• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १६, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
१०

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
११

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१२

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार

ठेक्का तोड्ने चेतावनीपछि नारायणगढ-बुटवल सडकको काम सुचारू

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र १५, शनिबार

  • २६९ पटक पढिएको
  • नवलपुर,भदौ १५-राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिनुभयो ।

    “निर्माण व्यवसायीले मनसुनका कारण ठेक्कामा घाटा भयो भनेर काममा ढिलासुस्ती गरेको थियो, अगस्त र सेप्टेम्बर महिनामा काम ढिला हुन्छ भनेर भन्दै थियो,” उहाँले भन्नुभयो, “घाटानाफा हामी जान्दैनौँ सम्झौताअनुसार काम हुनुपर्छ, तुरुन्त काम सुरु गर्नु होइन भने हामी ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ भनेपछि उनीहरु अहिले काममा फर्किएका छन् ।” नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड चाइनाको सरकारी निर्माण कम्पनी भएकाले काम चाँडो गराउन कूटनीतिक पहल गरिएको उहाँले बताउनुभयो ।

    “निर्माण व्यवसायी चाइनाको सरकारी कम्पनी हो,” उहाँले भन्नुभयो, “जसरी हुन्छ नारायणगढ बुटवल सडक विस्तारको काम थप भएको समयमा सक्नका लागि हामीले डिप्लोमेटिक पहलसमेत थालेका छौँ ।” निर्माण कम्पनीको दोस्रोपटक थप गरिएको म्याद गत साउन ८ गते सकिएपछि अहिले एक वर्षका लागि तेस्रोपटक म्याद थप गरिएको ढकालले बताउनुभयो । अहिले थप गरिएको म्याद नै अन्तिम म्याद भएको भन्दै ढकालले थप भएको समयका काम पूरा नगरे ठेक्का तोड्ने प्रक्रियामा जाने बताउनुभयो ।

    निर्माण कम्पनीले असार लागेदेखि नै सडक विस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो । मनसुनका कारण स्थगित भएको सडक कालोपत्र गर्ने काम मौसममा सुधार भएपछि पुनः सुरु गरिएको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्ड प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो । मनसुनअगाडि नै ‘सबबेस’ र ‘बेस’को काम सकिएको ठाउँमा कालोपत्रको काम पुनः सुरु गरिएको उहाँको भनाइ छ ।

    अहिले नारायणगढ बुटवल सडकको पूर्वी खण्डमा पर्ने गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा कालोपत्र गर्ने काम भइरहेको थापा मगरको भनाइ छ । “मनसुन अगाडि सबबेस र बेस निर्माण गरेर राखिएको ठाउँको कालोपत्र गर्ने काम सकेपछि बाँकी रहेका ठाउँमा सबबेस र बेस निर्माण गर्ने निर्माण व्यवसायीको तयारी छ,” उहाँले भन्नुभयो, “अब मनसुनले असर पु¥याएन भने काम तीव्र गतिमा हुँदैछ ।” कालोपत्रको कामसँगै सडकका खाल्डाखुल्डी पुर्ने र सडकमा पानी छर्किने कामसमेत भइरहेको उहाँले बताउनुभयो ।

    नारायणगढबाट बुटवलसम्म एक सय १४ किलोमिटर रहेको यस खण्डलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । नारायणगढबाट दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेबाट बुटवलसम्म ४९ किलोमिटर पश्चिम खण्ड गरी सडक विस्तारको काम भइरहेको छ । ग्लोबल टेन्टरमार्फत दुवै खण्ड निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले हात पारेको थियो ।

    सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएअनुसार असार मसान्तसम्म पूर्वी खण्डमा ५२ दशमलव ५१ प्रतिशत भौतिक र ४६ दशमलव ०२ प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस अवधिसम्म एक सय ७२ वटा कल्भर्ट निर्माण सम्पन्न, २२ वटा साना पुल निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । एकतर्फी हिसाब गर्दा एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्ने यस खण्डमा करिब ४५ किलोमिटर कालोपत्र तथा ४० किलोमिटर नाली निर्माणको काम सकिएको निर्देशनालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

    यस खण्ड विस्तारका लागि विसं २०७५ माघमा सम्झौता भएर सोही वर्षको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यस सडकको बुटवलमा शिलान्यास गर्नुभएको थियो । अहिले पुनः प्रधानमन्त्रीका रुपमा केपी ओली आएपछि उहाँले शिलान्यास गर्नुभएको यो सडक विस्तारको काम चाँडो सम्पन्न हुनेमा जिल्लावासी आशावादी छन् । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन

  • नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

  • २०८२ कार्तिक १६ गते आइतबारको दैनिक राशिफल

  • विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी

  • समाचार
  • १

    सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन
    २०८२ कार्तिक १६, आईतबार

  • २

    नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
    २०८२ कार्तिक १६, आईतबार

  • ३

    २०८२ कार्तिक १६ गते आइतबारको दैनिक राशिफल
    २०८२ कार्तिक १६, आईतबार

  • ४

    विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी
    २०८२ कार्तिक १५, शनिबार

  • ५

    म्याग्दीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार
    २०८२ कार्तिक १५, शनिबार

  • ६

    बास्कोटाको ओलीप्रति कटाक्ष: फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात
    २०८२ कार्तिक १५, शनिबार

  • ७

    जोमसोम–कागबेनी सडक एकतर्फी खुल्यो
    २०८२ कार्तिक १५, शनिबार

  • ८

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८२ कार्तिक १५, शनिबार

  • ९

    आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
    २०८२ कार्तिक १५, शनिबार

  • १०

    बन्चरेडाँडा अवरोधका कारण फोहोर घरकै कम्पाउण्डभित्रै राख्न महानगरको आग्रह
    २०८२ कार्तिक १४, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution