• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १४, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया

२०८२ आश्विन १५, बुधबार
११

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
१२

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार

मुकुलको दाबि- रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छु !

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र ७, शुक्रबार

  • २६२ पटक पढिएको
  • काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई राहदानी प्रकरणमा कहिल्लै चुनाव लड्न नपाउने गरि जेल जान सक्ने बताएका छन् ।

    रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै ढकालले रवि लामिछानेलाई सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्ने दाबि गरेका छन् ।

    उनले पत्रमा भनेका छन्-

    उपरोक्त सम्बन्धमा मलाई “पुनः स्पष्टीकरण पेश गर्ने बारे” विषयमा प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ गते कविन्द्र बुर्लाकोटी हस्ताक्षरित पत्र प्राप्त भएकोमा मैले मिति २०८१/०४/२८ मा तपाईँ रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु भयो । साथै मिति २०८१/०४/३१ गते तपाईँ रवि लामिछानेलाई सम्बोधन गरी मैले मलाई गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग गरिएको मिति २०८१/०४/२८ मा लेखिएको पत्रका बारेमा स्मरण गराएको थिएँ । मेरो माग बमोजिम प्रमाणहरूको प्रतिलिपि माग गरिएको पत्र दर्ता गरी सो बमोजिम कागजात उपलब्ध गराउनको सट्टा यसरी फेरी स्पष्टीकरण सोध्नाले तपाईँले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ । मेरो माग बमोजिम कागजात उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछु ।

    मैले प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ को पत्रमा भनिए अनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन । बरु पार्टी जोगाउन म लडिरहेको छु । आज पार्टीलाई तपाईँ रवि लामिछानेको निरङ्कुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु । तपाईँ उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु होइन । प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो । तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्ट्राचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु । सहकारी मुद्दामा तपाईँ ६-८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईँ कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न । यी सँगै अन्य धेरै ठाउँमा किर्ते , ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईँ दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईँले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु र पार्टीमा तपाईँले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो । आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।

    हामीले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेका थियौ तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको छ । तर नेपाली जनताले पटक पटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र तपाईँको निरङ्कुशतासँग हार्दैन । सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्ट्राचारमा लिप्त हुनु भयो । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ ।

    पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन मैले केही कदमहरू चालेकै हो, त्यो कदमलाई तपाईँले पार्टीको हित विपरीत भन्नु सरासर गलत हो । किनकि मैले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्छु । पार्टीको प्रस्तावनामा नै रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी रहेको उल्लेख छ । अध्ययन गर्ने बानी त तपाईँमा छैन, तर पनि बहुलवादी लोकतान्त्रिक पार्टी भनेको के हो, विश्वव्यापी मान्यता के छन्, अध्ययन गर्नुहोस् । नेपालको संविधानले नेपाललाई बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको देशको रूपमा चित्रण गरेको छ, र संविधानले नै पार्टीहरू लोकतान्त्रिक हुन पर्ने उल्लेख गरेको छ । प्रश्न सोध्दैमा कारबाही गर्न न संविधानले दिन्छ, न देशको नियम कानुनले । तपाईँले चाहेर पनि लोकतन्त्रमाथि प्रहार गर्न सक्नुहुन्न । बहुमततन्त्र र लोकतन्त्रमा फरक छ , र मैले नेपालको संविधान, पार्टीको विधानले दिएको लोकतान्त्रिक एवं राजनीतिक अधिकार उपभोग गरेर तपाईँलाई प्रश्न गरेको हुँ र यसले पार्टीको विधान, आचारसंहिता केही पनि उल्लङ्घन गर्दैन । यसलाई विषयान्तरको रूपमा नबुझियोस् , यो त तपाईँ जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाइँ हो । यसर्थ ममाथिको गरिएको भनिएको र गरिने भनिएको कारबाही पार्टीको विधान, नियमावली, कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निणर्य बर्खिलाप छ, साथै नेपालको संविधान र विश्वव्यापिरूपमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन्  ।

  • डा. मुकुल ढकाल
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

  • “नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

  • पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

  • नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

  • समाचार
  • १

    बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु
    २०८२ कार्तिक १४, शुक्रबार

  • २

    “नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने
    २०८२ कार्तिक १४, शुक्रबार

  • ३

    पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु
    २०८२ कार्तिक १४, शुक्रबार

  • ४

    नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि
    २०८२ कार्तिक १४, शुक्रबार

  • ५

    चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते
    २०८२ कार्तिक १४, शुक्रबार

  • ६

    यी तीन प्रदेशमा बर्षा सहित भारी हिमपातको सम्भावना
    २०८२ कार्तिक १४, शुक्रबार

  • ७

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • ८

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ९

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • १०

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution