• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ५, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
५

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
६

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
७

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
८

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
९

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
१०

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
११

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

२०८३ आश्विन ७, बुधबार
१२

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

२०८३ आश्विन ९, शुक्रबार

विविध कार्यक्रम गरी मध्यविन्दु नगरपालिकाले मनायो स्थापना दिवस

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ आश्विन २, बुधबार

  • ३५३ पटक पढिएको
  • चोरमारा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ्ग मार्गहरुको निर्माण मार्फत पोखरा र नवलपुरबीचको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनु भएको छ ।

    उहाँले हाल पहाडी क्षेत्रमा सडक निर्माण कार्यहरु भइरहेको भएपनि सुरुङ्ग मार्गहरु निर्माण हुन सक्दा प्रदेश राजधानी पोखरा नवलपुर र देशको प्रमुख राजमार्गसंग दुई घण्टाको दुरीमा जोड्न सक्ने प्रारम्भीक अध्ययनहरुले देखाएको बताउनुभयो ।

    मंगलबार नवलपुरको मध्यविन्दु नगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्रिवेणी कोरोला सडक खण्डको महत्वपूर्ण खण्डको रुपमा रहेको दुम्कीबास त्रिवेणी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । वन र निकुञ्ज ऐनका कारण सडक निर्माण प्रभावित भएको भन्दै जग्गा प्राप्तीको अधिकार प्रदेश सरकारलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले नवलपुरको लोकाहमा औधोगिकग्राम स्थापनाका लागि प्रदेश सरकारले योजना अगाडी बढाएपनि केन्द्र सरकारले जग्गाको अधिकार नदिदाँ अपेक्षित काम अगाडी बढ्न नसकेको बताउनुभयो ।

    मध्यविन्दु नगरपालिकाको स्थापना दिवस मुल समारोहमा सहभागि हुनु भएका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा नै नमुना कार्य गर्न सफल भएकोमा मध्यविन्दु नगरपालिकालाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । गण्डकी प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा लगातार तिन वर्ष छनोट हुने एक मात्रै नगरपालिकाको रुपमा मध्यविन्दु नगरपालिका छनोट भएकोमा शुभकामना दिनुहुदै उहाँले लगातार कार्यक्रममा छनोट हुनुले मध्यविन्दु नगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने विषयको मूल्याङ्कन गर्न सकिने बताउनुभयो ।

    कार्यक्रमको पहिलो वर्ष वातावरण प्रदुषण न्यूनिकरण, फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम, दोस्रो वर्ष हाम्रो खुसी शैक्षिक सुधार परियोजना र यस वर्ष कृषि तर्फको कार्यक्रमका लागि छनोट हुन सफल भएकोमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी. श्रेष्ठले मध्यविन्दु नगरपालिकाले नवप्रवर्तन कार्यक्रम मार्फत कृषिको बजारीकरण र आर्गानिक कृषि प्रणालीको काम अगाडी बढाएको खुसी व्यक्त गर्नुभयो । आफ्नै पालिकामा जैविक मलको उत्पादन सुरु गरेको नगरले अब आर्गानिक खेती प्राणाली तर्फ प्रवेश गर्ने गरी सारेको योजनाका लागि कृषि मन्त्रालयको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

    संविधान सभा सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी.ले मध्यविन्दु नगरपालिकाले यस अगाडी हाम्रो खुसी कार्यक्रम र मंगलबार जैविक मल उत्पादन केन्द्र सञ्चालन सहित स्थापना दिवस कार्यक्रम आयोजना गरेकोमा बधाई व्यक्त गर्नुभयो । उहाँले सबै राजनीतिक दलहरुबीच समान धारणाको विकास गर्दै नगर बिकासको योजना अगाडी बढाउन अनुरोध गर्नुभयो ।

    पूर्व प्रतिनिधि सभा सदस्य तिलक महतले कुनैपनि योजना अगाडी बढाउनु मात्रै नभई त्यसको सही कार्यान्वयन गर्नु महत्वपूर्ण बिषय हुने भन्दै मध्यविन्दु नगरपालिकाले हाल सम्म अगाडी सारेका कामहरुमा सफलता प्राप्त गरेकामा बधाई दिनुभयो ।

    गाउँपालिका महासंघका अध्यक्ष एवम् हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय सरकारहरु सवल र सक्षम हुदाँ मात्रै संघियता सवल हुने भन्दै त्यस तर्फ आवश्यक नेतृत्व लिन मुख्यमन्त्री पाण्डेलाई अनुरोध गर्नु भएको थियो । मध्यविन्दु नगरपालिकाको छिमेकी पालिकाको रुपमा रहेको हुप्सेकोट गाउँपालिकाले नगरसंगको साझेदारीमा केही कामहरुको सुरुवात गरेको भन्दै अबका दिनहरुमा समेत संगै अगाडी बढ्न आफु उत्सुक रहेको बताउनुभयो ।

    मध्यविन्दु नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्र बहादुर रानाले मध्यविन्दु नगरपालिका स्थापना देखि हालको अवस्था सम्म आईपुग्दा विभिन्न स्थानबाट योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । स्थानीय सरकारको रुपमा यस अगाडी भएका कामहरुलाई निरन्तरता दिदै नागरिकहरुसम्म स्थानीय सरकारको महसुस हुनेगरी कार्य गर्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिका स्थापना देखि हाल सम्मको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले सबै राजनितिक दलहरुबिच समान भावनाको विकास गराउन सक्दा नै समृद्ध मध्यविन्दु, खुसी नगरबासीको लक्ष्य प्राप्ती हुने विश्वास व्यक्त गर्नुभयो ।

    नगर उपप्रमुख पूर्णकला चौधरीले मध्यविन्दु नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा स्थानीय समुदाय र अतिथिहरु उपस्थित भई दिनु भएको शुभकामनाले हौसला प्राप्त भएको बताउनुभयो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिले नगरपालिकामा पहिलो पटक स्थापना दिवस मनाउने कामको थलनी भएको भन्दै अब यसलाई निरन्तरता दिने तर्फ नगरपालिकाको ध्यान केन्द्रीत हुने बताउनुभयो ।

    स्थापना दिवसको अवसरमा मध्यविन्दु नगरपालिकाको मध्यविन्दु सन्देश पत्रिकाको समेत बिमोचन गरिएको छ । पत्रिका अर्धवार्षिक रुपमा प्रकाशन हुने पत्रिकाका सम्पादक समेत रहनु भएका शिक्षा महाशाखाका उपसचिव पदमराज आचार्यले बताउनुभयो ।

    स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक मुल्यांकनको आधारमा विद्यार्थी, शिक्षक, विद्यालय, प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समिति सम्मान समेत गरिएको थियो ।

  • गण्डकी प्रदेश सभा सदस्य
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
  • मध्यविन्दु नगरपालिका
  • मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः

  • बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक

  • भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

  • कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?

  • समाचार
  • १

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • २

    बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक
    २०८३ कार्तिक ५, बुधबार

  • ३

    भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
    २०८३ कार्तिक ५, बुधबार

  • ४

    कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?
    २०८३ कार्तिक ५, बुधबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ४, मंगलबार

  • ६

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • ७

    पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
    २०८३ कार्तिक ३, सोमबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८३ कार्तिक ३, सोमबार

  • ९

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • १०

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution