• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १७, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
४

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
५

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
८

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

मौलिकता गुम्दै जाँदा रमाइलोमा सीमित हुँदै तीजपर्व

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र २०, बिहिबार

  • २६३ पटक पढिएको
  • नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजमा आएको आधुनिकतासँगै मौलिकता ओझेलमा पर्दै गएको छ । तीज आउनु धेरै दिन अघिदेखि सहरबजारमा दैनिकजसो आयोजना गरिने तीज मिलन कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन् ।

    पछिल्ला वर्षमा तीजपर्वमा भित्रिएको आधुनिकता र खर्चिलो प्रवृत्तिले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा पर्दै गएको मालिका गाउँपालिका–६ दरबाङस्थित महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक शलिना किसानले बताउनुभयो ।

    “सहरबजारमा हुने तीज प्रतियोगितामा मौलिकताभन्दा आधुनिकता र होडबाजी देखिन्छ, सूचना प्रविधिको बढ्दो विकासले टिभी हेर्ने, रेडियोमा गीत सन्ने, मोबाइलको प्रयोगले यूट्युवमा गीत घन्काउने प्रवृत्तिले बजारमा गीत गाउन र नाच्न जान्नेहरु भेटिँदैनन्”, किसानले भन्नुभयो । अहिले तीजलाई परम्परा संरक्षणभन्दा पनि नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिएको उहाँको बुझाइ छ ।

    पर्व मनाउने क्रममा समयअनुसार परिवर्तन हुँदै जानु स्वभाविक प्रक्रिया भएको भन्दै किसानले परिवर्तनका नाममा हाडबाजी गर्ने, संस्कृति लोप हुने क्रियाकलापमा जोड दिने, अधिकार र स्वतन्त्रताका नाममा समाजमा गलत सन्देश दिने किसिमका क्रियाकलाप गर्न नहुने भन्दै तीजको मौलिकपन नासिँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । “आधुनिकतासँगै तीज पर्वको परम्परागत मौलिकता हराउँदै गएको छ । पछिल्ला वर्ष बजारमा दर्जनौँ एल्बम सार्वजनिक भएपनि तीजको मर्म बोकेका भाका पाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

    तीजको मौलिकता झल्किने संस्कृति हराएकामा अघिल्लो पुस्ताका जेष्ठ महिलाहरु चिन्तित छन् । म्याग्दीमा अहिले दिनहुँजसो तीजको अवसरमा औपचारिक कार्यक्रम र प्रतियोगिता भइरहेका छन् । यस्ता प्रतियोगितामा आधुनिकताको प्रयोगले मौलिक र परम्परा ओझेलमा पर्दै गएको लोक गायिका धनकुमारी थापाले बताउनुभयो । अहिले विभिन्न सङ्घसंस्था र महिला दिदीबहिनीले होटलमा आयोजना गर्ने दर कार्यक्रमले तीज आधुनिक र औपचारिकतामा सीमित हुँदै गएको उहाँको भनाइ छ ।

    महिला नेतृ अमृतदेवी बानियाँले अहिलेका तीज गीत सामाजिक मर्यादा र अनुशासनको सीमा नाघेर रचिएको बताउनुभयो । “पहिला तीजको दर एक दिन मात्र खाने चलन थियो, अहिले महिना दिनदेखि होटलमा दर खान भ्याइनभ्याई छ”, उहाँले भन्नुभयो, “तीजको संस्कृतिसँगै मादल बज्ने ठाउँमा यूट्युवमा आधुनिक गीत लगाएर नाच्ने चलन बढ्यो ।”

    आधुनिकताको बढ्दो आकर्षण र सूचना प्रविधिको पहुँचले तीजका परम्परागत मान्यताहरु भत्किँदै जान थालेका छन् । माइतबाट चेलीलाई लिन जाने, दरमा दूध र फलफूलका विभिन्न परिकार खुवाउने, विवाहित महिलाले घरमा भोगेका सुखदुःखका कुरा गीतमार्फत व्यक्त गर्ने परम्परा हराउँदै जान थालेको बानियाँले बताउनुभयो ।

    तीजमा चेलीबेटी लिन जाने चलन हरायो

    बेनी नगरपालिका–२ बगरफाँटकी ६९ वर्षिया गोमादेवी उपाध्यायले भदौरे भेल र वर्षाका कारण उर्लेका खहरे खोलालाई छिचोल्दै तीजमा छोरीचेली लिन जाने चलन हराएको बताउनुभयो ।

    “अहिले सबैको हातहातमा मोबाइल फोन, घरघरमा इन्टरनेट छ । गाउँगाउँमा सडक पुगेपछि छोरीचेलीलाई माइतमा आउजाउ गर्न कुनै समस्या छैन”, उपाध्यायले भन्नुभयो, “हाम्रो पालामा यस्ता सुविधा थिएनन् । ससाना छोराछोरी पिठ्युमा बोक्दै, लिन आएको दाजु वा भाइको पछिपछि हिडेर साँझपख माइतीको आँगनीमा पाइला टेक्दा मिल्ने खुसी अहिले वर्ण गर्न सकिदैन ।” हलिे तीजमा गाइने गीत र त्यसको लय पनि फेरिँदै जान थालेका उहाँले बताउनुभयो ।

    तीज आयो जाउन बाबु दिदी लिनलाई ।
    खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।।
    हुन्छ आमा दिदी लिन जान्छु जान त ।
    कोसेली पो के लानी हो पर्छ लान त ।।

    “पहिला तीजका गीतमा छोरीचेलीका पीडा मात्रै होइन शिष्टाचारका कुरा पनि व्यक्त गरिन्थे । आदरसम्मान, अनुशासन, मर्यादा र कोशेलीपातका कुरा गीतमार्फत अभिव्यक्त हुन्थे । अहिलेका गीत मनोरञ्जन केन्द्रित छन्, केही अपवाद बाहेक घरपरिवारका सदस्यहरु एकै ठाउँमा बसेर सुन्न र हेर्न नसकिने छन्”, उपाध्यायले भन्नुभयो ।

    हिजोआज ती पर्वमा दर स्वरुप खाने परिकारहरु पनि फेरिएका जेष्ठ महिलाहरुको भनाइ छ । “पहिला केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दूध र फलफूलका परिकार बनाएर दर खाने परम्परा थियो । हिजोआज एक महिना अघिदेखि होटल तथा पार्टी प्यालेसमा माछा, मासुलगायत परिकार खाने प्रचलन बढेको छ”, मालिका गाउँपालिका–६ की ६४ वर्षिया राधिका सुवेदीले भन्नुभयो । तीजमा भड्किला गीत बजाउँदै नाच्ने प्रचलन बढेको भन्दै यसले सांस्कृतिक र आध्यात्मिक पक्ष र सामाजिक सद्भाव नासिँदै गएका उहाँले बताउनुभयो ।

    तीजको आध्यात्मिक पक्ष

    धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भएर महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका हुन् । पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन तपस्या गरेपछि तपस्या पूरा भएको दिनलाई पर्वका रुपमा मनाइएको विभिन्न शास्त्रमा उल्लेख छ ।

    “तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाले तीन सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलोको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ”, मालिका–६ की सुवेदीले भन्नुभयो ।

    तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन विस्तारै हराउँदै गएको सुवेदीको भनाइ छ । घरपरिवारभित्रका दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गितबद्ध गरिएका आवाजमा आउने गीतले समाजमा सकारात्मक सन्देश दिने भन्दै चर्चित बन्नेभन्दा पनि संस्कृति संरक्षण गर्ने गीतको प्रवर्द्धन सबैले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

     

  • हरितालिका तीज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर

  • अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत

  • राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै

  • समाचार
  • १

    अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर
    २०८२ कार्तिक १७, सोमबार

  • २

    अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत
    २०८२ कार्तिक १७, सोमबार

  • ३

    राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
    २०८२ कार्तिक १७, सोमबार

  • ४

    राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै
    २०८२ कार्तिक १७, सोमबार

  • ५

    यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक १७, सोमबार

  • ६

    १५ दिनभित्र माग पुरा गर्ने प्रतिबद्धतापछि बञ्चरेडाँडा फोहोरको अवरोध हट्यो
    २०८२ कार्तिक १६, आईतबार

  • ७

    ‍बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु
    २०८२ कार्तिक १६, आईतबार

  • ८

    गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी
    २०८२ कार्तिक १६, आईतबार

  • ९

    सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन
    २०८२ कार्तिक १६, आईतबार

  • १०

    नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
    २०८२ कार्तिक १६, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution