिई विकास र वातावरणबिच तालमेल कायम गर्न,

    – कुनै पनि मुलुकको शासन सञ्चालनको मेरुदण्ड नै कानुन हो । लोकतान्त्रिक मुलुकको लोकतान्त्रिक चरित्र नै जनभावनाबमोजिमको कानुनी शासनमा अडेको हुन्छ । सरकारले शासन गर्ने, प्रशासनयन्त्रले प्रशासन गर्ने र नागरिक अधिकारको संरक्षण गर्ने माध्यम पनि कानुन भएकाले राज्य सञ्चालनमा कानुनको महìव उच्च रहेको छ ।

    ३. वन डढेलो भनेको के हो ? वन डढेलोका कारण र यसले वातावरणमा पार्ने नकारात्मक असरहरू उल्लेख गर्दै नेपालमा वन डढेलो रोकथामका लागि चाल्नुपर्ने कमदहरू प्रस्तुत गर्नुहोस् ।

     वनजङ्ल, भिरपाखा, खरबारी, घाँसे मैदान जस्ता क्षेत्रमा अनियन्त्रित तवरले लाग्ने आगोलाई डढेलो भनिन्छ । वन क्षेत्रमा आगो बिस्तारै फैलिएर अनियन्त्रित भई वन, वातावरण र वन्यजन्तुलाई ठुलो हानि नोक्सानी पु¥याउने गरी सिर्जना भएको आगोको विशाल रूप नै वन डढेलो हो । आगो लाग्नका लागि इन्धन, ताप र अक्सिजनको आवश्यकता पर्दछ । वन क्षेत्रमा इन्धनका रूपमा घाँस दाउरा, स्याउला, पात पतिङ्गर जस्ता जैविक पदार्थ उपलब्ध रहने, वायुमण्डलीय अक्सिजनको सहज उपलब्धता रहने र कुनै माध्यमबाट तापको आवश्यक मात्रा पुग्न गएमा आगो उत्पत्ति भई आगलागी हुने गर्दछ । डढेलोको गति र दिशा अनिश्चित हुन्छ । हावाको गति र दिशासँगै यसको प्रभाव फैलिँदै जान्छ । यसले ठुलो क्षेत्रलाई प्रभावित बनाई वन र वातावरणमा नकारात्मक असर पु¥याउँदछ ।

    वन डढेलोका कारण :

    क) गरिबी र पछौटेपन

    – सुकेको काठ दाउरा र अन्य गैरकाष्ठजन्य वनपैदावार निकाल्ने आस,

    – रूढिवादी सोच र परम्परा,

    – अशिक्षा र चेतनाको कमी,

    – कानुनी शिक्षा र सचेतनाको कमी,

    ख) मानवीय लापरबाहीपन

    – रमाइलोका लागि जथाभावी आगो सल्काउने प्रवृत्ति,

    – वनभोज जाँदा आगो ननिभाइकन छाड्ने तथा चुरोट तथा बिँडीका ठुटाहरू ननिभाई जथाभावी फाल्ने प्रवृत्ति,

    ग)  आकस्मिक घटना

    – वनभित्रको विद्युत् सर्ट भई झिल्का निस्की आगो सल्किने,

    – खेतबारी सफा गर्न लगाएको नियन्त्रित डढेलो अकस्मात् हावाहुरीसहित फैलिने,

    घ)  कानुनको कमजोर परिपालना र दण्डहीनता

    – डढेलो निगरानी र अनुगमन प्रणालीको अभाव,

    – अपराधमा संलग्नलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न नसक्नु,

    – वन अपराधसम्बन्धी प्रमाण लुकाउन आपराधिक मानसिकताले हुने आगलागीको अवस्था कायम रहनु,

    – अपराधको राजनीतीकरण,

    ङ)  प्राकृतिक कारण

    – चट्याङ तथा ज्वालामुखी विस्फोट,

    – सुक्खा पहिरोका कारण घर्षण भई निस्कने आगो,

    नकारात्मक असर :

    – काष्ठ तथा गैरकाष्ठजन्य वनपैदावारको नोक्सानी,

    – जैविक विविधतामा ह्रास,

    – पारिस्थितिक पद्धतिमा असन्तुलन,

    – हुर्किंदै गरेका नयाँ बिरुवाको नोक्सानीसँगै वन पुनरुत्थानमा ह्रास,

    – वातावरणीय प्रदूषण वृद्धि,

    – जलवायु परिवर्तनमा सहयोग,

    – बहुमूल्य र दुर्लभ जडीबुटी, वनस्पति र वन्यजन्तुको क्षति,

    – वननजिकका बस्तीमा आगलागी भई धनजनको क्षति हुने जोखिम,

    – माटोमा रहने सूक्ष्म जीव नष्ट भई उर्वरा शक्तिमा ह्रास,

    – पानीका स्रोतमा असर,

    – वनको सौन्दर्यतामा ह्रास,

    वन डढेलो रोकथामका उपाय :

    – वन डढेलो रोकथाम र न्यूनीकरण सम्बन्धमा व्यापक प्रचारप्रसार गर्ने,

    – विद्यालयस्तरको पाठ्यक्रममा वन डढेलोसम्बन्धी पाठ्यसामग्रीहरू समावेश गर्ने,

    – सुकेका पात, झाडी सरसफाइ, सुकेका तथा ढलेका रुखहरू हटाउने गरी वन व्यवस्थापन गर्ने,

    – सबै वनमा अग्नि रेखा तथा वन पथ निर्माण गर्ने,

    – वन डढेलो पहिचान गर्न आवश्यक निगरानी तथा अनुगमन प्रणाली विकास गर्ने,

    – वन डढेलोसम्बन्धी सूचनाको तत्काल आदानप्रदान गर्ने,

    – वन गस्तीलाई व्यापक बनाउने,

    – डढेलो नियन्त्रण टोली गठन गर्ने, क्षमता विकास गर्ने र परिचालन गर्ने,

    – वन डढेलो कसुर र सजाय सम्बन्धमा कानुनी सचेतना र शिक्षा फैलाउने,

    – स्थानीय सरकार, वन उपभोक्ता समूह, सुरक्षा निकायबिचको समन्वयलाई प्रभावकारी बनाउने,

    – मानवीय त्रुटि र लापरबाहीलाई नियन्त्रण गर्ने,

    – अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने,

    – अतः वन डढेलो मानव, वनस्पति र वन्यजन्तुका लागिसमेत हानिकारक छ । यसको रोकथामका लागि माथि उल्लेख गरिएबमोजिमका निरोधात्मक, प्रवर्धनात्मक एवं दण्डात्मक उपायहरू अपनाउनु पर्दछ ।

    प्रस्तुतकर्ता : अर्जुन शर्मा/गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिषयगत सम्बन्धि थप
  • ‘अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन’- पञ्जीकरण विभाग

  • स्याङ्जामा चर्को आवाजमा मोटरसाइकल चलाएको भन्दै कुटपिट: एक जनाको मृत्यु , ८ जना पक्राउ

  • अमेरिकाले भारतविरुद्ध भोलिदेखि २५ प्रतिशत कर लगाउदै

  • नेपालमा राष्ट्रिय स्तरको ह्याकाथन साइबर उत्सव २.० आयोजना हुँदै

  • समाचार
  • १

    ‘अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन’- पञ्जीकरण विभाग
    २०८२ भाद्र १०, मंगलबार

  • २

    स्याङ्जामा चर्को आवाजमा मोटरसाइकल चलाएको भन्दै कुटपिट: एक जनाको मृत्यु , ८ जना पक्राउ
    २०८२ भाद्र १०, मंगलबार

  • ३

    अमेरिकाले भारतविरुद्ध भोलिदेखि २५ प्रतिशत कर लगाउदै
    २०८२ भाद्र १०, मंगलबार

  • ४

    नेपालमा राष्ट्रिय स्तरको ह्याकाथन साइबर उत्सव २.० आयोजना हुँदै
    २०८२ भाद्र १०, मंगलबार

  • ५

    यी तीन प्रदेशमा आज मध्यम बर्षाको सम्भावना
    २०८२ भाद्र १०, मंगलबार

  • ६

    तीजको व्रत बारे कस्तो छ धर्मशास्त्रीय मान्यता ?
    २०८२ भाद्र १०, मंगलबार

  • ७

    आज हरितालिका तीज पर्व मनाइँदै
    २०८२ भाद्र १०, मंगलबार

  • ८

    “राजनीतिमा नैतिक शिक्षाको आवश्यकता”
    २०८२ भाद्र ९, सोमबार

  • ९

    कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु
    २०८२ भाद्र ९, सोमबार

  • १०

    काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते
    २०८२ भाद्र ९, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution